Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Special»लाख कर्मचारी, सर्वोत्कृष्टको खडेरी
    Special

    लाख कर्मचारी, सर्वोत्कृष्टको खडेरी

    adminBy adminSeptember 7, 2024No Comments16 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सरकारले विगतका सात वर्षमा जस्तै यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेट्टाउन सकेन। त्यसकारण सर्वोत्कृष्ट कर्मचारी सेवा पुरस्कारको घोषणाबिना नै शनिबार २१औं निजामती दिवस मनाइँदैछ।प्रत्येक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाइन्छ। निजामती सेवाका ८६ हजार कर्मचारीमा २०७४ सालयता सर्वोत्कृष्ट भनेर कुनै कर्मचारीलाई पनि पुरस्कृत गरिएको छैन । योग्य र सक्षम कर्मचारी नभेटेपछि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार यस वर्ष पनि कसैलाई नदिइएको स्रोतको भनाइ छ।

    निजामती पुरस्कार सिफारिस छनोट समितिको बैठक शुक्रबार अपराह्न बसेको थियो । बैठकपछि संघीय मामिला तथ सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले यस वर्ष सर्वोत्कृष्ट निजामती पुरस्कारलाई कसैलाई घोषणा नगरिएको स्पष्ट पारे।

    उनका अनुसार यस वर्ष २० कर्मचारीले निजामती सेवा पुरस्कार र २० ले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेछन्। मुख्य सचिवको अध्यक्षतामा सर्वोत्कृष्ट तथा निजामती पुरस्कार सिफारिस समिति गठन गर्ने कानुनी व्यवस्था छ। उक्त समितिमा संघीय मामिला तथा अर्थ मन्त्रालयबाट प्रतिनिधिहरूसमेत सहभागी हुन्छन्।

    उक्त व्यवस्थाअनुसार शुक्रबार सिफारिस समितिको बैठक बसेको थियो । सर्वोत्कृष्ट पुरस्कार दुई लाख रुपैयाँबराबरको छ। २०७३ सालमा भने शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट कर्मचारी पुरस्कार दिइएको थियो । त्यसयता यस्तो पुरस्कार दिन बन्द गरिएको संघीय मामिला मन्त्रालयका एक उच्च कर्मचारीले बताए। निजामती सेवा दिवसका अवसरमा २०६१ सालदेखि सरकारले सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती सेवा पुरस्कार दिन थालेको हो।

    सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार हालसम्म चार जनाले मात्रै पाएका छन् । सरकारले २०६८ सालमा तत्कालीन परीक्षा नियन्त्रक सूर्य गौतम, २०६९ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन सचिव भगवतीकुमार काफ्ले, २०७० मा उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त भाइकाजी तिवारीलगायतलाई उक्त पुरस्कार प्रदान गरेको थियो। सर्वोत्कृष्ट कर्मचारी पुरस्कार पाउने केही कर्मचारी विवादितसमेत बनेका छन्।

    निजामती सेवा नियमावलीले सर्वोत्कृष्ट तथा उत्कृष्ट पुरस्कार पाउने कर्मचारीको न्यूनतम आधार र मापदण्ड तोकेको छ । यसअनुसार सर्वोत्कृष्ट पुरस्कार पाउन त्यस वर्ष व्यक्तिगत या संस्थागत रूपमा विशेष योगदान पु¥याएको हुनुपर्ने, निजामती सेवामा प्रवेश गरेको कम्तीमा आठ वर्ष हुनुपर्ने, कुनै पनि विभागीय सजाय नपाएको हुनुपर्ने लगायत मापदण्ड नियमावलीले तोकेको छ।

    सर्वोत्कृष्ट तथा उत्कृष्ट पुरस्कार दाबी गर्ने कर्मचारीले सम्बन्धित मन्त्रालयमार्फत सरकारलाई निवेदन दिन सक्ने प्रावधान नियमावलीमा छ। सरकारले निवेदन दिएका कर्मचारीमध्येबाट या निवेदन दिएका बाहिरका कर्मचारीमध्येबाट सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारी छनोट गर्न सक्ने कानुनमा व्यवस्था छ।

    के सरकारले सर्वोत्कृष्ट पुरस्कार पाउने कर्मचारी नभेटाएरै पुरस्कार नदिएको हो त? यस विषयमा जिज्ञास राख्दा मन्त्रालय अर्का एक कर्मचारी भन्छन्, ‘सर्वोत्कृष्ट पुरस्कार पाउने कर्मचारीको अभाव भएको होइन तर पुरस्कार प्रदान गर्ने मापदण्ड र मूल्यांकन गर्ने परिपाटीमा सुधार हुन आवश्यक देखिन्छ।’

    (यो समाचार आजको नागरिकमा भुवन शर्मा ले लेखेका छन ।)

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,601

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024582

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025477
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.