Author: admin

काठमाडौं : भावी प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष सकिएको छ। आज प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठक भावी प्रधानन्यायाधीश भदौ ३१ गते टुंग्याउने गरी सकिएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन्। संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने भन्दै निर्णय नगरी बैठक सकिएको हो। रानाका अनुसार पहिलो नम्बरमा रहेका न्यायाधीश प्रकाशमान सिंह राउतको नाममाथि छलफल केन्द्रीय रहेको छ। ‘सिनीयारिटीको हिसाबले त वरिष्ठ प्रकाशमान सिंह राउत नै हो। अस्तिको छलफल र सिफारिसमा हामी फेल भयौं। अब अध्ययन पनि गर्नुपर्छ भनेर आजै हतारमा निर्णय नगरौं भन्ने सल्लाह भयो। दुई दिनपछि फेरि बैठक बसेर निर्णय हुन्छ।’ नयाँ प्रधानन्यायाधीश…

Read More

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा (१०) ले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी चैत ७ गतेबाट सुरु गर्ने भएको छ । बोर्डले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा सम्बन्धि वार्षिक कार्यतालिकमा चैत ७ गतेबाट परीक्षा सञ्चालन गर्ने जनाएको हो । कार्यतालिकाअनुसार बोर्डले माघ १ गते परीक्षातालिका सार्वजनिक गर्ने, माघ पहिलो हप्ता परीक्षा केन्द्र निर्धारण, माघ पहिलो हप्ता सिम्बोल नम्बर कायम गर्नेछ । त्यस्तै, बोर्डले २०८२ साल असार ६ गतेभित्र एसईई परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने जनाएको छ । त्यस्तै, असार २२ गतेसम्म पुनर्योगका लागि निवेदन दिने समय तोकेको छ । भने, पुनर्योगको नतिजा साउन…

Read More

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताएका छन्। शुक्रबार आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन बताएका हुन्। उनले कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकता दिने बताए। उनले करको दायरा विस्तार गर्ने, करदातामैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्ने, कर छली र चुहावट रोकिने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए। अर्थमन्त्री पौडेलले कार्य प्रक्रिया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा विद्युतीय सुशासनमा…

Read More

पोखराकी सजना तिवारी सामाजिक सञ्जालमा निकै भाइरल छन् । यतिबेला टिकटक, फेसबुक र रिलमा भाइरल सजना छाइरहेकी छन् ।लाखौं दर्शकले ,टिकटक ,फेसबुक र रिलमा भाइरल सजनालाई पछ्याई रहेका छन् । निकै आकर्षक पोशाकमा सजिएकी सजना शरीरका विभिन्न भागमा खोपिएको ट्याटुका कारण धेरैको रोजाईमा परेकी छन् । सजनाले ढाडमा गणेशको आकृतिको ट्याटु खोपेकी छन् भने दुबै हातमा समेत विभिन्न आकृतिका आकर्षक ट्याटु खोपेकी छन् । ट्याटुकै कारण सजनालाई यतिधेरै भाइरल होला जस्तो लागेको थिएन ।तर उनकै संगिनी स्वस्तिका भट्राई÷गैरेले टिकटकमा सजनाको नाचेको भिडियो राखे पछि सजना एकाएक भाइरल हुन पुगिन् । सजनाकै टिकटक ,रिल र फेसबुकमा पेजमा लाखौंको संख्यामा दर्शकले भिडियो…

Read More

वन फडानी रोकिएपछि घना बन्दै गएका म्याग्दीका सामुदायिक वन र खोरियामा गत फागुनदेखि जेठसम्म लागेको डढेलोका कारण जङ्गली जनावर देखिन छाडेका छन्। डढेलोका कारण जंगल उजाडिएपछि चराचुरुङ्गीको कोलाहल र चिरबिर सुनिन छाडेको स्थानीयले बताएका छन्। डढेलोका कारण वन नष्ट भएपछि वनमा पस्ने बित्तिक्कै सुनिने चराचुरुङ्गीको चिरबिर सुनिन छाडेको मालिका गाउँपालिका–१ निस्कोटका राम पुनले बताए। ‘रङ्गीविरङ्गी चरा र वन्यजन्तुको चहलपहल हुन छाड्दा वनको रौनक घटेको छ, पहिला जंगलमा देखिने जनावर अहिले गाउँका खेतबारी र सडक छेउमा देखिन थालेका छन्,’ उनले भने। जंगलमा डढेलो लागेयता चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल देखिन छाडेको मालिका गाउँपालिका–६ उपल्लो दुखुका यमन पुनले बताए। ‘डढेलो लागेपछि वन क्षेत्र…

Read More

कटारी नगरपालिका–१०, सोरुङछबिसेमा एकै घरका आमा–छोरा मृत फेला परेको ७२ घण्टा बितिसक्दा पनि मृत्युको कारण पत्ता लाग्न सकेको छैन। बिहीबार बिहान स्थानीय अशोक थापाकी ३७ वर्षीया श्रीमती निर्मला थापा र ६ वर्षीय छोरा आरुस आफ्नै पसलमा विभत्स अवस्थामा मृत भेटिएका थिए। वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार, निर्मला र आरुस बुधबार राति घरबाट ३ सय मिटर टाढा रहेको वडा कार्यालय नजिकै रहेको आफ्नो किराना तथा चटपटे पसलमा सुत्न गएका थिए। स्थानीयका अनुसार सँधै पसल बन्द गरेर घरमै फर्कने गरेका उनीहरु सो दिन तीजको दर खाने दिन भएकाले उनीहरू पसलमै सुतेका थिए। बिहान स्थानीयहरु पसल आउँदा सुनसान देखिएपछि खोजी गर्दा उनीहरु मृत भेटिएका थिए।…

Read More

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका उको सचिवालयले जनाएको छ । सोहीअनुरूप मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा यसलाई समेट्नु भएको थियो सोही क्रममा उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीलाई भेटी आवश्यक पूर्वाधारलगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गर्नुभएको…

Read More

काठमाडौं : सरकारले निजामती पुरस्कार पाउने ४० जना निजामती कर्मचारीको नाम सार्वजनिक गरेको छ। सरकारले निजामती कर्मचारीबाट यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसकेको हो। निजामती सेवा दिवसको अवसरमा निजामती सेवा नियमावलीमा व्यवस्थामा भएअनुसार सरकारले १ जनालाई २ लाख रुपैयाँसहित सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार दिँदै आएको थियो। तर सर्वोत्कृष्ट कर्मचारी नै विवादमा पर्न थालेपछि पछिल्लो समय उक्त पुरस्कारका लागि कर्मचारी छनोट हुन सकेका छैनन्। सरकारले उत्कृष्ट निजामति पुरस्कार १० जनालाई र निजामती सेवा पुरस्कारका लागि ३० जनालाई दिने निर्णय गरेको छ। १ लाख राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्ने १० जना कर्मचारीहरूमा रामचन्द्र दंगाल, शंकर बहादुर के.सी., राजु प्रसाद…

Read More

मुग्लिन-काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङ नजिकै सुख्खा पहिरो खसेर राजमार्ग दुई तर्फी अवरुद्ध भएको हो । बिहान साढे ७ बजेदेखि अबरुद्ध सडक सडक विभागसँग समन्वय गरी खुलाउने प्रयास थालिएको प्रहरीले जनाएको छ ।

Read More

मानव तस्करी भनेको हामीले सुन्दै आएको चेलीबेटी बेचविखन मात्र हो । तर अहिले सबै मानिसहरु बेचनविखनमा परिरहेका छन् । कुनै लैङ्गिकताका आधारमा फरक छैन् । बालक, युवा, महिला, किशोरी जोसुकै बेचविखनको शिकारमा छन् ।नवीन जोशीमानव बेचविखनविरुद्धका अभियन्ताएवमनिर्देशक, किन इन्डिया, नयाँ दिल्लीनवीन जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बस्दै आएका छन् । उनी मानव बेचविखनविरुद्धका एक चर्चित नेपाली अभियन्ता हुन् । नेपालका गाउँहरुबाट भारतका विभिन्न शहर र तेस्रो मुलुक जाने क्रममा दलालबाट ठगिएका, बेचिएका वा अलपत्र पारिएकाहरुलाई जोशीको नेतृत्वको एक संस्थाले उद्धार गर्दै आइरहेको छ । जोशी सामाजिक संस्था ‘किन इन्डिया’को निर्देशक समेत छन् । सोही संस्थामार्फत सयौंको उद्दार भइसकेको छ…

Read More