Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नवनियुक्त प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण

    March 27, 2026

    सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्

    March 26, 2026

    नवनिर्वाचित सांसदहरूको शपथ आज, आवश्यक कागजातसहित दुई घण्टाअगावै उपस्थित हुन आग्रह

    March 26, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • नवनियुक्त प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण
    • सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्
    • नवनिर्वाचित सांसदहरूको शपथ आज, आवश्यक कागजातसहित दुई घण्टाअगावै उपस्थित हुन आग्रह
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»News»नवनिर्वाचित सांसदहरूको शपथ आज, आवश्यक कागजातसहित दुई घण्टाअगावै उपस्थित हुन आग्रह
    News

    नवनिर्वाचित सांसदहरूको शपथ आज, आवश्यक कागजातसहित दुई घण्टाअगावै उपस्थित हुन आग्रह

    adminBy adminMarch 26, 2026No Comments1 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । दिउँसो २ बजे प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ ।

    शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुनेछ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई शपथ गराएका थिए ।

    शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

    सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ ।

    नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।

    सङ्घीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्वीर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ ।

    सचिवालयले औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थितिका लागि यसअघि नै आग्रह गरेको थियो ।

    बहुउद्देश्यीय हलमा आवश्यक सिट, रोष्टम, सभामुख आसन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँलगायतको व्यवस्थापन गरिएको छ ।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    नवनियुक्त प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण

    March 27, 2026

    सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्

    March 26, 2026

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,159

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024589

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025480
    Don't Miss
    News
    News

    नवनियुक्त प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण

    By Laxman GautamMarch 27, 2026

    काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री बालेन शाहले शपथ ग्रहण गरेका छन्। उनले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति…

    सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्

    March 26, 2026

    नवनिर्वाचित सांसदहरूको शपथ आज, आवश्यक कागजातसहित दुई घण्टाअगावै उपस्थित हुन आग्रह

    March 26, 2026

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.