Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले…
भर्जिनियाबाट नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनाका सन्दर्भमा कैयन अफवाहहरु समेत फैलिएका छन् । अहिलेसम्म ममता काफ्ले बेपत्ता घटनामा आएका सार्वजनिक आधिकारिक विवरणहरु यस्ता छन् । अदालतमा पेश गरिएको कागजातमा के छ ? मनासस पार्क प्रहरी अधिकारी सी भेन्टुराबाट अपराधको उजुरीमा लेखिएको छ – ‘३० जुलाई २०२४ वा आसपासमा आरोपी नरेश भट्टले आफ्नी श्रीमती ममता भट्टको हत्या गरेका थिए। घटना सिटी अफ मनासस पार्क हिथर कोर्टमा रहेको उनकै निवासमा भएको हो । अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको थियो ।’ अदालतमा पेश गरिएको उजुरीमा त्यसभन्दा तल हातैले लेखिएको छ -‘शव घरभित्रै रहेको…
खोटाङको हलेसीबाट काठमाडौँ आउँदै गर्दा सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ बाट सुनकोसी नदीमा खसेर बेपत्ता भएको हाइलक्सको खोजी कार्य जारी छ। शनिबार दिउँसो नम्बर नखुलेको उक्त हाइलक्स खस्दा ३ जना बेपत्ता भएका छन्। उक्त गाडीमा सवार चारमध्ये एक जनाले भने हाम फालेर ज्यान जोगाएका छन्। हलेसीबाट भक्तपुरका लागि आउन लागेको उक्त हाइलक्स कुँडुले भन्ने ठाउँबाट सुनकोसीमा खसेको थियो। अहिले गोताखोरसहित खोजी कार्य जारी राखेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। गाडीमा सवार उनीहरू सबै भक्तपुरको सुर्यविनायक नगरपालिका, जगातीका रहेको प्रहरीले जानकारी दिएको छ। सुर्यविनायक नगरपालिका, जगातीका ३२ वर्षीय अबिन बाँके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा नदीमा…
खोटाङको हलेसीबाट काठमाडौँ आउँदै गरेको हाइलक्स गाडी सुनकोसी नदीमा खसेको छ। सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुडुलेमा भक्तपुरका लागि आउन लागेको उक्त हाइलक्स शनिबार दिउँसो सुनकोसी नदीमा खसेको हो। उक्त हाइलक्समा ४ जना सवार थिए। सवार चारमध्ये तीन जनासहित हाइलक्स पनि बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरीका अुनसार, एक जनाले भने गाडीबाट हामफालेर ज्यान जोगाएका छन्। उनीहरू सबै भक्तपुरको सुर्यविनायक नगरपालिका, जगातीका रहेको प्रहरीले जानकारी दिएको छ। सुर्यविनायक नगरपालिका, जगातीका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा नदीमा बेपत्ता छन्। २७ वर्षीय सुशान्त कक्षपतिले भने ज्यान जोगाएका छन्। उनी अहिले प्रहरीको सम्पर्कमा रहेको र अवस्था सामान्य…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट आफूले ऋण लिएको प्रमाण छ भनेर संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको टिप्पणी गरेका छन्। चितवनको राप्ती नगरपालिकाको डडुवामा आज आयोजित पार्टी कार्यक्रममा बोल्दै प्रमाण छ भन्नेहरुले अहिलेसम्म दिन नसकेको बताए। हिजो राति १ बजेसम्म संसदीय छानबिन समितिको सोधपुछमा बसेर आज बिहानै चितवन पुगेका लामिछानेले कांग्रेसका महामन्त्री गगन थापालाई लक्षित गर्दै भने, ‘प्रमाण छ भनेर कुर्लनेले न संसद, न संसदीय छानबिन समिति वा न सरकारलाई नै प्रमाण दिए। प्रमाण छ भने अझै पनि जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु।’ संलग्नता नभए पनि सहकारी प्रकरण भन्दै हदैसम्म दुख दिएर आफ्नो बद्नाम…
चितवन । पोखराबाट काठमाडौं जाने क्रममा मर्स्याङ्दी नदीमा खसेर ज्यान गुमाएका २७ जना भारतीय पर्यटकको शव लिन भारतीय एयरफोर्सको जहाज सिधै चितवन आउने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार नेपाल सरकारसँग भारतीय रक्षामन्त्रीको टोलीले छलफल गरेपछि चितवनबाट सिधै शव लैजाने निर्णय गरेको हो । आज दिउँसो ३ देखि साढे ३ बजेको समयमा एयरफोर्स जहाज भरतपुर मिनास्थलमा ल्याण्ड हुने उनले जानकारी दिए । प्रजिअ यादवका अनुसार आज बिहानैदेखि मृतकको शवको पोष्टमार्टम भइसकेको छ । यो समाचार तयार पार्दासम्म १६ जनाको पोष्टमार्टम सकिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिएका छन् । उनका अनुसार भरतपुर अस्पतालका तीन जना डाक्टरले…
रूपन्देही । रुपन्देहीको देवदहमा तीजको दर खादा ‘फूड पोइजन’ भई २ दर्जनभन्दा बढी महिला बिरामी परेका छन् । देवदह-६ शिवालय टोलका विभिन्न महिला समूह मिलेर यही भदौं ६ गते दर खाएपछि महिलाहरु बिरामी परेका हुन् । देवदह-६ का वडाअध्यक्ष खेमबहादुर थापा मगरका अनुसार ६ गते साँझदेखि बिरामी परेका उनीहरुमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने लगायतका स्वास्थ्य समस्या देखिएका छन् । उनका अनुसार बिरामी परेका १८ जनाको स्थानीय अनिता मेडिकलहल खैरेनीमा उपचार भैरहेको छ भने ५ जनाको देवदह मेडिकल कलेज तथा अन्य ५र६ जनाले घरमै बसेर उपचार गराइरहेका छन् । दर खाने कार्यक्रममा ३५ जना सहभागी…
काठमाडौं । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गरेका हुन् । पत्र हस्तान्तरण गर्नु अघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गरेका थिए ।…
भर्जिनियाको मनासस पार्क प्रहरीले बिहीबार बिहान ममता काफ्ले भट्टका श्रीमानलाई पक्राउ गरेको छ । घरमा रातभर खानतलासीपछि विहान नरेश भट्टलाई पक्राउ गरेको हो । अधिकारीहरूले नरेश भट्टलाई बिहान १०ः४५ बजेतिर हत्कडी लगाएर घरबाट बाहिर निकालेका थिए । भर्जिनियाको मनसास पार्कबाट नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनामा अनुसन्धान गरिरहेको मनासस पार्क प्रहरीले घटनाको अनुसन्धानमा उनका श्रीमान् नरेश भट्टले समन्वय नगरेको बताएको थियो । बुधबार बेलुदेखि घरमा खानतलासी सुरु गरेको प्रहरीले खानतलासीकै बीचमा गरेको पत्रकार सम्मेलनमा अनुसन्धानमा उनका श्रीमान् नरेश भट्टले सहयोग नगरेको बताएको थियो । प्रहरीले उनका श्रीमान् भट्ट प्रहरी अनुसन्धानमा चासोको व्यक्ति अर्थात् पर्सन अफ इन्ट्र्रेस्ट भएको समेत बताएको…
चितवन । पाठेघरमा पलाएको मासुको बायप्सी गर्न भरतपुर अस्पताल गएकी सम्झना काफ्लेको मृत्युको कारण खोज्न छानबिन समिति गठन गरिएको छ । आफन्तले चिकित्सकको लापरबाहीको कारण सामान्य शल्यक्रिया गर्न अस्पताल गएकी काफ्लेको निधन भएको बताएपछि चितवनका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बैठक राखेर छानबिन समिति गठन गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भरतपुर अस्पतालका सिनियर डाक्टर प्रकाश खतिवडाको संयोजकत्वमा नौ सदस्यीय सर्वपक्षीय छानबिन समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा क्यान्सर अस्पतालका एनेस्थेसिया डाक्टर प्रदिप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अन्तिम सिंजाली रहेका छन् । त्यसैगरि मृतकका आफन्तका तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल र…
