Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
- माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
- निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
- पर्खाइ मतदानको (तस्बिरहरू)
- विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
- मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
- माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
- रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
Author: admin
चितवन — होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईको आयोजनामा तथा नेपाल क्षयरोग निवारण संस्था, चितवन शाखाको समन्वयमा सञ्चालित जिल्लास्तरीय अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता शुक्रबार होली भिजन पब्लिक स्कुलमै उत्साहका साथ सम्पन्न भयो। ७२औँ राष्ट्रिय क्षयरोग दिवसलाई विशेष बनाउने उद्देश्यसहित गरिएको यस प्रतियोगितामा चितवन जिल्लाका २५ विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ। समग्र रूपमा ३६ विद्यालयसम्म सहभागी भइसकेका यस्ता वार्षिक प्रतिस्पर्धाहरूमध्ये यस वर्षको कार्यक्रम झनै प्रतिस्पर्धात्मक बनेको थियो। हाजिरीजवाफको रोचक चरणहरू पार गर्दै जनप्रिय मावि शारदानगर प्रथम, ओम शान्ति एकेडेमी भरतपुर द्वितीय, र वाल्मीकि शिक्षा सदन भरतपुर तृतीय हुने गौरव हासिल गरेका छन्। यसअघि मंसिर ११ गते नाटा जुनियर…
रेशम सापकोटा माडी नगरपालिका–९ स्थित धार्मिक तथा ऐतिहासिक महत्त्वले समृद्ध भगवान श्रीरामको जन्मस्थल अयोध्याधाममा यस वर्ष पनि विवाह पञ्चमी विशेष उत्सव अत्यन्तै आकर्षक रूपमा सम्पन्न भएको छ। मङ्सिर ९ गते परेको शुभ दिनलाई अवसर बनाएर माडी नगरपालिका, माडी प्रज्ञा प्रतिष्ठान प्रवर्द्धक तथा अयोध्या धाम पूजा व्यवस्थापन समितिको संयुक्त पहलमा धार्मिक कार्यक्रमसँगै सामूहिक खुल्ला रत्यौली प्रतियोगिता सञ्चालन गरिएको थियो। उक्त प्रतियोगितामा १४ महिला समूहले सहभागीता जनाएका थिए। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले १० हजार, द्वितीयले ७ हजार, तृतीय समूहले ५ हजार तथा सान्त्वना प्राप्त समूहले ३ हजार रुपैयाँ पुरस्कार पाएका छन्। प्रतियोगितामा माडी–९ को राम जन्मभूमि आमा समूहले १०१ अंक…
चितवनको व्यापारिक नेतृत्व सिरीष पन्ततिर उन्मुख : निर्माण सामग्री व्यवसायी संघको सर्वसम्मत सिफारिस
रेशम सापकोटानिर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले हिजो ४ र आज ५ गते सम्पन्न गरेको विस्तारित बैठक उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। पदाधिकारी, सल्लाहकार र सदस्यहरूको सक्रिय सहभागितासहित बसेको बैठकले चितवन उद्योग वाणिज्य संघको आसन्न अधिवेशनका लागि अध्यक्ष पदमा युवा व्यवसायी सिरीष पन्तलाई सिफारिस गर्ने ऐतिहासिक प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको घोषणा गरेको हो। बैठकका सहभागीहरूका अनुसार पन्त व्यवसायीहरूले भोगिरहेका समस्यालाई नजिकबाट बुझ्ने, निष्पक्ष रूपमा हेर्ने र व्यावहारिक कार्ययोजना प्रस्तुत गर्न सक्ने सक्षम नेतृत्वका रूपमा उदाएका छन्। संघका अध्यक्ष नरहरी घिमिरेले भने, “पन्त केवल उम्मेदवार मात्र होइनन्, परिवर्तनको आवश्यकता पूरा गर्न सक्ने, ठोस परिणाम दिन सक्ने र व्यवसायीहरूको हितलाई पहिलो…
मंसिर १० गतेसम्म सबै दल आयोगमा दर्ता गर्नू, निर्वाचन बहिष्कार गरेर अराजकता नरोज्नू: प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता हुन आग्रह गरेकी छन्। बुधबार आयोगमा दर्ता भएका दलका प्रतिनिधि सहभागी बैठकलाई सम्बोधन गर्दै कार्कीले संसद् पुर्नस्थापनाको अडान छोडेर निर्वाचनतिर लाग्न भनेकी हुन्। उनले संसद् पुर्नस्थापनाको अडान लिनु राजनीतिक दुर्घटनालाई दोहोर्याउन खोजेको पुष्टि हुनु रहेको पनि बताइन्। ‘अब संसद् पुनःस्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्याउन खोजेको पुष्टि हुन्छ,’ उनले भनिन्, ‘तसर्थ हामीले अब राजनीतिक बहसलाई संवैधानिक निकासको बाटो अर्थात् निर्वाचनमा केन्द्रित गर्नुपर्छ।’ दलहरूको सहभागिता, सहयोगबिना चुनावको परिकल्पना सम्भव नहुने भन्दै उनले मंसिर १० गतेभित्र…
‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव
काठमाडौँ- आज देशका विभिन्न भागमा ‘मोन्था’ चक्रवातको प्रभाव पर्ने भएकोले बाढीको जोखिम उच्च रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश र बागमती प्रदेशका अधिकांश नदीहरूको बहाव आगामी ३ दिनमा बढ्दो क्रममा रहने महाशाखाले जनाएको हो। कोशी, मधेश र बागमती प्रदेशका अधिकांश नदीहरूमा पानीको बहाव बढ्ने र केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना पनि रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई…
चितवन, ६,असोज – हालै केही सञ्चारमाध्यमहरूले २०८२ साल भदौ २४ गते भरतपुर–शिवनगरस्थित प्रचण्ड निवासमा भएको घटनामा चितवनका युवा उद्यमी सुलभ सिग्देलको नाम संलग्न भएको समाचार प्रसारण/प्रकाशन गरेका थिए। उक्त समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले स्पष्ट खण्डन गरेका छन्। सिग्देलले सामाजिक सञ्जाल फेसबुकमार्फत खण्डन गर्दै भनेका छन्, “सो घटनामा मेरो कुनै संलग्नता छैन। म सधैं युवाहरू नेपालमै स्वरोजगार बन्नुपर्छ भन्ने विचार बोकेर अघि बढेको मान्छे हुँ। नेपालमै केही गर्नुपर्छ भन्ने उद्देश्यले विगत १० वर्षदेखि चितवनमा युवाहरूलाई रोजगारी सिर्जना गर्दै व्यवसाय गर्दै आएको छु। व्यवसायसँगै हरेक महिना सामाजिक काम गर्दै आएको कुरा पनि सर्वविदितै छ। मैले सयौं युवाहरूलाई निःशुल्क सिपमूलक…
काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम गरिएको थियो । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गरेकी छन् । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।
जिल्ला सुरक्षा समिति चितवनले कर्फ्यू हटाएर निषेधाज्ञाको आदेश जारी गरेको छ। जेन–जी आन्दोलन बढ्दै गएपछि समितिले भरतपुर महानगरपालिकाको संवेदनशील क्षेत्रलाई चार किल्लाभित्र पारेर कर्फ्यू आदेश जारी गरेको थियो। बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले अवस्थामा सुधार गएको विश्लेषण गर्दै कर्फ्यू हटाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अर्को सूचना जारी नहुदा सम्मका लागि चितवन जिल्लाभर कुनै किसिमको भेला, सभा, जुलस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञाको आदेश जारी गरिएको जानकारी दिए। अर्यालले जिल्लामा सरकारी कार्यालयहरुमा भएको क्षति एकिन गरेर रिपोर्ट पेश गर्न सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिएको पनि जानकारी दिए। ‘धेरैजसो कार्यालयमा तोडफोड र आगजनीले क्षति पुगेको छ। ती…
काठमाडौं : जेनजी प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेको उपचार भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको हो। सचिव देवकोटाका अनुसार निजामती कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना र भेरी अस्पतलालमा पाँच गरी ३० जनाको निधन भएको छ । यस्तै अहिले २७४ जना घाइतेको भर्ना भएर…
काठमाडौं । आगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवाद गरेका जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन भनेको छ । जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराएका हुन् । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै जेनजीहरूले जंग्गीअड्डाबाहिर नाराबाजी गरेका थिए । ‘को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला,’ सेनाका प्रतिनिधिले भनेका छन्, ‘एक–एक जना ग्रुप लिडरको नाम सहित लेखेर हामीलाई दिनुहोला ।’ बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए । तर, बाहिर भेला भएर युवाहरुले त्यसविरुद्ध नाराबाजी गरेका थिए । कतिपयले काठमाडौं महानगरपालिकाका मेयर…
