Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»News»सुन तस्करीको निष्पक्ष छानविन भएको भए माओवादी हेडक्वार्टर रित्तिन्थ्यो : सांसद गिरी
    News

    सुन तस्करीको निष्पक्ष छानविन भएको भए माओवादी हेडक्वार्टर रित्तिन्थ्यो : सांसद गिरी

    adminBy adminAugust 29, 2024No Comments6 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद पदम गिरीले सुन तस्करीको निष्पक्ष छानविन भएको भए माओवादी हेडक्वार्टर नै रित्तो हुने दावी गरेका छन् । प्रतिनिधि सभा बैठकमा विहीबार विशेष समय लिएर बोल्दै प्रचण्ड सरकारमा मन्त्री गिरीले संसदलाई जनताको समस्याबारे छलफल गर्ने थलो बनाइनुको साटो हल्का टिप्पणी र छुद्र आरोप लगाएर जग हँसाउने काम भइरहेको बताए । उनले माओवादी पक्षलाई संसदबाट नभएका आरोप लगाउने र हल्का टिप्पणी गर्ने काम नगर्न चेतावनी दिए ।

    गिरीले भने, ‘यहाँ विपक्षी दलको नेता प्रचण्डजीले सुशासनको पाठ पढाउनु भयो । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई अनुसन्धान गर भनेर सर्बोच्च अदालतले भन्दा उहाँले उन्मुक्ति दिएको होइन रु बालुवाटारमा गठबन्धनको बैठक बोलाएर जोगाउन खोजेको होइन ? पछि प्रतिपक्षबाट हामीले र सडकबाट जनताले आवाज उठाएपछि सिआइबीलाई घरमा पठाएर बयानको औपचारिकता पूरा गरेर उन्मुक्ति दिनेले सुशासनको कुरा गर्न मिल्दैन । प्रचण्डको नेतृत्वमा सुन तस्करीमा त कीर्तिमान नै कायम भएको हो । साँच्चीकै पारदर्शी र निष्पक्ष छानविन भएको थियो भने तपाईको पार्टीको हेडक्वार्टरमा कोही पनि मान्छे खाली हुने थिएनन्, सबै जेलमा हुन्थे । तर तपाईले सबैलाई उन्मुक्ति दिनुभयो ।’

    सांसद गिरीले प्रचण्डको पालामा सुशासनका नाममा आलोचकलाई विभिन्न केस लगाएर फसाउने र तस्करीमा संलग्न माओवादी नेता कार्यकर्तालाई जोगाउने बाहेक केही काम नभएको दावी गरेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.