Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
पोखराकी सजना तिवारी सामाजिक सञ्जालमा निकै भाइरल छन् । यतिबेला टिकटक, फेसबुक र रिलमा भाइरल सजना छाइरहेकी छन् ।लाखौं दर्शकले ,टिकटक ,फेसबुक र रिलमा भाइरल सजनालाई पछ्याई रहेका छन् । निकै आकर्षक पोशाकमा सजिएकी सजना शरीरका विभिन्न भागमा खोपिएको ट्याटुका कारण धेरैको रोजाईमा परेकी छन् । सजनाले ढाडमा गणेशको आकृतिको ट्याटु खोपेकी छन् भने दुबै हातमा समेत विभिन्न आकृतिका आकर्षक ट्याटु खोपेकी छन् । ट्याटुकै कारण सजनालाई यतिधेरै भाइरल होला जस्तो लागेको थिएन ।तर उनकै संगिनी स्वस्तिका भट्राई÷गैरेले टिकटकमा सजनाको नाचेको भिडियो राखे पछि सजना एकाएक भाइरल हुन पुगिन् । सजनाकै टिकटक ,रिल र फेसबुकमा पेजमा लाखौंको संख्यामा दर्शकले भिडियो…
वन फडानी रोकिएपछि घना बन्दै गएका म्याग्दीका सामुदायिक वन र खोरियामा गत फागुनदेखि जेठसम्म लागेको डढेलोका कारण जङ्गली जनावर देखिन छाडेका छन्। डढेलोका कारण जंगल उजाडिएपछि चराचुरुङ्गीको कोलाहल र चिरबिर सुनिन छाडेको स्थानीयले बताएका छन्। डढेलोका कारण वन नष्ट भएपछि वनमा पस्ने बित्तिक्कै सुनिने चराचुरुङ्गीको चिरबिर सुनिन छाडेको मालिका गाउँपालिका–१ निस्कोटका राम पुनले बताए। ‘रङ्गीविरङ्गी चरा र वन्यजन्तुको चहलपहल हुन छाड्दा वनको रौनक घटेको छ, पहिला जंगलमा देखिने जनावर अहिले गाउँका खेतबारी र सडक छेउमा देखिन थालेका छन्,’ उनले भने। जंगलमा डढेलो लागेयता चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल देखिन छाडेको मालिका गाउँपालिका–६ उपल्लो दुखुका यमन पुनले बताए। ‘डढेलो लागेपछि वन क्षेत्र…
कटारी नगरपालिका–१०, सोरुङछबिसेमा एकै घरका आमा–छोरा मृत फेला परेको ७२ घण्टा बितिसक्दा पनि मृत्युको कारण पत्ता लाग्न सकेको छैन। बिहीबार बिहान स्थानीय अशोक थापाकी ३७ वर्षीया श्रीमती निर्मला थापा र ६ वर्षीय छोरा आरुस आफ्नै पसलमा विभत्स अवस्थामा मृत भेटिएका थिए। वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार, निर्मला र आरुस बुधबार राति घरबाट ३ सय मिटर टाढा रहेको वडा कार्यालय नजिकै रहेको आफ्नो किराना तथा चटपटे पसलमा सुत्न गएका थिए। स्थानीयका अनुसार सँधै पसल बन्द गरेर घरमै फर्कने गरेका उनीहरु सो दिन तीजको दर खाने दिन भएकाले उनीहरू पसलमै सुतेका थिए। बिहान स्थानीयहरु पसल आउँदा सुनसान देखिएपछि खोजी गर्दा उनीहरु मृत भेटिएका थिए।…
धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका उको सचिवालयले जनाएको छ । सोहीअनुरूप मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा यसलाई समेट्नु भएको थियो सोही क्रममा उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीलाई भेटी आवश्यक पूर्वाधारलगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गर्नुभएको…
निजामती सेवा दिवस : सरकारले यस वर्ष पनि छनोट गरेन सर्वोत्कृष्ट कर्मचारी, ४० जना निजामती कर्मचारी पुरस्कृत (सूचीसहित)
काठमाडौं : सरकारले निजामती पुरस्कार पाउने ४० जना निजामती कर्मचारीको नाम सार्वजनिक गरेको छ। सरकारले निजामती कर्मचारीबाट यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसकेको हो। निजामती सेवा दिवसको अवसरमा निजामती सेवा नियमावलीमा व्यवस्थामा भएअनुसार सरकारले १ जनालाई २ लाख रुपैयाँसहित सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार दिँदै आएको थियो। तर सर्वोत्कृष्ट कर्मचारी नै विवादमा पर्न थालेपछि पछिल्लो समय उक्त पुरस्कारका लागि कर्मचारी छनोट हुन सकेका छैनन्। सरकारले उत्कृष्ट निजामति पुरस्कार १० जनालाई र निजामती सेवा पुरस्कारका लागि ३० जनालाई दिने निर्णय गरेको छ। १ लाख राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्ने १० जना कर्मचारीहरूमा रामचन्द्र दंगाल, शंकर बहादुर के.सी., राजु प्रसाद…
मुग्लिन-काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङ नजिकै सुख्खा पहिरो खसेर राजमार्ग दुई तर्फी अवरुद्ध भएको हो । बिहान साढे ७ बजेदेखि अबरुद्ध सडक सडक विभागसँग समन्वय गरी खुलाउने प्रयास थालिएको प्रहरीले जनाएको छ ।
मानव तस्करी भनेको हामीले सुन्दै आएको चेलीबेटी बेचविखन मात्र हो । तर अहिले सबै मानिसहरु बेचनविखनमा परिरहेका छन् । कुनै लैङ्गिकताका आधारमा फरक छैन् । बालक, युवा, महिला, किशोरी जोसुकै बेचविखनको शिकारमा छन् ।नवीन जोशीमानव बेचविखनविरुद्धका अभियन्ताएवमनिर्देशक, किन इन्डिया, नयाँ दिल्लीनवीन जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बस्दै आएका छन् । उनी मानव बेचविखनविरुद्धका एक चर्चित नेपाली अभियन्ता हुन् । नेपालका गाउँहरुबाट भारतका विभिन्न शहर र तेस्रो मुलुक जाने क्रममा दलालबाट ठगिएका, बेचिएका वा अलपत्र पारिएकाहरुलाई जोशीको नेतृत्वको एक संस्थाले उद्धार गर्दै आइरहेको छ । जोशी सामाजिक संस्था ‘किन इन्डिया’को निर्देशक समेत छन् । सोही संस्थामार्फत सयौंको उद्दार भइसकेको छ…
काठमाडौँ । सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने करिब रु १५ अर्ब २९ करोड (एक सय १५ मिलियन) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने भएको छ । यस सम्बन्धमा सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले जानकारी दिए । यस्तै बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी विश्वव्यापी सञ्जालको सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गरेको छ । यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय सञ्चय कोषको अध्यक्षमा सचिव घिमिरेसरकारले कर्मचारी सञ्चय कोषको अध्यक्षमा अर्थ मन्त्रालयका…
मानव तस्करी शैली फेरियो : ‘कहाँ जाने बहिनी भनेर सोध्यो भने दार्जिलिङ घुम्न जान हिँडेको भन्छन् ’
झापा । आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वीनाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार, घरेलु कामदार र पसल श्रमिकको बहानामा नेपाली किशोरीलाई भारतको विभिन्न सहरमा पु¥याउने गरिएको पाइएको छ । कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाबाट जागिरको प्रलोभन देखाएर ल्याइएका किशोरीलाई माइती नेपालका सीमा निगरानीकर्ताले जाँच गरेर सुरक्षित रुपमा घर फर्काइरहेको माइती नेपालका कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताउछन । “विगत सात महिनामा हामीले काँकडभिट्टा बोर्डरमा निगरानी गर्दा १८ वर्षमुनिका एक सय १९ जना नाबालिगलाई उद्धार गरेका छौँ”, उनले भने, “उद्धार गरिएका ती अधिकांश किशोरी छन् । उनीहरुलाई मानव बेचबिखनमा संलग्न गिरोहले रोजगारीको बहानामा फकाएर भारत लैजाँदै थियो ।” पछिल्लो समय मानव बेचबिखनको…
सरकारले विगतका सात वर्षमा जस्तै यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेट्टाउन सकेन। त्यसकारण सर्वोत्कृष्ट कर्मचारी सेवा पुरस्कारको घोषणाबिना नै शनिबार २१औं निजामती दिवस मनाइँदैछ।प्रत्येक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाइन्छ। निजामती सेवाका ८६ हजार कर्मचारीमा २०७४ सालयता सर्वोत्कृष्ट भनेर कुनै कर्मचारीलाई पनि पुरस्कृत गरिएको छैन । योग्य र सक्षम कर्मचारी नभेटेपछि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार यस वर्ष पनि कसैलाई नदिइएको स्रोतको भनाइ छ। निजामती पुरस्कार सिफारिस छनोट समितिको बैठक शुक्रबार अपराह्न बसेको थियो । बैठकपछि संघीय मामिला तथ सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले यस वर्ष सर्वोत्कृष्ट निजामती पुरस्कारलाई कसैलाई घोषणा नगरिएको स्पष्ट पारे। उनका अनुसार यस वर्ष २० कर्मचारीले…
