Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»News»विद्यालयमा सेवा, सरसफाइ र सन्देश : पपुलर सैलुनको उदाहरणीय अभियान
    News

    विद्यालयमा सेवा, सरसफाइ र सन्देश : पपुलर सैलुनको उदाहरणीय अभियान

    adminBy adminJuly 3, 2025No Comments38 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    रेशम सापकोटा
    भरतपुर, १९ असार ।

    सामान्यतया कपाल काट्ने व्यवसाय भन्नासाथ सेवा र नाफामात्रै सोचिन्छ। तर पपुलर युनिसेक्स सैलुन, भरतपुरले यस धारणा तोड्दै सामाजिक उत्तरदायित्वमा समर्पित अभियानका साथ विद्यालय–विद्यालयमा पुगेर निःशुल्क कपाल काट्ने, सरसफाइ र वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    यही निरन्तर अभियान अन्तर्गत आज भरतपुर महानगरपालिका–१८ स्थित श्री आधारभूत विद्यालय, भुवनबस्तीमा करिब ७० जना विद्यार्थीहरू र वडा नम्बर २६ स्थित श्री आधारभूत विद्यालय, कोइलाहामा करिब ५० जना विद्यार्थीहरूलाई कपाल काट्ने सेवा प्रदान गरिएको हो।

    यसै अवसरमा दुवै विद्यालयमा सरसफाइ कार्यक्रम र वृक्षारोपण कार्य पनि सम्पन्न गरिएको थियो। विद्यालय परिसर सफा गर्दै हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले दुई /दुई वटा रूख रोपिएको कार्यक्रम सहभागीहरूका लागि थप प्रेरणादायी बन्यो।

    कार्यक्रममा सहभागी सामाजिक अभियानकर्ता धीरेन्द्रकुमार शाहले विद्यार्थीहरूलाई व्यक्तिगत सरसफाइ, विद्यालयको वातावरण सफा राख्नुपर्ने आवश्यकता, र वृक्षारोपणको वातावरणीय महत्त्वबारे सजिलो भाषामा जानकारी दिनुभयो। उहाँले भने, “विद्यार्थीको विकास पढाइसँगै व्यवहार, सरसफाइ र प्रकृतिप्रतिको जिम्मेवारीमा निर्भर गर्छ। यस्ता कामले सोचमा गहिरो प्रभाव पार्छ।”

    श्री आधारभूत विद्यालय, भुवनबस्तीका प्रिन्सिपल गुरुप्रसाद अधिकारीले यस्ता कार्यक्रमले बालबालिकामा अनुशासन, आत्मविश्वास र जिम्मेवारीको भावना बढाउने बताउनुभयो। उहाँले भन्नुभयो, “यस्ता सेवा कार्यक्रम शिक्षाको पूरक हुन सक्छन्। हामी पपुलर सैलुनप्रति आभारी छौं।”

    त्यस्तै, श्री आधारभूत विद्यालय, कोइलाहाका प्रिन्सिपल रामभक्त वाग्नेले आफ्नो धारणा व्यक्त गर्दै भन्नुभयो, “हाम्रो विद्यालयमा यस्तो प्रेरणादायी सेवा कार्यक्रम सञ्चालन हुनु गौरवको कुरा हो।

    कार्यक्रम संयोजक तथा पपुलर युनिसेक्स सैलुनका प्रोप्राइटर सुलभ सिग्देल (रामप्रसाद)ले भन्नुभयो, “हामी हरेक दिन एक स्थान रोज्छौं र सेवा दिन्छौं। यो हाम्रो व्यवसाय मात्र होइन, समाजप्रतिको कर्तव्य पनि हो।” उहाँका अनुसार, हालसम्म ५२०० भन्दा बढी व्यक्तिहरूलाई निःशुल्क कपाल काट्ने सेवा दिइसकिएको छ।

    विद्यालय, कलेज, सामुदायिक संस्था र टोलमा पुगेर सीप विकास, सरसफाइ सचेतना, वृक्षारोपण, आत्मनिर्भरता र सकारात्मक सोच विस्तार सैलुनको अभियानको केन्द्रमा रहेको छ।

    यसरी सिप, सेवा, सरसफाइ र समर्पणको त्रिकुणात्मक सम्बन्धलाई आधार मानेर अगाडि बढिरहेको पपुलर युनिसेक्स सैलुनले व्यवसाय र समाजसेवाको उत्तम सन्तुलन प्रस्तुत गर्दै समाजमा सकारात्मक परिवर्तनको उदाहरणीय नमुना प्रस्तुत गर्दै आएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.