Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    February 2, 2026

    मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न

    January 24, 2026

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Life Style»माडीको हरियाली वनमा शान्तिको प्रतीक: बुद्ध पार्कले ल्याउँदै धार्मिक र पर्यटन विकासको नयाँ युग ।
    Life Style

    माडीको हरियाली वनमा शान्तिको प्रतीक: बुद्ध पार्कले ल्याउँदै धार्मिक र पर्यटन विकासको नयाँ युग ।

    adminBy adminJune 30, 2025No Comments18 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    रेशम सापकोटा
    माडी चितवन

    चितवन जिल्ला माडी नगरपालिका–८ स्थित हरियालीले सुशोभित बैकुण्ठ सामुदायिक वनको जङ्गल क्षेत्रभित्र निर्माण हुँदै गरेको बुद्ध पार्क ले माडी क्षेत्रको धार्मिक, सांस्कृतिक, पर्यावरणीय र पर्यटन विकासमा ऐतिहासिक मोड ल्याउने विश्वास गरिएको छ। जापानी समाजसेवी मिहो तानवाराको आर्थिक सहयोग र स्थानीय जनसहभागिताको जगमा सुरु भएको यो परियोजना अध्यात्म, शान्ति र समृद्धिको यात्राको प्रतीक बन्दै गएको छ।

    करीब ५ विघा क्षेत्रफलमा फैलिने लक्ष्यसहित निर्माण भइरहेको यो बुद्ध पार्कमा प्रवेशद्वार, सिंढी, सत्तल, स्तुपा, ध्यान केन्द्र, पर्खालजस्ता पूर्वाधार निर्माण हुनेछन भने आगामी चरणमा आखण्ड बुद्ध बिहार र बुद्ध कलेज सञ्चालन गर्ने दीर्घकालीन योजना राखिएको छ। निर्माण समितिका उपाध्यक्ष मोहन आलेमगरका अनुसार मिहो तानवाराको प्रारम्भिक २ लाख रुपैयाँ सहयोगले कार्यको गति बढेको हो। तानवाराले यो सुरुआत भएको र भविष्यमा बहुप्रतिमूर्ति स्थापनासहित व्यापक विकास गर्ने लक्ष लिनुभयको छ।

    बौद्ध धर्ममा समर्पित संस्था चुजी फाउन्डेसनका कन्ट्री डाइरेक्टर डा. नितेश शाक्यको नेतृत्वमा २० जना वरिष्ठ लामा गुरुहरूको टोलीले स्थलगत अध्ययन गरी ध्यान र साधनाका लागि उपयुक्त क्षेत्र भएको निष्कर्ष निकाल्दै बुद्ध धर्म प्रवर्द्धनका लागि पूर्ण समर्थन जनाएका छन्। डा. शाक्यले स्थानीय सरकार, वडाकार्यालय र समुदायको सक्रिय सहभागिता देख्दा फाउन्डेसनबाट सहकार्य र दीर्घकालीन समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    त्यसैगरी, समाजसेवी मिहो तानवाराले भन्नुभयो, “स्थानीय वडाहरू र नगरपालिकाबाट आधारभूत संरचना निर्माणका लागि सहयोग पाउँदा हामीलाई थप योजना बनाउने हौसला मिलेको छ। किनभने समाजको आवश्यकता बुझ्दै, उक्त स्थानको विकास गर्नु हाम्रो साझा जिम्मेवारी हो।”

    २०८२ वैशाख २९ गते बुद्ध जयन्तीको पावन अवसरमा नगरप्रमुख ताराकाजी महतो र जापानी समाजसेवी मिहो तानवाराले संयुक्त रूपमा बुद्ध पार्कको शिलान्यास गर्नुभएको थियो। २५६९औँ बुद्ध जन्मजयन्तीको दिन पञ्चेबाजा, बौद्ध स्तोत्र र परम्परागत परिपाटीअनुसार भव्य समारोह आयोजना गरिएको थियो। सोही दिन पूर्णकदको बुद्ध मूर्तिको नमुना पनि सार्वजनिक गरिएको थियो । बुद्ध पार्क भित्र बन्ने स्थायी मूर्ति साथै अन्य निर्माणका कामहरू गर्न मिहो तानवाराले चुजी फाउन्डेसन सहित विभिन्न संघ संस्था सङ सहकार्य अगाडि बढाउने कुरा बुद्ध पार्क निर्माण समितिका संयोजक कृष्णराज अधिकारीले जानकारी दिनुभयो।

    अधिकारीले भन्नुभयो बुद्ध पार्कले हिन्दू–बौद्ध धार्मिक सहअस्तित्व, सहिष्णुता र साझा मानवीय मूल्यहरूलाई उजागर गर्नेछ। कर्म, पुनर्जन्म, मुक्ति र ध्यानजस्ता दुवै धर्मका साझा धारणा बोकेको यो स्थल धर्म, संस्कृति र मानवताको साझा चौतारी बन्ने लक्ष्यसहित अघि बढाइएको छ ।

    बैकुण्ठधामका अध्यक्ष राजकुमार परिवारले भने, हिन्दू र बौद्ध धर्मबीचको सम्बन्ध सामाजिक सद्भाव र धार्मिक एकताको उदाहरण हो। यस्तो स्थानले युवा पुस्तामा चेतनाको बिकास गर्दछ।

    देवेन्द्रपुर–जगन्नाथपुर सम्पर्क मञ्च, भरतपुर–चितवनका अध्यक्ष पूर्णप्रसाद पोखरेलले ऐतिहासिक, पुरातात्त्विक र धार्मिक दृष्टिले महत्वपूर्ण क्षेत्रमा बुद्ध पार्कको स्थापना हुनुले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

    यसैबीच, बुद्ध पार्कको शिलान्यास कार्यक्रममा माडी नगरपालिकाकी प्रमुख ताराकाजी महतो र यसै वडाका वडा अध्यक्ष बिरेन्द्र बहादुर भण्डारीले यसै आर्थिक वर्षमा माडी नगरपालिका र वडा मार्फत सत्तल, शौचालय र श्रेणी निर्माण कार्य अगाडि बढाइने बताउनुभयो। यो कुराले हामीलाई थप ऊर्जा र काम गर्ने हौसला मिलेको मिहो तानवाराको भनाइ छ।

    धार्मिक पर्यटन, अध्यात्म र वातावरण संरक्षणको संयोजनमार्फत माडी क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सपना बोकेको बुद्ध पार्कले शान्तिको सन्देश फैलाउँदै नेपालको एक शान्तिपूर्ण गन्तव्यको रूपमा माडीलाई स्थापित गर्ने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    February 2, 2026

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,601

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024582

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025475
    Don't Miss
    News
    News

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    By adminFebruary 2, 2026

    विश्व सिमसार दिवस २०२६ को अवसरमा “सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको सम्मान” भन्ने नाराका…

    मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न

    January 24, 2026

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.