Author: admin

चितवन- भरतपुर महानगरपालिकाले कक्षा ११ मा अध्ययनरत संस्थागत विद्यालयका २ सय ६६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । निजी विद्यालयले अनिवार्य रुपमा छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने गरी शिक्षा ऐनमै व्यवस्था गरिएपछि छात्रवृत्तिमा मनपरी हटेको थियो । संकलित छात्रवृत्ति कोटालाई महानगरको आफ्नै शिक्षा ऐनले दिएको अधिकार प्रयोग गर्दै महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइन आवेदन माग गरेको थियो । आवेदन भर्ने विद्यार्थीहरुमध्येबाट छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुरुप विद्यार्थीको क्षमता र योग्यताका आधारमा छात्रवृत्ति प्रदान गरिएको महानगरले जनाएको छ । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ छन् भने अन्य विषयका लागि ७७ जनाले अध्ययन गर्न पाउनेछन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब…

Read More

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बागमती, विष्णुमती र टुकुचा खोला वरिपरि थप संरचना बनाउन नपाइने भन्दै जनतामाझ भ्रम नछर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन्। अदालतको आदेश अनुसार यी खोला वरिपरि निर्माण निषेधित क्षेत्रको जानकारी महानगरले गराएको भन्दै गलत व्याख्या गरेर जनतामा भ्रम नपुर्‍याउन मेयर शाहको आग्रह छ। ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो। सर्वोच्च अदालतको आदेश आए पछि हामी काठमाडौँ महानगरले सो आदेशलाई सूचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचाको २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्। यी जग्गाहरूमा थप संरचना बनाउन नपाइने…

Read More

काठमाडौं- भोलि मंगलबारदेखि नाडा अटो शो २०२४ सुरु हुँदै छ। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सहभागीहरूले धमाधम स्टल निर्माण गरिरहेका छन्। अटो शोको औपचारिक उद्घाटन मंगलबार बिहान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने छन्। ६ दिनसम्म चल्ने अटो शोमा नेपाली बजारमा उपलब्धमध्ये अधिकांश सवारी ब्रान्ड सहभागी छन्। नेपाली बजारमा विद्युतीय कारको माग तथा बिक्री बढ्दै गएकाले यो वर्षको अटो शोमा प्यासेन्जर कार र लाइट कमर्सियल सेगमेन्टमा विद्युतीय ब्रान्डको बोलवाला नै रहेको छ। अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी हुँदै छन्। त्यस्तै बीमा कम्पनी शिखर…

Read More

काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले…

Read More

भर्जिनियाबाट नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनाका सन्दर्भमा कैयन अफवाहहरु समेत फैलिएका छन् । अहिलेसम्म ममता काफ्ले बेपत्ता घटनामा आएका सार्वजनिक आधिकारिक विवरणहरु यस्ता छन् । अदालतमा पेश गरिएको कागजातमा के छ ? मनासस पार्क प्रहरी अधिकारी सी भेन्टुराबाट अपराधको उजुरीमा लेखिएको छ  – ‘३० जुलाई २०२४ वा आसपासमा आरोपी नरेश भट्टले आफ्नी श्रीमती ममता भट्टको हत्या गरेका थिए। घटना सिटी अफ मनासस पार्क हिथर कोर्टमा रहेको उनकै निवासमा भएको हो । अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको थियो ।’ अदालतमा पेश गरिएको उजुरीमा त्यसभन्दा तल हातैले लेखिएको छ -‘शव घरभित्रै रहेको…

Read More

खोटाङको हलेसीबाट काठमाडौँ आउँदै गर्दा सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ बाट सुनकोसी नदीमा खसेर बेपत्ता भएको हाइलक्सको खोजी कार्य जारी छ। शनिबार दिउँसो नम्बर नखुलेको उक्त हाइलक्स खस्दा ३ जना बेपत्ता भएका छन्। उक्त गाडीमा सवार चारमध्ये एक जनाले भने हाम फालेर ज्यान जोगाएका छन्। हलेसीबाट भक्तपुरका लागि आउन लागेको उक्त हाइलक्स कुँडुले भन्ने ठाउँबाट सुनकोसीमा खसेको थियो। अहिले गोताखोरसहित खोजी कार्य जारी राखेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। गाडीमा सवार उनीहरू सबै भक्तपुरको सुर्यविनायक नगरपालिका, जगातीका रहेको प्रहरीले जानकारी दिएको छ। सुर्यविनायक नगरपालिका, जगातीका ३२ वर्षीय अबिन बाँके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा नदीमा…

Read More

खोटाङको हलेसीबाट काठमाडौँ आउँदै गरेको हाइलक्स गाडी सुनकोसी नदीमा खसेको छ। सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुडुलेमा भक्तपुरका लागि आउन लागेको उक्त हाइलक्स शनिबार दिउँसो सुनकोसी नदीमा खसेको हो। उक्त हाइलक्समा ४ जना सवार थिए। सवार चारमध्ये तीन जनासहित हाइलक्स पनि बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरीका अुनसार, एक जनाले भने गाडीबाट हामफालेर ज्यान जोगाएका छन्। उनीहरू सबै भक्तपुरको सुर्यविनायक नगरपालिका, जगातीका रहेको प्रहरीले जानकारी दिएको छ। सुर्यविनायक नगरपालिका, जगातीका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा नदीमा बेपत्ता छन्। २७ वर्षीय सुशान्त कक्षपतिले भने ज्यान जोगाएका छन्। उनी अहिले प्रहरीको सम्पर्कमा रहेको र अवस्था सामान्य…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट आफूले ऋण लिएको प्रमाण छ भनेर संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको टिप्पणी गरेका छन्। चितवनको राप्ती नगरपालिकाको डडुवामा आज आयोजित पार्टी कार्यक्रममा बोल्दै प्रमाण छ भन्नेहरुले अहिलेसम्म दिन नसकेको बताए। हिजो राति १ बजेसम्म संसदीय छानबिन समितिको सोधपुछमा बसेर आज बिहानै चितवन पुगेका लामिछानेले कांग्रेसका महामन्त्री गगन थापालाई लक्षित गर्दै भने, ‘प्रमाण छ भनेर कुर्लनेले न संसद, न संसदीय छानबिन समिति वा न सरकारलाई नै प्रमाण दिए। प्रमाण छ भने अझै पनि जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु।’ संलग्नता नभए पनि सहकारी प्रकरण भन्दै हदैसम्म दुख दिएर आफ्नो बद्नाम…

Read More

चितवन । पोखराबाट काठमाडौं जाने क्रममा मर्स्याङ्दी नदीमा खसेर ज्यान गुमाएका २७ जना भारतीय पर्यटकको शव लिन भारतीय एयरफोर्सको जहाज सिधै चितवन आउने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार नेपाल सरकारसँग भारतीय रक्षामन्त्रीको टोलीले छलफल गरेपछि चितवनबाट सिधै शव लैजाने निर्णय गरेको हो । आज दिउँसो ३ देखि साढे ३ बजेको समयमा एयरफोर्स जहाज भरतपुर मिनास्थलमा ल्याण्ड हुने उनले जानकारी दिए । प्रजिअ यादवका अनुसार आज बिहानैदेखि मृतकको शवको पोष्टमार्टम भइसकेको छ । यो समाचार तयार पार्दासम्म १६ जनाको पोष्टमार्टम सकिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिएका छन् । उनका अनुसार भरतपुर अस्पतालका तीन जना डाक्टरले…

Read More

रूपन्देही । रुपन्देहीको देवदहमा तीजको दर खादा ‘फूड पोइजन’ भई २ दर्जनभन्दा बढी महिला बिरामी परेका छन् । देवदह-६ शिवालय टोलका विभिन्न महिला समूह मिलेर यही भदौं ६ गते दर खाएपछि महिलाहरु बिरामी परेका हुन् । देवदह-६ का वडाअध्यक्ष खेमबहादुर थापा मगरका अनुसार ६ गते साँझदेखि बिरामी परेका उनीहरुमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने लगायतका स्वास्थ्य समस्या देखिएका छन् । उनका अनुसार बिरामी परेका १८ जनाको स्थानीय अनिता मेडिकलहल खैरेनीमा उपचार भैरहेको छ भने ५ जनाको देवदह मेडिकल कलेज तथा अन्य ५र६ जनाले घरमै बसेर उपचार गराइरहेका छन् । दर खाने कार्यक्रममा ३५ जना सहभागी…

Read More