Author: admin

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सुकुमवासी बस्ती हटाउन सुरु गरेको छ । थापाथलीस्थित वाग्मती किनारको सुकुमवासी बस्तीमा बिहानै डोजर चलेको छ । बस्तीमा डोजर चलेपछि बासिन्दाहरु आफ्ना बालबच्चासहित सामानको सुरक्षामा लागेका छन् । बस्ती उठाउँदै गर्दा आमाहरुको पोखिएको छ । आमाहरुले भत्किरहेको बस्तीमा आफ्ना सन्तानलाई ओत दिइरहेका भयंकर दृश्य देखिएका छन् । बस्तीकी एक आमा हुन्, अञ्जली पासवान । उनी चार महिने बच्चालाई कोक्रोमा झुलाइरहेकी छन् । पासवानका अनुसार उनीहरूको परिवार यहाँ आएको २० वर्ष भयो । सरकार बस्ती भत्काउन आएपछि उनीहरू सामान घरबाहिर निकालेर अगाडि बसिरहेका छन् । छेउमै चार महिने बच्चा कोक्रोमा हल्लाउँदै उनी बसिरहेकी छन् । उनलाई…

Read More

काठमाडौंको नदी किनारामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीलाई सरकारले होल्डिङ सेन्टरहरू तयार पारेको छ। पहिलो चरणमा काठमाडौंका तीन वटा स्थानमा सुकुम्बासी बस्ती हटाइँदैछ। थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रको सुकुम्बासी बस्ती हटाउन लागेको हो। यसरी बस्ती हटाएर त्यहाँका सुकुम्बासीहरूलाई सरकारले राख्नका लागि केही स्थान छनौट गरेको प्रधानमन्त्री बालेन शाहका प्रेस सल्लाहकार एवं अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्। उनका अनुसार ५ वटा स्थानमा होल्डिङ सेन्टर बनाइएको छ। नागार्जुनमा ४२ वटा व्यवस्थित आवास युनिट राखिएको छ। त्यस्तै, काठमाडौंको महानगर अन्तर्गत रहेको कीर्तिपुरको सत्सङको ठूलो भवनमा पनि राखिने भएको छ। भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिने भएको छ। ​खरीपाटी र चाँदबागस्थित…

Read More

काठमाडौँ । थापाथलीमा घर टहरा भत्काउन सुरु भएको छ । बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिपछि बस्तीका मानिसले आफ्नो सामान हटाउन थालेका थिए । उनीहरु सामान बोकेर बस्तीबाट हिँडेका थिए । अहिले बिहान पुगेको डोजरले बस्तीका घरटहरा हटाउन थालेको छ । स्थिति शान्तिपूर्ण छ ।

Read More

सरकारले काठमाडौं उपत्यकाको नदी किनारका अव्यवस्थित र अतिक्रमित बस्तीहरूलाई आज हटाउने तयारी गरेको छ । त्यसका लागि बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको हो । बिहानै प्रहरी परिचालन गरिएपछि सुकुमवासी बस्तीमा रहेकाहरू आफैं बस्ती खाली गर्न थालेका छन् । सरकारले अल्टिमेटम दिएपछि सुकुमवासीहरू आफैं बस्ती खाली गर्न लागेका हुन् । मिरमिरेमै उनीहरू टहराबाट सामान निकालेर हिँडेका छन् । प्रधानमन्त्री बालेन शाहले उनीहरूलाई विकल्पसहित व्यवस्थापन गर्न खोजिएको बताएका छन् ।

Read More

काठमाडौँ । सुनको भाउ आकाशिएको समाचार नेपाली सञ्चारमाध्यममा नयाँ होइन । तर अलजजीराले दक्षिण एसियाका मानिसहरुको विवाह नै प्रभावित भएको लामो रिपोर्ट प्रकाशित गरेको छ । दक्षिण एसियामा सुनको मूल्य लगातार आकाशिदै जाँदा विवाहका लागि शुद्ध सुनका गहना किन्न धेरै परिवारलाई कठिन बन्दै गएको छ। यही कारण अहिले धेरै परिवारले ‘वन ग्राम गोल्ड’ भनिने सुनको जलप लगाइएका वा नक्कली गहनातर्फ रुचि बढाएको अलजजीराको रिपार्टमा दावी गरिएको छ । अल जजीरा लेख्छ–भारत, नेपाल, बंगलादेश र पाकिस्तानजस्ता देशमा विवाह संस्कृतिसँग सुनको गहिरो सम्बन्ध छ । बेहुलीलाई सुनका गहना लगाउने परम्परा सामाजिक प्रतिष्ठा र पारिवारिक सम्मानसँग जोडिने भएकाले सुनको माग उच्च रहने गर्छ…

Read More

काठमाडौं । नेपालको निजी क्षेत्र यतिबेला इतिहासकै गम्भीर मनोवैज्ञानिक र व्यावसायिक संकटबाट गुज्रिरहेको छ । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य खम्बाका रूपमा रहेको निजी क्षेत्रलाई सरकारले ‘सहयात्री’ भने पनि व्यवहारमा भने अपराधीको जस्तो व्यवहार गरिरहेको पछिल्ला घटनाक्रमले पुष्टि गरेका छन् । विशेषगरी वालेन्द्र शाह ‘बालेन’ को नेतृत्वमा सरकार बनेपछि सुशासन र कानुनी शासनका नाममा व्यवसायीहरूमाथि धरपकड सुरु भएको छ, त्यसले समग्र लगानीकर्ताको मनोबललाई रसातलमा पुर्‍याएको छ । यही शृङ्खलाको पछिल्लो कडीका रूपमा बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष एवं उद्योगी शेखर गोल्छालाई पक्राउ गरेको छ । उनीभन्दा अघि व्यवसायीहरू दीपक भट्ट र सुलभ…

Read More

काठमाडौं । निजी क्षेत्रका प्रमुख तीन वटा छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले पछिल्लो समय उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकप्रति गम्भीर आपत्ति जनाएका छन । उनीहरुले व्यवसायीमाथिको धरपकडप्रति आपत्ति जनाउँदै पहिले सुन, अनि मात्र थुन’ भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले शुक्रबार जारी गरेको एक संयुक्त विज्ञप्ति अनुसार अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्‍याइरहेको निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सरकारले सिर्जना गरेको छ । उनीहरुले अर्थतन्त्र,…

Read More

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका नदी किनारमा बसोबास गर्दै आएका जोखिमपूर्ण बस्तीहरूको दीर्घकालीन समाधानका लागि सुरक्षित स्थानान्तरण आवश्यक रहेको बताएका छन्। थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउनुअघि उनले वर्षौँदेखि दोहोरिँदै आएको बाढीको समस्याका सधैँका लागि अन्त्य गर्नुपर्ने बताएका छन्। देशभर लाखौँ सुकुम्बासी रहेको भन्दै अतिक्रमणकारी र सुकुम्बासी छुट्टाउने बताएका छन्। देशभरका वास्तविक सुकुम्वासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गरिने बताए। उनको भनाइ जस्ताको तस्तै–बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदी किनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य! यो वर्षौँदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति…

Read More

चितवन, वैशाख ११ – नेपालमा वायु प्रदूषणको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको र यसले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको तथ्यहरु सार्वजनिक भएको छ । चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा आयोजित ‘नेपालमा वायु प्रदूषण: वर्तमान अवस्था र प्रभावकारी न्यूनीकरणका उपायहरु’ विषयक कार्यक्रममा विज्ञहरूले सबैलाई सचेत हुन आग्रह गरेका छन । कार्यक्रममा प्रस्तुत अनुसन्धान बिवरणहरुका अनुसार नेपालमा कुनै पनि क्षेत्रका बासिन्दा विश्व स्वास्थ्य संगठन (WHO) ले तोकेको सुरक्षित वायु गुणस्तरको मापदण्डभित्र बसोबास गर्दैनन । त्रिभुवन विश्वविद्यालय, पाटन बहुमुखी क्याम्पसका वातावरण विज्ञान विभागका उप-प्राध्यापक डा. नारायणबाबु धितालले सन् २०१९ मा सूक्ष्म कण (PM2.5) को एक्पोजरका कारण मात्रै ४८ हजार भन्दा बढीको अकाल मृत्यु भएको…

Read More

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता शिवकुमार श्रेष्ठले गोल्छालाई नक्सालबाट पक्राउ गरिएको जानकारी दिएका छन् । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवदेनको आधारमा काठमाडौं नागार्जुन नगरपालिका-८ बस्ने गोल्छालाई पक्राउ गरिएको सीआईबीको भनाइ छ । हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष गोल्छासमेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा-१ र दफा-९८ बमोजिम कसुरमा उक्त ऐनको दफा १०३ को उपदफा ३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन २०८३ ब्यूरोमा प्राप्त भएपछि वैशाख १० गते (आज)…

Read More