Author: admin

काठमाडौं तीनकुने गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्तीमा पनि डोजर चलेको छ । आज बिहान थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइसकेपछि दिउँसोदेखि सुरक्षा निकायको बाक्लो उपस्थितिमा गैरीगाउँमा पनि डोजर चलाइएको हो । सरकारले आज र भोलिमा काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्ने गरी काम सुरु गरेको छ । यसअघि थापाथली आसपासका सुकुमवासी बस्ती खाली गराइसकिएको छ । तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

Read More

काठमाडौं । सरकारले थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुमवासी बस्तीका संरचनाहरू भत्काएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका अनुसार, बस्ती पूर्ण रूपमा खाली भएको छ । थापाथली क्षेत्रमा बसोबास गर्दै आएकामध्ये आफू घरवारविहीन भएको भन्दै ६ वटा परिवार मात्रै सम्पर्कमा आएको सरकारले बताएको छ । ६ परिवारका सदस्यहरूलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगिएको छ । रंगशालामा उनीहरूको ‘स्क्रिनिङ’ गरेर बसोबासको प्रवन्ध मिलाउने सरकारले बताएको छ । सरकारले शनिबार बिहानबाट बस्तीका टहरा हटाउन थालेको थियो । त्यसअघि आफैं स्थानान्तरण गरेर जान चाहनेलाई प्रहरी समन्वय गरेर गन्तव्यमा पुगेका थिए । प्रहरीले दिएको जानकारी अनुसार, रंगशालामा १२–१३ जना व्यक्ति मात्रै घरवार विहीन भएको…

Read More

काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराइँदैछ । शनिबार बिहानदेखि सुकुमबासी बस्तीमा डोजर चलाइएको हो । बस्तीमा बाक्लो सङ्ख्या प्रहरी परिचालन गरिएको छ । परिचालित प्रहरीले उचित सुकुमबासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा आवश्यक सहयोग गरिरहेको छ । अधिकांश सुकुमबासीहरुले शुक्रबार नै बस्ती छाडे पनि केहीले भने आज बिहान मात्र समान निकालेका छन् । सामान व्यवस्थापन कार्यमा प्रहरीले पनि सहयोग गरिरहेको छ । तस्बिर: नेपाल प्रहरी

Read More

काठमाडौं । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ । सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुमबासी हटाउन निर्देशन दिएसँगै आज बिहानैदेखि त्यहाँ बसिरहेकाहरु अन्यत्र गएका हुन् । उक्त क्षेत्रमा ठूला सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि आजै काठमाडौँ महानगरपालिका–९ गैरीगाउँको सुकुमबासी बस्ती पनि खाली गर्ने तयारीमा आफूहरु रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

Read More

सरकारले सुकुमवासी बस्ती हटाउने क्रममा ‘साइट’मै व्यवस्थापन र राहत उपलब्ध गराउने भएको छ । शनिबार बिहानैदेखि कार्यक्षेत्रमा खटिएको टोलीले बस्ती हटाउने कार्यसँगै तत्कालको खानाको व्यवस्थापन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार स्थानान्तरण हुनेहरूका लागि शनिबार र आइतबार सरकारले नै प्याकेटमा खानाको प्रबन्ध गर्ने जनाइएको छ । पुनःस्थापनाका लागि छानिएका स्थानहरूमा पानी, बिजुली र शौचालयको सुविधा सुनिश्चित गरिएको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सुकुम्बासीलाई राख्न हाल चयन गरिएका संरचनाहरू यसअघि निर्माण गरिएका हुन्, जसलाई अहिले वास्तविक सुकुम्वासी व्यवस्थापनका लागि पूर्ण प्रयोगमा ल्याउन लागिएको हो । शनिबार बिहानदेखि सरकारले थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सुकुमवासी क्षेत्र…

Read More

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सुकुमवासी बस्ती हटाउन सुरु गरेको छ । थापाथलीस्थित वाग्मती किनारको सुकुमवासी बस्तीमा बिहानै डोजर चलेको छ । बस्तीमा डोजर चलेपछि बासिन्दाहरु आफ्ना बालबच्चासहित सामानको सुरक्षामा लागेका छन् । बस्ती उठाउँदै गर्दा आमाहरुको पोखिएको छ । आमाहरुले भत्किरहेको बस्तीमा आफ्ना सन्तानलाई ओत दिइरहेका भयंकर दृश्य देखिएका छन् । बस्तीकी एक आमा हुन्, अञ्जली पासवान । उनी चार महिने बच्चालाई कोक्रोमा झुलाइरहेकी छन् । पासवानका अनुसार उनीहरूको परिवार यहाँ आएको २० वर्ष भयो । सरकार बस्ती भत्काउन आएपछि उनीहरू सामान घरबाहिर निकालेर अगाडि बसिरहेका छन् । छेउमै चार महिने बच्चा कोक्रोमा हल्लाउँदै उनी बसिरहेकी छन् । उनलाई…

Read More

काठमाडौंको नदी किनारामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीलाई सरकारले होल्डिङ सेन्टरहरू तयार पारेको छ। पहिलो चरणमा काठमाडौंका तीन वटा स्थानमा सुकुम्बासी बस्ती हटाइँदैछ। थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रको सुकुम्बासी बस्ती हटाउन लागेको हो। यसरी बस्ती हटाएर त्यहाँका सुकुम्बासीहरूलाई सरकारले राख्नका लागि केही स्थान छनौट गरेको प्रधानमन्त्री बालेन शाहका प्रेस सल्लाहकार एवं अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्। उनका अनुसार ५ वटा स्थानमा होल्डिङ सेन्टर बनाइएको छ। नागार्जुनमा ४२ वटा व्यवस्थित आवास युनिट राखिएको छ। त्यस्तै, काठमाडौंको महानगर अन्तर्गत रहेको कीर्तिपुरको सत्सङको ठूलो भवनमा पनि राखिने भएको छ। भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिने भएको छ। ​खरीपाटी र चाँदबागस्थित…

Read More

काठमाडौँ । थापाथलीमा घर टहरा भत्काउन सुरु भएको छ । बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिपछि बस्तीका मानिसले आफ्नो सामान हटाउन थालेका थिए । उनीहरु सामान बोकेर बस्तीबाट हिँडेका थिए । अहिले बिहान पुगेको डोजरले बस्तीका घरटहरा हटाउन थालेको छ । स्थिति शान्तिपूर्ण छ ।

Read More

सरकारले काठमाडौं उपत्यकाको नदी किनारका अव्यवस्थित र अतिक्रमित बस्तीहरूलाई आज हटाउने तयारी गरेको छ । त्यसका लागि बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको हो । बिहानै प्रहरी परिचालन गरिएपछि सुकुमवासी बस्तीमा रहेकाहरू आफैं बस्ती खाली गर्न थालेका छन् । सरकारले अल्टिमेटम दिएपछि सुकुमवासीहरू आफैं बस्ती खाली गर्न लागेका हुन् । मिरमिरेमै उनीहरू टहराबाट सामान निकालेर हिँडेका छन् । प्रधानमन्त्री बालेन शाहले उनीहरूलाई विकल्पसहित व्यवस्थापन गर्न खोजिएको बताएका छन् ।

Read More

काठमाडौँ । सुनको भाउ आकाशिएको समाचार नेपाली सञ्चारमाध्यममा नयाँ होइन । तर अलजजीराले दक्षिण एसियाका मानिसहरुको विवाह नै प्रभावित भएको लामो रिपोर्ट प्रकाशित गरेको छ । दक्षिण एसियामा सुनको मूल्य लगातार आकाशिदै जाँदा विवाहका लागि शुद्ध सुनका गहना किन्न धेरै परिवारलाई कठिन बन्दै गएको छ। यही कारण अहिले धेरै परिवारले ‘वन ग्राम गोल्ड’ भनिने सुनको जलप लगाइएका वा नक्कली गहनातर्फ रुचि बढाएको अलजजीराको रिपार्टमा दावी गरिएको छ । अल जजीरा लेख्छ–भारत, नेपाल, बंगलादेश र पाकिस्तानजस्ता देशमा विवाह संस्कृतिसँग सुनको गहिरो सम्बन्ध छ । बेहुलीलाई सुनका गहना लगाउने परम्परा सामाजिक प्रतिष्ठा र पारिवारिक सम्मानसँग जोडिने भएकाले सुनको माग उच्च रहने गर्छ…

Read More