Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Banking»साढे ६ प्रतिशतमा आइपुग्यो बैंकको वेसरेट, यी १६ बैंकले दिन सक्नेछन् एकल अंकको ब्याजदरमै कर्जा
    Banking

    साढे ६ प्रतिशतमा आइपुग्यो बैंकको वेसरेट, यी १६ बैंकले दिन सक्नेछन् एकल अंकको ब्याजदरमै कर्जा

    adminBy adminJuly 1, 2024No Comments7 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । सबै वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) एकल अंकमा झरेको छ । हाल संचालनमा रहेकामध्ये केही बैंकको आधार दर साढे ६ प्रतिशत बिन्दुमा आइपुगेको छ।

    हाल वाणिज्य बैंकहरुको औसत आधार दर ८.३३ प्रतिशत छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि निरन्तर घटिरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागत पनि घटेको छ । लागत घट्दा बैङ्कहरूको आधार दर घटेको हो । आधार दरसँगै कर्जाको ब्याजदर समेत घटेको छ । आधार दर बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने आधार दर घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ ।

    हाल अधिकांश बैंकहरु एकल अंकको ब्याजदरमै कर्जा उपलब्ध गराउने अवस्था देखिनछन् । अहिले १६ वटा बैंकहरुको आधार दर ९ प्रतिशत भन्दा कम छ । ती बैंकहरुले ग्राहकलाई १० प्रतिशतभन्दा कम ब्याजदरमै कर्जा दिन सक्ने भएका हुन् ।

    हाल बैंकहरुले कर्जाको प्रकृति अनुसार आधर दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । तर, १६ बैंकले चाहेको खण्डमा भने सहजै एकल अंकको ब्याजदरमा कर्जा प्रवाह गर्न सक्नेछन् । बैंकहरुको आधार दर अनुसार नै ऋणको ब्याज सस्तो र महँगो हुने संकेत गर्दछ । कम आधार दर भएका बैंकबाट ऋण लिँदा सस्तो ब्याज पर्न जान्छ । यद्यपि, बैंक र कर्जाको प्रकृति अनुसार भने फरक पनि पर्छ ।

    हाल सबैभन्दा कम आधार दर स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६.३६ प्रतिशत छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.२१ प्रतिशत, नेपाल बैंकको ७.४९, एभरेष्टको ७.७९, नबिलको ७.८६, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.०३, सानिमाको ८.२ प्रतिशत छ।

    यस्तै, सिद्धार्थ बैंकको आधार दर ८.३१ प्रतिशत, प्रभुको ८.३५ प्रतिशत, कृषि विकासको ८.३८ प्रतिशत, ग्लोबल आइएमईको ८.४, माछापुच्छ्रेको ८.४५, नेपाल एसबिआईको ८.५२, एनएमबिको ८.७, सिटिजनको ८.८५ र लक्ष्मी सनराइजको ९.७ प्रतिशत छ ।

    यी बाहेकका तीन बैंकको कर्जाको ब्याजदर भने १० प्रतिशतभन्दा माथि पर्ने देखिन्छ । हाल प्राइम बैंकको आधार ९.०४ प्रतिशत, एनआइसी एशियाको ९.१३ प्रतिशत र हिमालयन बैंकको ९.२८ प्रतिशत रहेको छ । यद्यपि, बैंकले चाहेमा १ प्रतिशत प्रिमियम जोडेरै कर्जा उपलब्ध गराउन सक्नेछन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024585

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025478
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.