Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले बताए । त्यस्तै राजस्व १४ खर्ब ४ अर्बको रहने उनले बताएका छन् । अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उनले बताएका छन् । जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ । यस्तो छ बजेट :
काठमाडौं- बालेन्द्र शाह (बालेन) नेतृत्वको दुई तिहाइनजिकको सरकारले आज शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्दैछ। तलब बढ्ने, सोहीअनुसार सेवामा सुधार र छरितो प्रणाली बनाउने नीतिमा बजेटको तयारी देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको) वाचापत्रलाई टेकेर बजेट लेखनको कामलाई अघि बढाएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज शुक्रबार दिउँसो ४ बजे बजेट सार्वजनिक गर्न लागेका हुन्। अर्थमन्त्री वाग्लेले निर्वाचनको समयमा रास्वपाले व्यक्त गरेका वाचा, शासकीय सुधारका बुँदा र सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुने बताएका छन्। बजेटमा सुशासन, आर्थिक सुधार, रोजगारी, शिक्षा, स्वास्थ्य, प्रविधि र…
आज मिति २०८३/०२/१५ गते सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुरमा WWF Nepal को सहयोग तथा काठमाण्डौ बिश्वबिद्धालयका डा. राम देवी तचामो तथा त्रिभुवन विश्वविद्यालय, वातावरण बिग्यान केन्द्रीय बिभाग TU, CDES का डा. दिपनारायण साह लगाएतका विज्ञहरूको सहभागितामा “Water Quality Monitoring and Assessment for Selected Wetlands in Lower Narayani River Basin” विषयक अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। यस कार्यक्रमको प्रमुख उद्देश्य समुदायमा आधारित सिमसार स्वास्थ्य अनुगमन सम्बन्धी अभिमुखीकरण प्रदान गर्नुका साथै स्थानीय समुदायलाई नियमित Wetland Health Monitoring मा सक्षम बनाउनु रहेको थियो। कार्यक्रममा वातावरण संरक्षण, सिमसार व्यवस्थापन तथा वैज्ञानिक अनुसन्धानप्रति स्थानीय समुदाय र बिद्यार्थीहरुको सहभागिता अझ सुदृढ बनाउने विषयमा महत्वपूर्ण छलफल…
काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय सदनमा आर्थिक वर्ष २०८३\०८४ को बजेट प्रस्तुत गर्ने छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आर्थमन्त्री वाग्लेले पहिलो बजेट प्रस्तुत गर्न लागेका हुन् । बजेट निर्माणमा पार्टीको निर्वाचन वाचापत्र, सरकार गठनपश्चात् सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्य योजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता तथा सिद्धान्तलाई आधार बनाइएको अर्थ मन्त्रालयले जनाएको छ । नयाँ संविधान जारी भएयता हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने प्रचलनअनुसार आज दिउँसो ४ बजे बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयले…
भरतपुर, ३१ वैशाख ।भरतपुरस्थित अर्किड स्कुलले नयाँ शैक्षिक सत्र २०८३ को सुरुवातसँगै नयाँ भर्ना भएका विद्यार्थीलाई विशेष कार्यक्रमका बीच स्वागत गरेको छ । विद्यालयले सांस्कृतिक प्रस्तुति, प्रेरणादायी मन्तव्य तथा ‘मुना’ बालपत्रिका वितरणमार्फत नयाँ विद्यार्थीलाई स्वागत गरेको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले नै गीत, नृत्य तथा स्वागत मन्तव्य प्रस्तुत गर्दै नवप्रवेशी छात्रछात्रालाई उत्साहपूर्वक स्वागत गरेका थिए । सोही अवसरमा विद्यालयले पठन संस्कृतिको विकास र निरन्तर अध्ययन बानीको प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ भर्ना भएका विद्यार्थीलाई ‘मुना’ बालपत्रिका हस्तान्तरण गरेको जनाएको छ ।विद्यालयकी शिक्षिका मीरा आचार्यका अनुसार विद्यालयले बालबालिकामा पठन अभ्यास, सिर्जनात्मकता तथा समालोचनात्मक सोचको विकास गराउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन…
काठमाडौँ – रोल्पामा जीप दुर्घटना भएर २० जनाको मृत्यु भएको तीन दिनपछि सरकारले घटनाप्रति दुःख व्यक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै दुर्घटनाबाट सिंगो राष्ट्र शोकमग्न भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८३ वैशाख १७ गते दिउँसो करिब २:५० बजे रोल्पाको थवाङ गाउँपालिका-१, सल्यापमा २० जना नागरिकको ज्यान जाने गरी भएको जीप दुर्घटनाले सिङ्गो राष्ट्रलाई शोकमग्न बनाएको छ।’ घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयमार्फत लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको र समितिलाई दिइएको तीन दिनको म्याद शनिबर सकिने विज्ञप्तिमा उल्लेख छ। समितिले प्रस्तुत गर्ने प्रतिवेदनका निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयन…
काठमाडौँ । सरकारले आज काठमाडौँका दुई सुकुमबासी बस्तीमा डोजर चलाएको छ । सुरुमा शनिबार बिहानैदेखि थापाथली क्षेत्रमा रहेको सकुमबासी बस्तीमा डोजर चलाएको थियो भने त्यसपछि गैह्रीगाउँस्थित बस्तीमा चलाएको छ । थापाथलीमा सुरुमा चार वटा मात्रै डोजर प्रयोग गरे पनि गैह्रीगाउँमा ठुला र पक्की संरचना भएकाले डोजर थपिएको थियो । यहाँ सुकुमबासी बस्ती भत्काउने डोजरको संख्या ८ वटा थियो । तस्बिरमा हेर्नुहोस् गैह्रीगाउँको सुकुमबासीमा डोजर चलाएपछिको अवस्था
काठमाडौं तीनकुने गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्तीमा पनि डोजर चलेको छ । आज बिहान थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइसकेपछि दिउँसोदेखि सुरक्षा निकायको बाक्लो उपस्थितिमा गैरीगाउँमा पनि डोजर चलाइएको हो । सरकारले आज र भोलिमा काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्ने गरी काम सुरु गरेको छ । यसअघि थापाथली आसपासका सुकुमवासी बस्ती खाली गराइसकिएको छ । तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी
काठमाडौं । सरकारले थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुमवासी बस्तीका संरचनाहरू भत्काएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका अनुसार, बस्ती पूर्ण रूपमा खाली भएको छ । थापाथली क्षेत्रमा बसोबास गर्दै आएकामध्ये आफू घरवारविहीन भएको भन्दै ६ वटा परिवार मात्रै सम्पर्कमा आएको सरकारले बताएको छ । ६ परिवारका सदस्यहरूलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगिएको छ । रंगशालामा उनीहरूको ‘स्क्रिनिङ’ गरेर बसोबासको प्रवन्ध मिलाउने सरकारले बताएको छ । सरकारले शनिबार बिहानबाट बस्तीका टहरा हटाउन थालेको थियो । त्यसअघि आफैं स्थानान्तरण गरेर जान चाहनेलाई प्रहरी समन्वय गरेर गन्तव्यमा पुगेका थिए । प्रहरीले दिएको जानकारी अनुसार, रंगशालामा १२–१३ जना व्यक्ति मात्रै घरवार विहीन भएको…
काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराइँदैछ । शनिबार बिहानदेखि सुकुमबासी बस्तीमा डोजर चलाइएको हो । बस्तीमा बाक्लो सङ्ख्या प्रहरी परिचालन गरिएको छ । परिचालित प्रहरीले उचित सुकुमबासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा आवश्यक सहयोग गरिरहेको छ । अधिकांश सुकुमबासीहरुले शुक्रबार नै बस्ती छाडे पनि केहीले भने आज बिहान मात्र समान निकालेका छन् । सामान व्यवस्थापन कार्यमा प्रहरीले पनि सहयोग गरिरहेको छ । तस्बिर: नेपाल प्रहरी
