Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Info-Tech»माइक्रोसफ्ट डाउन : सफ्टवेयरमा भारी निर्भरताले विश्व अर्थतन्त्रमा उथलपुथल
    Info-Tech

    माइक्रोसफ्ट डाउन : सफ्टवेयरमा भारी निर्भरताले विश्व अर्थतन्त्रमा उथलपुथल

    adminBy adminJuly 20, 2024No Comments11 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ । माइक्रोसफ्टको कम्प्युटर सफ्टवेयरको अपडेटमा भएको प्राविधिक त्रुटिले विश्वभर हंगामा मच्चाएको छ । लाखौं कम्प्युटरहरू अचानक बन्द भएका छन्, जसको असर हजारौं उडानहरू रद्द वा ढिलाइ भए भने बैंकिङ प्रणाली धराशायी भयो, स्वास्थ्य सेवा प्रभावित भयो, सञ्चारमाध्यमको प्रसारण बन्द भयो, व्यापार जगत समस्यामा पर्यो । अमेरिकामा मात्रै ९११ सेवा अवरुद्ध भएका छन् । १७ घण्टाको समस्यापछि शुक्रबार राति करिब १० बजे माइक्रोसफ्टले समस्या समाधान भएको दाबी गरेको छ ।

    विश्वको सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टम प्रयोग गर्ने कम्प्युटरमा यस्तो अवस्था आएको हो । समस्या मूलतः कम्प्युटरहरूमा देखा पर्‍यो जसले माइक्रोसफ्टको क्लाउड सेवा प्रयोग गरिरहेको थियो जसमा क्राउडस्ट्राइकको फायरवाल प्रणाली थियो ।

    माइक्रोसफ्टले संसारभरका उद्यमहरूले नेटवर्कलाई ह्याकरहरू र बाहिरी हस्तक्षेपबाट जोगाउन साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकको सफ्टवेयर प्रयोग गर्ने गरेको र अहिलेको समस्या क्राउडस्ट्राइकले यो सुरक्षा सफ्टवेयर अपडेट गरिरहेको थियो र अपडेटमा प्राविधिक गडबडीका कारण स्थिति उत्पन्न भएको बताएको छ ।

    फ्लाइट अवेयरका अनुसार शुक्रबार विश्वभर ३३, १३९ भन्दा बढी उडानहरू ढिलाइ भएका छन् भने करिब ३,७५० उडानहरू रद्द भएका छन् । डेल्टा एयरलाइन्सले अमेरिकामा सबैभन्दा धेरै ७८८ उडान रद्द गरेको थियो । जबकि, एटलान्टा एयरपोर्टमा सबैभन्दा बढी १५५ उडानहरू रद्द गरिएका थिए ।

    एयरपोर्टमा कम्प्युटरबाट हुने सबै काम हातले गरिएको थियो । उड्डयन कर्मचारीलाई चेक इन गर्न र बोर्डिङ पास जारी गर्न आधा घण्टाभन्दा बढी समय लागेको थियो ।

    शुक्रबारको घटना सफ्टवेयरमा भारी निर्भरताले विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पार्न सक्छ भन्ने उदाहरण हो । अमेरिका, युरोपलगायत दर्जनौं देशमा बैंकिङ र स्वास्थ्य सेवा पनि प्रभावित भएको छ । माइक्रोसफ्टसँगै गुगल र अमेजन सर्भर र क्लाउड सेवा प्रदान गर्ने ठूला कम्पनी हुन् । अधिकांश देश र कम्पनीहरू तिनीहरूमा निर्भर छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,601

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024582

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025477
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.