Author: admin

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानले युद्धविराम सहमति गरेको खुलासा गरेका छन् । अमेरिकाको समन्वयमा भारत र पाकिस्तानले ‘पूर्ण र तत्काल युद्धविराम’को सहमति गरेको ट्रम्पले सार्वजनिक गरेका हुन् । भारत र पाकिस्तानलाई ‘बुद्धि’ र ‘कमनसेन्स’ लगाएको भन्दै ट्रम्पले बधाई पनि दिएका छन् । पाकिस्तानको अखबार डनका अनुसार ट्रम्पले आफ्नै स्वामित्वको समाजिक सञ्जाल ट्रुथ सोसलमा यस्तो खुलासा गरेका हुन् । आजै अमेरिकी विदेशमन्त्री मार्को रुबिओले भारतका विदेशमन्त्री र पाकिस्तानी सेनापतिसँग संवाद गरेको सार्वजनिक भएको थियो । यस अगाडि अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले भने भारत र पाकिस्तन युद्धमा अमेरिकाको कुनै चासो नभएको भन्दै अमेरिकी च्यानल फक्स न्यूजमा बताएका थिए…

Read More

काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ। उपत्यकाका तीनै जिल्लासहित बागमती, गण्डकी र मधेस प्रदेशका भूभागहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाको वेभसाइटले देखाउँछ। मौसम पूर्वानुमान महाशाखाले पानी पार्ने बादल पश्चिमबाट पूर्वतिर सर्दै गएकाले पानी परेको बताएको छ। नेपालमा अहिले मुख्यतः पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। सँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रिरहेको छ। यी प्रणालीले गर्दा आइतबार बिहान देशैभरि आंशिकदेखि साधारणतया बदली छ। अहिले पानी परेको प्रणाली लुम्बिनी र गण्डकीबाटै सुरू भएको मौसमविद् डेविड ढकालले जानकारी दिए। यसले काठमाडौंसहित विभिन्न भूभागमा वर्षा गराएको उनको भनाइ छ। काठमाडौंमा केही बेरपछि पानी रोकिने सम्भावना रहे पनि पुनः पर्ने सम्भावना रहेको उनले बताए।…

Read More

काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । मन्त्री भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको उनको निजी सचिवालयले जानकारी दिएको छ । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । याे विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएकाे थियाे । पार्टीको बैठकमा समेत शिक्षामन्त्रीले विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्रीले जथाभाबी बोल्ने गरेको भन्दै असन्तुष्टि व्यक्ति गरेकि थिइन्। प्रधानमन्त्रीले नीजि विद्यालयलाई लगानी गर्न र सरकारकाे लगानी सुरक्षित गर्ने बताएका थिए । शिक्षामन्त्री भट्टराईले उक्त विषय बोलेकोमा समेत असन्तुष्टि व्यक्त गरेकी थिइन्। उनले संविधानले निःशुल्क शिक्षाको…

Read More

दान बहादुर बुढा(नेपाल न्यूज बैंक) मुगु । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौं केन्द्रित भएपछि हिमाली जिल्ला मुगुमा रहेको सामूदायिक विद्यालयहरुको पढाइ एव भर्ना अभियान प्रभावित भएको छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० तत्काल पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरू काठमाडौंमा आन्दोलन गरिरहेका छन् । ०८१ को चैत २० गतेदेखि जारी आन्दोलमा शिक्षकहरु होमिएपछि मुगुमा रहेका १ सय ४५ सामूदायिक विद्यालयका २० हजार भन्दा बढी विद्यार्थीहरुको पढाइ प्रभावित भएको हो । मुगुका स्थानीय देविलाल मल्लले शिक्षकहरुको माग जायज होला नहोला यसबारे सरकारले छिटो भन्दा छिटो किनारा लगाउनुपर्ने बताए ।…

Read More

मनिषा बस्नेत / नेपाल न्यूज बैंककाठमाडौं । सामाजिक सञ्जाल फेसबुक मार्फत सामाजिक सेवा भावको अभियान संचालन गरेर स्थापित भएको महिलाहरुको समूह डब्लुआरआरले १० औ वार्षिकोत्सव मनाएको छ ।शनिवार काठमाडौंको जडिबुटी र लोकन्थलीको सुकुम्वासी बस्तीका बालबालिकाहरुसँग रेम्बो भोलेन्टिएर क्लबसँग सहकार्य गर्दै उनीहरुले १० औ वार्षिकोत्सव मनाएका हुन् ।गल्मीकी पुजा राणा डब्लुआरआरसँग जोडिएर सामाजिक काम गर्न थालेको करिब नौ वर्ष भएको अनुभव सुनाउदै बालबालिका र महिलाको न्यायको लागि काम गरेको सुनाइन् ।‘हामीले धेरै सामाजिक र मनकारी काम गरेका छौ । महिला बालबालिकाको क्षेत्रमा प्रशस्त काम गरेका छौ । शिक्षाबाट बञ्चित भएका बालबालिकाहरुको सिकाई र शिक्षामा काम गरिरहेका छौं । अनाथ, असाहय वा…

Read More

३, वैशाख, चितवन । प्रेस चौतारी नेपाल चितवनका सचिव लक्ष्मण गौतम र उनकी श्रीमती वसन्धुरा गौतमले वैवाहिक वार्षिकोत्सवको सन्दर्भ पारेर प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।आफ्नो २५ औँ वैवाहिक बार्षिकोत्सवका अवसरमा प्रेस चौतारी चितवनको निर्माणाधीन भवनमा पुगेर गौतम दम्पतीले १५ हजार १० रुपैयाँ सहयोग गरेका हुन् ।गौतम २५ बर्ष अगाडि वसन्धुरा प्रसाईसँग वैवाहिक वन्धनमा बाँधिएका थिए । गौतमले गत बर्ष आफ्नो जन्मदिनको अवसरमा ११ हजार १ सय ११ रुपैयाँ भवन निर्माणका लागि सहयोग गरेका थिए । गौतमले भवनका लागि हालसम्म २६ हजार १ सय २१ रुपैयाँ सहयोग गरेका छन् । प्रेस चौतारी नेपालको देश कै…

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उमेरसम्बन्धी मापदण्ड हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। आफूअनुकूल गभर्नर ल्याउनका लागि सरकारले योग्यतासम्बन्धी मापदण्ड नै परिवर्तन गरेर उमेर हद हटाएको थियो। जसविरुद्ध सर्वोच्चमा परेको रिटमा न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले मंगलबार नेपाल सरकारका नाममा कारण देखाउसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। यसमा अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेशसमेत भएको छ। अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न नेपाल सरकार, अर्थ मन्त्रालय र गभर्नर छनौट समिति प्रतिनिधिलाई अर्को साता अदालतमा उपस्थित हुन पनि आदेश दिइएको छ। सरकारले ‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी र सदस्य नियुक्तिसम्बन्धी…

Read More

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उर्जा मन्त्रालयको सिफारिशमा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए । आज नै बसेको बैठकले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेका थियो । केपी शर्मा ओलीको नेतृत्वमा बसेको सरकारले सुरुदेखि नै घिसिङलाई पदबाट हटाउन खोजिरहेको थियो । यसका लागि पटक–पटक स्पष्टीष्करणसमेत सोधिएको थियो ।

Read More

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले  अर्थदैनिक लाई जानकारी दिए । घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

Read More

काठमाडौं – नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा निवर्तमान उपाध्यक्ष गणेश पाण्डेकाे नाम घोषणा गरिएको छ । विराटनगरमा जारी महाधिवेशनका क्रममा प्रतिस्पर्धामा जान नदिई नयाँ नेतृत्व घोषणा गरिएको हो । चौतारीको महासचिवमा हिरामान लामा दोहोरिएका छन् । उपाध्यक्षमा चेतन अधिकारी आएका छन् । महिला उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट आएकी कृपा भण्डारीलाई बनाइएको छ । निवर्तमान अध्यक्ष गणेश बस्नेतले ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेका हुन् । निवर्तमान उपाध्यक्ष राजेश राईसहितलाई निर्वाचनमा जान निषेध गर्दै एमालेले चौतारीको नेतृत्व टीके प्रथामा गएर चयन गरेको हो ।

Read More