Author: admin

काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । उनलाई अहिले ललितपुर प्रहरीको हिरासतमा रहेको एसपी गौतम मिश्रले जानकारी दिए । उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो । उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउनमै उजुरी परेको थियो । अनुसन्धानको क्रममा खाता जाँच गर्दा ठूलो रकमको कारोबार भेटिएपछि सम्पत्ति शुद्धीकरणको पनि अनुसन्धान अघि बढाइएको थियो । सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका थिए ।…

Read More

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बजेट विनियोजन भएको बताए । बजेटको आकार र लक्ष्य १. आगामी आर्थिक वर्षको कुल बजेटको आकार रू. २१ खर्ब २४ अर्ब ३४ करोड विनियोजन गरिएको छ।२. कुल खर्चमध्ये चालुतर्फ रू. १२ खर्ब ७० अर्ब ५८ करोड (५९.८%) विनियोजन।३. पुँजीगततर्फ रू. ४ खर्ब ३१ अर्ब १० करोड (२०.३%) विनियोजन।४. वित्तीय व्यवस्थातर्फ…

Read More

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्यको सेवाप्रदायक क्षमता, निजी क्षेत्रको आत्मविश्‍वास र नागरिकको भरोसालाई एकैसाथ उकास्ने उद्देश्य समेटेर आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएको बताएका छन्। उनले शुक्रबार संसदमा बजेट प्रस्तुत गर्दै कर प्रसाशन सुधार, कर्मचारीको तलब वृद्धि, डिजिटल प्रशासनलगायतका सुधारको घोषणा गरेका छन्। आगामी आर्थिक वर्षमा सात प्रतिशत आर्थिक वृद्धिको महत्त्वाकांक्षी लक्ष्यसहित अर्थमन्त्री वाग्लेले बजेट सार्वजनिक गरेका छन्। ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राख्दा महंगी नियन्त्रण गर्ने कुनै योजना नभएकाले सर्वसाधारणलाई बजेटपछि मूल्यवृद्धिको मार पर्ने देखिन्छ। जस्तो कि आर्थिक वृद्धिमा मात्र केन्द्रित हुँदा स्वतः मूल्यवृद्धि हुन्छ। अर्को भनेको नेपालमा सबै आयातित वस्तु तथा सेवा उपयोग हुने हुनाले नेपालले महंगी…

Read More

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले बताए । त्यस्तै राजस्व १४ खर्ब ४ अर्बको रहने उनले बताएका छन् । अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उनले बताएका छन् । जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ । यस्तो छ बजेट :

Read More

काठमाडौं- बालेन्द्र शाह (बालेन) नेतृत्वको दुई तिहाइनजिकको सरकारले आज शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्दैछ। तलब बढ्ने, सोहीअनुसार सेवामा सुधार र छरितो प्रणाली बनाउने नीतिमा बजेटको तयारी देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको) वाचापत्रलाई टेकेर बजेट लेखनको कामलाई अघि बढाएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज शुक्रबार दिउँसो ४ बजे बजेट सार्वजनिक गर्न लागेका हुन्। अर्थमन्त्री वाग्लेले निर्वाचनको समयमा रास्वपाले व्यक्त गरेका वाचा, शासकीय सुधारका बुँदा र सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुने बताएका छन्। बजेटमा सुशासन, आर्थिक सुधार, रोजगारी, शिक्षा, स्वास्थ्य, प्रविधि र…

Read More

आज मिति २०८३/०२/१५ गते सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुरमा WWF Nepal को सहयोग तथा काठमाण्डौ बिश्वबिद्धालयका डा. राम देवी तचामो तथा त्रिभुवन विश्वविद्यालय, वातावरण बिग्यान केन्द्रीय बिभाग TU, CDES का डा. दिपनारायण साह लगाएतका विज्ञहरूको सहभागितामा “Water Quality Monitoring and Assessment for Selected Wetlands in Lower Narayani River Basin” विषयक अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। यस कार्यक्रमको प्रमुख उद्देश्य समुदायमा आधारित सिमसार स्वास्थ्य अनुगमन सम्बन्धी अभिमुखीकरण प्रदान गर्नुका साथै स्थानीय समुदायलाई नियमित Wetland Health Monitoring मा सक्षम बनाउनु रहेको थियो। कार्यक्रममा वातावरण संरक्षण, सिमसार व्यवस्थापन तथा वैज्ञानिक अनुसन्धानप्रति स्थानीय समुदाय र बिद्यार्थीहरुको सहभागिता अझ सुदृढ बनाउने विषयमा महत्वपूर्ण छलफल…

Read More

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय सदनमा आर्थिक वर्ष २०८३\०८४ को बजेट प्रस्तुत गर्ने छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आर्थमन्त्री वाग्लेले पहिलो बजेट प्रस्तुत गर्न लागेका हुन् । बजेट निर्माणमा पार्टीको निर्वाचन वाचापत्र, सरकार गठनपश्चात् सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्य योजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता तथा सिद्धान्तलाई आधार बनाइएको अर्थ मन्त्रालयले जनाएको छ । नयाँ संविधान जारी भएयता हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने प्रचलनअनुसार आज दिउँसो ४ बजे बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयले…

Read More

भरतपुर, ३१ वैशाख ।भरतपुरस्थित अर्किड स्कुलले नयाँ शैक्षिक सत्र २०८३ को सुरुवातसँगै नयाँ भर्ना भएका विद्यार्थीलाई विशेष कार्यक्रमका बीच स्वागत गरेको छ । विद्यालयले सांस्कृतिक प्रस्तुति, प्रेरणादायी मन्तव्य तथा ‘मुना’ बालपत्रिका वितरणमार्फत नयाँ विद्यार्थीलाई स्वागत गरेको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले नै गीत, नृत्य तथा स्वागत मन्तव्य प्रस्तुत गर्दै नवप्रवेशी छात्रछात्रालाई उत्साहपूर्वक स्वागत गरेका थिए । सोही अवसरमा विद्यालयले पठन संस्कृतिको विकास र निरन्तर अध्ययन बानीको प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ भर्ना भएका विद्यार्थीलाई ‘मुना’ बालपत्रिका हस्तान्तरण गरेको जनाएको छ ।विद्यालयकी शिक्षिका मीरा आचार्यका अनुसार विद्यालयले बालबालिकामा पठन अभ्यास, सिर्जनात्मकता तथा समालोचनात्मक सोचको विकास गराउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन…

Read More

काठमाडौँ – रोल्पामा जीप दुर्घटना भएर २० जनाको मृत्यु भएको तीन दिनपछि सरकारले घटनाप्रति दुःख व्यक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै दुर्घटनाबाट सिंगो राष्ट्र शोकमग्न भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८३ वैशाख १७ गते दिउँसो करिब २:५० बजे रोल्पाको थवाङ गाउँपालिका-१, सल्यापमा २० जना नागरिकको ज्यान जाने गरी भएको जीप दुर्घटनाले सिङ्गो राष्ट्रलाई शोकमग्न बनाएको छ।’ घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयमार्फत लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको र समितिलाई दिइएको तीन दिनको म्याद शनिबर सकिने विज्ञप्तिमा उल्लेख छ। समितिले प्रस्तुत गर्ने प्रतिवेदनका निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयन…

Read More

काठमाडौँ । सरकारले आज काठमाडौँका दुई सुकुमबासी बस्तीमा डोजर चलाएको छ । सुरुमा शनिबार बिहानैदेखि थापाथली क्षेत्रमा रहेको सकुमबासी बस्तीमा डोजर चलाएको थियो भने त्यसपछि गैह्रीगाउँस्थित बस्तीमा चलाएको छ । थापाथलीमा सुरुमा चार वटा मात्रै डोजर प्रयोग गरे पनि गैह्रीगाउँमा ठुला र पक्की संरचना भएकाले डोजर थपिएको थियो । यहाँ सुकुमबासी बस्ती भत्काउने डोजरको संख्या ८ वटा थियो । तस्बिरमा हेर्नुहोस् गैह्रीगाउँको सुकुमबासीमा डोजर चलाएपछिको अवस्था

Read More