Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Co-Operative»साढे ४० अर्ब ठग्ने सहकारी संस्थाको विवरण छानबिन समितिले माग्यो, कुनबाट कति ठगी ?
    Co-Operative

    साढे ४० अर्ब ठग्ने सहकारी संस्थाको विवरण छानबिन समितिले माग्यो, कुनबाट कति ठगी ?

    adminBy adminJune 30, 2024No Comments11 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कागजात माग गरेका २१ वटा सहकारी संस्थाले बचतकर्ताको साढे ४० अर्ब रुपैयाँ बढी अपचलन गरेका छन् ।

    समितिले तयार गरेको कार्यविधिको अनुसूची १ मा रहेका २० र थप १ सहित २१ संस्थाले बचतकर्ताले ४० अर्ब ५१ करोड ४२ लाख १८ हजार रुपैयाँ अपचलन भएको पाइएको हो ।

    ति सहकारीलाई बचत परिचालन, लेखा परीक्षण प्रतिवेदन लगायतका विवरण पठाउनका लागि समितिले पत्रचार गर्ने निर्णय गरेको छ ।

    आइतबार बसेको बैठकले सहकारीका फाइल अनुसन्धानका मगाउने निर्णय गरेको हो । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका २० वटा सहकारीमध्ये असार पहिलो साता कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पत्ति व्यस्थापन तथा दायित्व भुक्तानी भएको मन्त्रालयले जनाएको छ ।

    कुबेर बचत तथा ऋण सहकारी संस्थाले ५७ लाख ६३ हजार ४६७ रुपैयाँ अपचलन गरेको छ । चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभले ८४ लाख ११ हजार ४९४ रुपैयाँ र स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाले बचतकर्ताको ७५ लाख २८ हजार ८२४ रुपैयाँ अपचलन गरेका छन् । यो सबै फरफारक भइसकेको छ ।

    यता असार ६ गते सहकारी विभागको सिफारिसमा भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गोरखा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ । अहिले यो सहित समस्याग्रस्त सहकारीको संख्या १८ पुगेको छ । फरफारक भएका बाहेक १८ वटा सहकारीले बचतकर्ताको ४० अर्ब ४९ करोड २५ लाख १४ हजार रुपैयाँ अपचलन गरेका छन्।

    सरकारले असार ६ गते समस्याग्रस्त घोषणा गरेको गोरखा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभले बचतकर्ताको ४ अर्ब बढी बचत अपचलन गरेको छ ।

    सिमितिले २१ वटै सहकारीका फाइल मगाएर अध्ययन गर्ने जनाएको छ ।

    समस्याग्रस्त घोषणा भएर हिसाब मिलान भएका ३ वटा सहकारीको पनि अनुसन्धान गरिने समितिका सभापति सूर्य थापाले क्लिकमान्डुसँग बताए । तीन वटा सहकारीको हरहिसाब कसरी भएको रहेछ भनेर सबै फाइल हेर्ने उनको भनाइ छ ।

    बैठकले कार्यादेशको अनुसुची १ मा रहेका सहकारीको फाइल मगाएर अध्ययन गर्न लागेको थापाले बताए ।

    सरकारले समस्याग्रस्त घोषणा गरेको मध्ये कान्तिपुर सहकारीको १७ वटा शाखामध्ये ९ वटा शाखा, श्री लालिगुराँस सहकारीको ८ वटा शाखामध्ये ७ वटाको, शिवशिखरको चितवन, गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका शाखाको विवरण आउने क्रममा रहेको बताइएको छ । सबैको विवरण आउँदा बचतकर्ताको रकम अझै बढ्ने समितिले जनाएको छ ।

    हाल देशभर ३१ हजार ३७३ वटा सहकारी संस्था रहेका छन् । यी संस्थाले ४ खर्ब २६ अर्ब रुपैयाँ बराबरको पुँजी परिचालन गरेका छन् । त्यसमा आधाभन्दा बढी सञ्चालकहरुले नै अपचलन गरेका छन् ।

    सहकारीमा ७३ लाख ८१ हजार २१८ जना सदस्य रहेका छन् । यी बचतकर्ताको रकममध्ये ठूलो हिस्सा केही व्यक्ति तथा उनीहरुका निजी कम्पनीले ठगेर बचतकर्ताको बिचल्ली बनाएका छन् । कतिपय सहकारीका सञ्चालकले आफ्नो, आफ्नो एकाघरका सदस्यको नाममा लगानी गरेको पाइएको छ । केहीले घर जग्गामा लगानी गरेका छन् । अहिलेको आर्थिक मन्दी, घर जग्गाको न्यून मूल्यका कारण सहकारीले बचतकर्ताको पैसा फिर्ता गरिहाल्ने र बचतकर्ताले पनि बाँकी पैसा थपेर घर जग्गा सकार्ने अवस्था न्यून रहेको बताइन्छ । सहकारी संस्थाहरु सहकारीको मूल्य मान्यता अनुसार नचल्दा देशभरका करिब ५ सय सहकारीले लाखौं बचतकर्ताको खर्बौं रकम अपचलन गरेका छन् ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी सहकारीका सञ्चालकका कारण नै अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको बताँउछन् ।

    ‘सहकारी तीनखम्बे अर्थतन्त्रको एक खम्बा भएपनि अहिले त्यो खम्बामा धमिरा लाग्न लागेको हो कि भन्ने चिन्ता लाग्न थालेको छ’ उनी भन्छन् ‘सहकारीमा धमिरा अहिलेमात्रै होइन, पहिलादेखि लागेको र त्यसलाई हामीले साथ दिएको हो कि भन्ने लाग्न थालेको छ ।’

    सहकारीहरुले के कस्तो काम गरेका छन्, के कस्तो कमी कमजोरी गरेका छन्, आत्मसमीक्षा गर्ने बेला भएको उनको भनाइ छ।

    बचतकर्ताको बचतको कुनै प्रवाह नगरी धेरै नाफा आउने क्षेत्रमा लगानी गर्ने सहकारीका कारण नै बढी समस्या देखिएको हो । यस्तै संस्थामा गौतमश्री बहुउद्देश्यीय, लालिगुराँस बहुउद्देश्यीय, कान्तिपुर सेभिङ एण्ड क्रेडिट, शिवशिखर बहुउद्देश्यीय, पशुपति बचत तथा ऋण सहकारी, ओरेन्टल को अपरेटिभ, संकटा बचत तथा ऋण सहकारी, श्री लालिगुराँस सहकारी, देउराली बहुउद्देश्यीय, इमेज, शुक्रपथ, गोरखा सेभिङ एण्ड क्रेडिट, मित्रमिलन, तुलसी बुहुमुखी सहकारीले बचतकर्ताको बचत अपचलन गरेका छन् ।

    गोर्खा मिडिया ग्रुपका अध्यक्ष गितेन्द्र बाबु (जिबी) राई समूहले अर्बौं रुपैयाँ रकम अपचलन गरेका छन् ।

    गत बुधबार बसेको सहकारी छानबिन समितिको बैठकले विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण झिकाउने निर्णय गरेको छ । ती सहकारीका बार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सन्चालक समितिको विवरण, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र विभिन्न सहकारीमार्फत गोरखा मिडियामा प्रवाह भएको रकम समेत माग गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.