Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नवनियुक्त प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण

    March 27, 2026

    सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्

    March 26, 2026

    नवनिर्वाचित सांसदहरूको शपथ आज, आवश्यक कागजातसहित दुई घण्टाअगावै उपस्थित हुन आग्रह

    March 26, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • नवनियुक्त प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण
    • सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्
    • नवनिर्वाचित सांसदहरूको शपथ आज, आवश्यक कागजातसहित दुई घण्टाअगावै उपस्थित हुन आग्रह
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»News»सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्
    News

    सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्

    adminBy adminMarch 26, 2026No Comments1 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    चितवन । राप्ती नगरपालिकामा लामो समयदेखि सम्पर्कविहीन भएका प्रमुख प्रशासकीय अधिकृतलाई मेयर शमशेर लामाले भावुक स्टाटससहित हाजिर हुन आउन फेसबुकबाट अनुरोध गरेका छन् ।

    मेयरले एक महिनादेखि आफ्नो सम्पर्कमा नरहेका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको फोटो र हाजिर हुन फागुन २५ मा गरिएको ताकेताको पत्र सामाजिक सञ्जालमा राख्दै ‘घर बस्न दिक्क लाग्यो होला, अफिस आउनुस्’ भनेका हुन् ।

    Screenshot

    राप्ती नगरपालिका राजनीतिक खिचातानीका कारण अहिलेको नेतृत्व आएदेखि नै विवादमा परेको स्थानीय तह हो ।

    नियमित नगरसभा, कार्ययपालिका बैठक, नगररपरिषद् समेत गर्न नसक्दा नीति तथा कार्यक्रम कार्यन्वयनमा समेत यो पालिकामा समस्या हुने गरेको छ ।

    यस वर्ष पनि गत पुस ३० गते नगरसभा सम्पन्न भएको थियो । नगरसभा सम्पन्न हुनुअघि आफूले काम गर्न नसकी उपप्रमुखलाई कार्यबाहक दिएका नगरप्रमुख लामा ४ महिनापछि फागुन ८ गते कार्यालय फर्किएका थिए ।

    फागुन ८ गते आफू कार्यालय गएकै दिनको भोलिपल्टदेखि प्रमुख प्रशासकीय अधिकृत कार्यालय नआएका लामा बताउँछन् ।

    मेयर भन्छन्, ‘उहाँले बिदा लिएको बारे अफिसियल्ली केही थाहा छैन । मन्त्रालयतिरै लिएको भए के जान्नु !’

    मेयर लामाको स्टास यस्तो छ-

    सुरेन्द्र प्रधान सर (प्रमुख प्रशासकीय अधिकृत) नमस्कार । धेरै भयो हजुर नगरपालिकामा नबस्नु भको, अब त घर बस्न पनि दिक्क भो होला । नगरका धेरै जनताका काम अपुरा छन्, नगर ठप्प भाको छ । म हजुरलाई बिन्ति गर्छु, आउनुस्, काम गर्नुस, मैले भनेका काम गर्नु पर्दैन, अहिलेसम्म गर्नु पनि भाको छैन । कानुनसँग मेल खाने काम गर्नुस् । कानुनले धेरै अधिकार तपाईं जस्तै कर्मचारीलाई दिएको छ । जनतालाई खुशी पारौँ हामी मिली । जनताका खुशी नै हाम्रो खुशी हो ।

    फागुन ८ गतेदेखि हाजिर नभए पनि नगरपालिकाका कर्मचारीलाई भने घरबाटै कागजी हस्ताक्षरको काम प्रमुख प्रशासकीय अधिकृतले गर्ने गरेका छन् । नगरपालिकाको अफिसियल सम्पर्क नम्बर स्वीच अफ गरेर कार्यालयमा नै छाडेर प्रमुख प्रशासकीय अधिकृत घर बसेको नगरपालिका स्रोतले बताएको छ ।

    यसअघि पनि नगरप्रमुखले मनोमानी निर्णय अनुसार विनियोजन गरिएका बजेट भुक्तानी कागजमा हस्ताक्षर गर्न दबाब दिने भन्दै प्रमुख प्रशासकीय अधिकृतहरु हाजिर हुने बित्तिकै सरुवा माग्ने गरेका थिए । अहिलेका प्रमुख कार्यकारी अधिकृतलाई पनि रातो किताबमा नभएका योजनामा हस्ताक्षर गर्न दबाब दिएपछि घर बसेको नगरपालिका स्रोतले नेपाल प्रेसलाई बतायो । प्रमुख कार्यकारी अधिकृत प्रधानको व्यक्तिगत नम्बरमा सम्पर्क गर्दा उनी सम्पर्कमा भने आउन चाहेनन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    नवनियुक्त प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण

    March 27, 2026

    नवनिर्वाचित सांसदहरूको शपथ आज, आवश्यक कागजातसहित दुई घण्टाअगावै उपस्थित हुन आग्रह

    March 26, 2026

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,159

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024589

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025480
    Don't Miss
    News
    News

    नवनियुक्त प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण

    By Laxman GautamMarch 27, 2026

    काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री बालेन शाहले शपथ ग्रहण गरेका छन्। उनले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति…

    सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्

    March 26, 2026

    नवनिर्वाचित सांसदहरूको शपथ आज, आवश्यक कागजातसहित दुई घण्टाअगावै उपस्थित हुन आग्रह

    March 26, 2026

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.