Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Auto»७५ दिनदेखि निगमको ट्वीनअटर ग्राउन्डेड, कोभिडमै लाइफ साइकल सकिएको इन्जिन सट्टापट्टाका लागि बल्ल टेन्डर
    Auto

    ७५ दिनदेखि निगमको ट्वीनअटर ग्राउन्डेड, कोभिडमै लाइफ साइकल सकिएको इन्जिन सट्टापट्टाका लागि बल्ल टेन्डर

    adminBy adminAugust 20, 2024No Comments11 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी तथा व्यवस्थापनको लापरबाहीका कारण ७५ दिनदेखि आन्तिरक उडानमा रहेको दुईवटा ट्वीनअटरमध्ये कलसाइन नाइनएन एबीटी जहाज ग्राउन्डेड छ। 

    जहाज ग्राउन्डेड भएको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कार्यकारी अध्यक्ष अधिकारीलाई एक दिनअगाडि कार्यकक्षमै बोलाएर तत्काल जहाज उडानमा लैजाने गरी काम गर्न निर्देशन दिएका थिए।

    मन्त्रीसमक्ष अधिकारीले पाँच दिनमै टेन्डर निकाल्ने भने पनि एक साता ढिला गर्दै जनैपूर्णिमाको सार्वजनिक बिदाको दिन पारेर ३ वटा इन्जिन सट्टापट्टाको टेन्डर गरेका छन्। निगमले १५ दिनको समय दिएर ३ वटा ट्वीनअटर जहाजको इन्जिन सट्टापट्टाको टेन्डर गरेको हो। पीसीई ४०४४३, पीसीई ४०१८१ र पीसीई ४२३९९ नम्बरको इन्जिन सट्टापट्टाका लागि टेन्डर गरिएको हो।

    यी ३ वटा इन्जिनमध्ये २ वटा इन्जिन कोभिड महामारीको समयदेखि नै उडान घण्टा सकिएर स्टोरमा थन्किएको थियो भने एउटा इन्जिन १ वर्षदेखि नै स्टोरमा थन्किएको थियो। २ वटा ट्वीनअटर उडानमा रहिरहेका बेला जुनसुकै बेला इन्जिनममा समस्या आएर ग्राउन्डेड हुने भए पनि व्यवस्थापनले लाइफ साइकल सकिएको र मर्मत खर्च बढी हुने इन्जिन सट्टापट्टा गरेर राख्न कल साइन नाइन एन एबीटी जहाज ७५ दिनदेखि ग्राउन्डेड छ।

    अझै यो जहाज इन्जिन सट्टापट्टा भएर नआउँदासम्म ग्राउन्डेड हुने निश्चित छ। जहाज ग्राउन्डेड भएकै कारण निगमको आन्तरिक उडान अस्तव्यस्त छ। उडानमा रहेको एउटा ट्वीनअटर पनि १ सय ८० घण्टाभन्दा बढी उड्न सक्ने अवस्थामा छैन। उडानमा रहेको ट्वीनअटरको एउटा इन्जिनको समेत लाइफ साइकल सकिँदै छ।

    जेठ २३ गते जहाज ग्राउन्डेड भएपछि मात्रै इन्जिन सट्टापट्टाको प्रक्रिया सुरु गरेको भए पनि यति बेलासम्ममा जहाज उडानमा आइसक्ने थियो। तर कार्यकारी अध्यक्ष अधिकारी न्यारोबडी जहाजको इन्जिन मर्मत तथा भाडामा लिँदाको कमिसन बढाउने चक्कर र वाइडबडी सी-चेक कम्पनी छनोटको सेटिङमा लाग्दा निगमको आन्तरिक उडान नै ठप्प हुने अवस्थामा आइपुगेको छ। अहिले एउटा मात्रै उडानमा रहेको जहाज उडान आवर जोगाउँदै उडानमा नै रहेको देखाउने काम मात्रै भइरहेको छ।

    उडानमा रहेको जहाज पूर्णरुपमा सञ्चालन गर्ने हो भने दैनिक १० घण्टासम्म उडान गर्न सकिन्छ। दैनिक १० घण्टाको दरमा जहाज उडान गर्दा इन्जिनको उडान आवर सकिने र आन्तरिक उडान नै ठप्प हुने भएपछि अधिकारी तथा उनका आसेपासे कर्मचारी जहाज उडिरहेको छ भन्ने बनाउन उडान आवर सेभ गरेर उडान गरिरेहेका छन्।

    आन्तरिक उडानमा रहेको ट्वीनअटरलाई निगमले आम्दानीभन्दा पनि सेवासँग जोडिरहेको भनिए पनि नागरिकले सेवा पाउन सकेका छैनन्। निगमको एउटा ट्वीनअटर जहाज पूर्णरुपमा सञ्चालन हुने हो भने दैनिक न्यूनतम १० लाख रूपैयाँसम्म आम्दानी गर्छ। तर निमगले पछिल्लो २ वर्षदेखि एकदिन पनि २ वटै ट्वीनअटर जहाज पूर्णमारुपमा सञ्चानल गर्ने सकेको छैन।

    ट्वीनअटर उडानमा निगमले लापरबाही गरिहेको छ। लाइफसाइकल सकिएको इन्जिन स्टोरमा थन्काएर राख्ने गरेको छ। लाइफसाइकल सकिएको इन्जिनमध्ये न्यूनमत २ वटा इन्जिन समयमा नै सट्टापट्टा गरेर उडानयोग्य इन्जिन स्टान्डवाई राख्ने हो भने निगमको ट्वीनअटर जहाज इन्जिनकै कारण ग्राउन्डेड हुने थिएन।

    जेठ २३ देखि ग्राउन्डेड ट्वीनअटरको २ वटै इन्जिनमा समस्या हुँदा इन्जिन मर्मतका लागि कम्पनीले पठाउन भनिसकेको छ। तर अझै इन्जिन पठाइएको छैन। यसैगरी अर्को इन्जिन मर्मतका लागि पनि कुनै खर्च हुने अवस्था छैन। किनकी इन्जिन मर्मतको खर्च बीमाबाट नै आउँछ। बीमा कम्पनीले इन्जिन मर्मत गरेर बिल पेस गर्न भने पनि इन्जिन मर्मतमा ढिलासुस्ती भइरहेको छ।

    यसरी ढिलासुस्तीमा पनि निगमले कोभिड कालमै लाइफसाइकल सकिएको इन्जिन मर्मतमा बढी लागत लाग्ने भन्दै मर्मत नगर्ने निर्णय गरेपछि सट्टापट्टा गरेर जगेडा इन्जिन राखेको भए निगमको जहाज एक दिन पनि ग्राउन्डेड हुने अवस्था थिएन। तर व्यवस्थापनको लापबारही र ढिलासुस्तीका कारण निगमको ट्वीनअटर ७५ दिन देखि ग्राउन्डेड छ। अझै कति दिन ग्राउन्डेड हुने हो निगमलाई नै थाहा छैन।

    लापरबाहीको विषयमा बाहिर आउने थालेपछि बल्ल ३ वटा इन्जिन सट्टापट्टाका लागि १५ दिनको समय दिएर टेन्डर गरिएको छ। सट्टापट्टा ठेक्का भनेको चाँही निगमसँग रहेको उडान आवर सकिएको र मर्मत खर्च बढी लाग्ने इन्जिन दिएर ४ हजार घण्टा उडान गर्ने फ्रेस ओभरल गरी इन्जिन लिने प्रक्रिया हो।

    निगम स्रोतका अनुसार एउटा इन्जिनको न्यूनमत ४ लाख डलरको हाराहारीमा मूल्य राखेर ३ वटा इन्जिन सट्टापट्टाको ठेक्का भएको छ।

    एक वर्षमा आन्तरिक उडानबाट जम्मा सवा १२ करोड आम्दानी, यात्रु जम्मा साढे १८ हजार

    आन्तरिक उडानमा लापरबाहीकै कारण आम्दानीमा समेत असर गरेको छ। २ वटा ट्वीनअटर जहाज उडानमा रहेको निगमले गत आर्थिक वर्ष २०८०/०८१ मा जम्मा १२ करोड २७ लाखमात्रै आम्दानी गरेको छ। कुनै पनि दिन पूर्णरुपमा जहाज उडान गर्न नसक्दा दुई प्रतिशतले आम्दानीमा असर गरेको छ।

    गत वर्ष निगमले आन्तरिक उडानबाट कात्तिकमा सबैभन्दा बढी १ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको थियो। निगमको २ वटै ट्वीनअटर जहाज दैनिक १० घण्टाको सरदरमा उडान गर्ने हो भने थोरैमा पनि ३ करोडभन्दा बढी आम्दानी हुने निगम स्रोतको दाबी छ।

    निगमको आन्तरिक उडानको महिनागत आम्दानी.png

    २ वटामध्ये एउटा ट्वीनअटर जेठ २३ गतेबाट ग्राउन्डेड हुँदा र असारमा उडानमा रहेको अर्को ट्वीनअटरको समेत आवर सेभ गरेर उडान गर्दा आम्दानीमा झन् ठूलो गिरावट आएको छ।

    असारमा निगमले आन्तरिक उडानबाट जम्मा १४ लाख ११ हजार रूपैयाँमा मात्रै आम्दानी गरेको छ।  

    निगमको आन्तरिक तर्फको महिनागत यात्रु.png

    आन्तरिक उडानमा रहेको २ वटा ट्वीनअटर जहाज उडाइरहेको दाबी गर्ने निगमले एक वर्षमा जम्मा १८ हजार ६ सय १० जनालाई मात्रै सेावा दिएको छ। असारमा त जम्मा २ सय ३६ जनालाई मात्रै निगमले सेवा दिएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.