Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चितवनको राप्तीमा बस र इभी गाडी ठोक्किँदा सात जनाको मृत्यु
- रास्वपालाई माओवादीको आग्रह– एक ढंगले माग सम्बोधन भइसक्यो, संसदीय अभ्यास हामीबाट सिक्नुस्
- चितवनको यातायात र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियारको छापा, नगदसहित समातिए कर्मचारी र बिचौलिया
- वैदेशिक रोजगारीमा ठगिएकाले गरेको पत्रकार सम्मेलनमा पीडकद्वारा पत्रकारमाथि हातपात
- चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा
- उज्यालो टाईम्स मिडियाद्वारा श्री रामजानकी बालिका आश्रमका वालिकाहरुलाई स्टेशनरी तथा सरसफाई सामाग्री वितरण
- अर्थराजनीतिक दस्ताबेज बजेट सधैँ राजनीतिक, अर्थशास्त्र गायब
- आज गणतन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै
Author: admin
BREAKING : लामिछाने थुनामै रहने, बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार
सर्वोच्च अदालतले सहकारी ठगी आरोपमा रूपन्देहीको भैरहवा कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई रिहा गर्न अस्वीकार गरेको छ ।शुक्रबार न्यायाधीशद्वय नहुल सुवेदी र बालकृष्ण ढकालको इजलासले यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेशलाई सदर गर्दै लामिछानेलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको प्रवक्ता अच्युत कुइकेलले जानकारी दिए । । लामिछानेलाई रिहा गर्न माग गर्दै उनकी पत्नी निकिता पौडेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् । बुटवलको सुप्रिम सहकारी ठगीमा जिल्ला अदालत रूपन्देहीको आदेश उल्टाउँदै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई गत चैत्र २२ गते थुनामा पठाउन आदेश गरेको थियो । अदालतको आदेशलगत्तै लामिछाने पक्राउ परेर चैत्र २४ गते जेल…
काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा १४ खर्ब ७४ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको छ।गत आर्थिक वर्षको यसै अवधिमा १३ खर्ब ३ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको थियो। गत आर्थिक वर्षको तुलनामा चालु आवको साउनदेखि बैशाख मसान्तसम्ममा आयात करिब १३.११ प्रतिशतले बढेको छ।चालु आवको बैशाखमा मात्रै १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ।यस अवधिमा नेपालबाट करिब २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। गत वर्षको यसै अवधिमा १ खर्ब २६ अर्ब रुपैयाँको वस्तु निर्यात भएको थियो। गत वर्षको तुलनामा निर्यात ७२.७१ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ। सोयाविन तेलको कच्चा पदार्थ आयात…
काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा पेस गर्ने दिन परिवर्तन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद निधिले भने, ‘जेठ १५ गते गणतन्त्र दिवस दिवस हो । अर्कोतर्फ सरकारले सदनमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने दिन हो । संविधानमै उल्लेख भएकाले दिन परिवर्तन गर्न सरकारलाई गाह्रो भएको होला । तर गणतन्त्र दिवस र बजेटको ‘वेटेज’ ज्यादै कम छ । त्यसैले परिवर्तन गर्न माग गर्दछु ।’ निधिले सभामुख देवराज घिमिरेलाई पनि संसद्को कार्यसूची तय गर्ने अधिकार सभामुखलाई हुने भन्दै बजेट ल्याउने दिनलाई परिवर्तन गर्न आग्रह गरे ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानले युद्धविराम सहमति गरेको खुलासा गरेका छन् । अमेरिकाको समन्वयमा भारत र पाकिस्तानले ‘पूर्ण र तत्काल युद्धविराम’को सहमति गरेको ट्रम्पले सार्वजनिक गरेका हुन् । भारत र पाकिस्तानलाई ‘बुद्धि’ र ‘कमनसेन्स’ लगाएको भन्दै ट्रम्पले बधाई पनि दिएका छन् । पाकिस्तानको अखबार डनका अनुसार ट्रम्पले आफ्नै स्वामित्वको समाजिक सञ्जाल ट्रुथ सोसलमा यस्तो खुलासा गरेका हुन् । आजै अमेरिकी विदेशमन्त्री मार्को रुबिओले भारतका विदेशमन्त्री र पाकिस्तानी सेनापतिसँग संवाद गरेको सार्वजनिक भएको थियो । यस अगाडि अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले भने भारत र पाकिस्तन युद्धमा अमेरिकाको कुनै चासो नभएको भन्दै अमेरिकी च्यानल फक्स न्यूजमा बताएका थिए…
काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ। उपत्यकाका तीनै जिल्लासहित बागमती, गण्डकी र मधेस प्रदेशका भूभागहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाको वेभसाइटले देखाउँछ। मौसम पूर्वानुमान महाशाखाले पानी पार्ने बादल पश्चिमबाट पूर्वतिर सर्दै गएकाले पानी परेको बताएको छ। नेपालमा अहिले मुख्यतः पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। सँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रिरहेको छ। यी प्रणालीले गर्दा आइतबार बिहान देशैभरि आंशिकदेखि साधारणतया बदली छ। अहिले पानी परेको प्रणाली लुम्बिनी र गण्डकीबाटै सुरू भएको मौसमविद् डेविड ढकालले जानकारी दिए। यसले काठमाडौंसहित विभिन्न भूभागमा वर्षा गराएको उनको भनाइ छ। काठमाडौंमा केही बेरपछि पानी रोकिने सम्भावना रहे पनि पुनः पर्ने सम्भावना रहेको उनले बताए।…
काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । मन्त्री भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको उनको निजी सचिवालयले जानकारी दिएको छ । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । याे विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएकाे थियाे । पार्टीको बैठकमा समेत शिक्षामन्त्रीले विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्रीले जथाभाबी बोल्ने गरेको भन्दै असन्तुष्टि व्यक्ति गरेकि थिइन्। प्रधानमन्त्रीले नीजि विद्यालयलाई लगानी गर्न र सरकारकाे लगानी सुरक्षित गर्ने बताएका थिए । शिक्षामन्त्री भट्टराईले उक्त विषय बोलेकोमा समेत असन्तुष्टि व्यक्त गरेकी थिइन्। उनले संविधानले निःशुल्क शिक्षाको…
दान बहादुर बुढा(नेपाल न्यूज बैंक) मुगु । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौं केन्द्रित भएपछि हिमाली जिल्ला मुगुमा रहेको सामूदायिक विद्यालयहरुको पढाइ एव भर्ना अभियान प्रभावित भएको छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० तत्काल पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरू काठमाडौंमा आन्दोलन गरिरहेका छन् । ०८१ को चैत २० गतेदेखि जारी आन्दोलमा शिक्षकहरु होमिएपछि मुगुमा रहेका १ सय ४५ सामूदायिक विद्यालयका २० हजार भन्दा बढी विद्यार्थीहरुको पढाइ प्रभावित भएको हो । मुगुका स्थानीय देविलाल मल्लले शिक्षकहरुको माग जायज होला नहोला यसबारे सरकारले छिटो भन्दा छिटो किनारा लगाउनुपर्ने बताए ।…
मनिषा बस्नेत / नेपाल न्यूज बैंककाठमाडौं । सामाजिक सञ्जाल फेसबुक मार्फत सामाजिक सेवा भावको अभियान संचालन गरेर स्थापित भएको महिलाहरुको समूह डब्लुआरआरले १० औ वार्षिकोत्सव मनाएको छ ।शनिवार काठमाडौंको जडिबुटी र लोकन्थलीको सुकुम्वासी बस्तीका बालबालिकाहरुसँग रेम्बो भोलेन्टिएर क्लबसँग सहकार्य गर्दै उनीहरुले १० औ वार्षिकोत्सव मनाएका हुन् ।गल्मीकी पुजा राणा डब्लुआरआरसँग जोडिएर सामाजिक काम गर्न थालेको करिब नौ वर्ष भएको अनुभव सुनाउदै बालबालिका र महिलाको न्यायको लागि काम गरेको सुनाइन् ।‘हामीले धेरै सामाजिक र मनकारी काम गरेका छौ । महिला बालबालिकाको क्षेत्रमा प्रशस्त काम गरेका छौ । शिक्षाबाट बञ्चित भएका बालबालिकाहरुको सिकाई र शिक्षामा काम गरिरहेका छौं । अनाथ, असाहय वा…
३, वैशाख, चितवन । प्रेस चौतारी नेपाल चितवनका सचिव लक्ष्मण गौतम र उनकी श्रीमती वसन्धुरा गौतमले वैवाहिक वार्षिकोत्सवको सन्दर्भ पारेर प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।आफ्नो २५ औँ वैवाहिक बार्षिकोत्सवका अवसरमा प्रेस चौतारी चितवनको निर्माणाधीन भवनमा पुगेर गौतम दम्पतीले १५ हजार १० रुपैयाँ सहयोग गरेका हुन् ।गौतम २५ बर्ष अगाडि वसन्धुरा प्रसाईसँग वैवाहिक वन्धनमा बाँधिएका थिए । गौतमले गत बर्ष आफ्नो जन्मदिनको अवसरमा ११ हजार १ सय ११ रुपैयाँ भवन निर्माणका लागि सहयोग गरेका थिए । गौतमले भवनका लागि हालसम्म २६ हजार १ सय २१ रुपैयाँ सहयोग गरेका छन् । प्रेस चौतारी नेपालको देश कै…
काठमाडौं- नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उमेरसम्बन्धी मापदण्ड हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। आफूअनुकूल गभर्नर ल्याउनका लागि सरकारले योग्यतासम्बन्धी मापदण्ड नै परिवर्तन गरेर उमेर हद हटाएको थियो। जसविरुद्ध सर्वोच्चमा परेको रिटमा न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले मंगलबार नेपाल सरकारका नाममा कारण देखाउसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। यसमा अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेशसमेत भएको छ। अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न नेपाल सरकार, अर्थ मन्त्रालय र गभर्नर छनौट समिति प्रतिनिधिलाई अर्को साता अदालतमा उपस्थित हुन पनि आदेश दिइएको छ। सरकारले ‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी र सदस्य नियुक्तिसम्बन्धी…