Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Stock Market»नेपालको राजस्व आम्दानी पौने २० खर्ब पुग्ने, सेयर र घरजग्गा कारोबारमा उच्च कर लगाउन सुझाव
    Stock Market

    नेपालको राजस्व आम्दानी पौने २० खर्ब पुग्ने, सेयर र घरजग्गा कारोबारमा उच्च कर लगाउन सुझाव

    adminBy adminJune 18, 2024No Comments8 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । आगामी ५ बर्षपछि अर्थात आर्थिक बर्ष २०८४/८५ मा नेपालको कुल बार्षिक राजस्व आम्दानी पौने २० खर्ब पुग्ने अनुमान गरिएको छ । विद्याधर मल्लिकको अध्यक्षतामा गठित करण प्रणाली सुधार सम्बन्धि उच्चस्तरीय सुझाव समितिले उक्त प्रक्षेपण गरेको हो । समितिले विभिन्न चरहरुलाई आधार मानी उक्त आर्थिक बर्षमा नेपालको कुल राजस्व आम्दानी १९ खर्ब ८६ अर्ब ६८ करोड रुपैयाँ बराबर पुग्ने अनुमान गरेको हो ।

    यसरी संकलन हुने राजस्वमा सबैभन्दा ठुलो हिस्सा भने आयकरको रहने अनुमान पनि समितिले गरेको छ । हाल नेपालमा आयात र आधारभूत मूल्यको कुल गार्हस्थ मूल्यको अनुपात हाल ३७ प्रतिशत रहेकोमा यो बढेर ५ बर्षपछि ४१ प्रतिशत कायम हुने अनुमान पनि समितिले गरेको छ ।

    राजस्व अनुमान प्रणालीमा विश्वसनिय मानिएको अर्मा प्रणालीलाई प्रयोग गरी गरिएको अनुमानमा समितिले ५ बर्षपछि नेपालमा आयकर मात्रै बार्षिक ६ खर्ब ४३ अर्ब २८ करोड पुग्ने अनुमान गरेको छ । समितले यस्तो आयकर चालु आवमा २ खर्ब ६० अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ ।

    यस्तै आगामी ५ बर्षमा नेपालको राजस्व आम्दानीमा आयकरपछि मूल्य अभिवृद्धि करको हिस्सा धेरै हुने समितिको अनुमान छ । समितिका अनुसार आव २०८४/८५ मा नेपालको राजस्वमा यसको हिस्सा ६ खर्ब ११ अर्ब रुपैयाँ बराबरको हुनेछ । यस्तै भन्सार राजस्व ३ खर्ब ३९ अर्ब, अन्तशुल्क तथा अन्य कर २ खर्ब ५९ अर्ब कर राजस्व १ खर्ब ८५ अर्ब र गैरकर राजस्वको हिस्सा १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको हुने अनुमान समितिको छ ।

    समितिका अनुसार चालु आर्थिक बर्ष सरकारले कुल ११ खर्ब २ अर्ब रुपैयाँ मात्रै राजस्व आम्दानी गर्ने अनुमान गरिएको छ । चालु आवको बजेटमार्फत सरकारले १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ राजस्व आम्दानी गर्ने लक्ष्य लिएको थियो । यस्तै आगामी आर्थिक बर्ष २०८१÷८२ मा पनि सरकारले कुल १३ खर्ब २० अर्ब रुपैयाँ राजस्व आम्दानी गर्ने अनुमान समितिले गरेको छ । यता सरकारले भने समितिले अनुमान गरेभन्दा झण्डै १ खर्ब कम अर्थात आगामी आमा १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ राजस्व आम्दानी गर्ने लक्ष्य लिएको छ ।

    यता समितिले दिएका सुझावको ठिक समयमा र ठिक निकायले कार्यान्वयन गरेको अवस्थामा हाल अनुमान गरिएको राजस्वमा थप साढे २ खर्ब रुपैयाँ राजस्व थपिने अनुमान समितिले गरेको छ । त्यसका लागि घरजग्गा, सेयर र विभिन्न सम्पत्तिको खरिदविक्री गरिरहेकोले यस्तो सम्पत्तिको निसर्गबाट प्राप्त बार्षिक कारोबार अंक तथा कारोबारको पटक संख्याको सीमा तोकी त्यस्तो विक्रीबाट प्राप्त लाभलाई व्यवसायिक आय मान्नुपर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

    यस्तै समितिले व्यक्तिले धितोपत्र बोर्डमा सूचीकृत सेयर कारोबारमा हाल तिर्दै आएको पूँजीगत लाभकर समेत बढाउन सुझाव दिएको छ । एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेलाई पूँजीगत लाभकर १० प्रतिशत कायम गर्न र १ वर्षभन्दा बढी अवधि होल्ड गर्नेलाई ७.५ प्रतिशत कर कायम गर्न सुझाव दिइएको छ ।

    जुन कर हालको भन्दा साढे २ प्रतिशत विन्दु बढी हो । हाल व्यक्तिहरुले सेयर कारोबारमा १ वर्षभन्दा बढी अवधिको होल्डमा ५ प्रतिशत र १ वर्षभन्दा कम अवधिको होल्डमा ७।५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।

    यस्तै समितिले संस्थागत आयकरको दर घटाउनुपर्नै, मदिरा तथा सुर्तिजन्य र बैंक वित्तीय संस्थाहरुलाई लाग्ने ३० प्रतिशतको संस्थागत करको दर यथावत राख्ने, निर्यातमुलक व्यापार र व्यवसायलाई आयकरको दर १० प्रतिशत पुर्याउनेलगायतका सुझाव दिएको छ । यस्तै भन्सार दरहरु परिमार्जन गर्नुपर्ने, विद्युतीय सवारीसाधनमा हरित कर लगाउनुपर्ने, भन्सार जाँचपासलाई कागजविहिन बनाउनुपर्ने, सार्वजनिक खर्च प्रणाली व्यवस्थित गर्नुपर्नेलगायतका सुझावहरु दिईएको छ ।

    यस्तै समितिले अन्तरराष्ट्रिय भुक्तानी गेटवे प्रणालीलाई सहज बनाउनुपर्नै, मोबाईल, वालेट तथा फेन पेको अधिकतम सीमा बढाउने, पैठारीमा लगाईएको अन्तशुल्क समान घरेलु उत्पादनमा पनि लगाउनुपर्ने सुझाव दिएको छ ।

    यस्तै यता धितोपत्र खरिद विक्रीमा भएको लाभको ३ सय ६५ दिन भन्दा बढीकोमा ७.५ प्रतिथशत र ३ सय ६५ दिन वा सोभन्दा कम अवधिको हितको निसर्गमा १० प्रतिशतको आयकरको दर कायम गर्नसमेत समितिले सुझाव दिएको छ । यस्तै समितिले व्यक्तिगत आयकरको दरलाई १०, २० र २५ प्रतिशत गर्ने र बार्षिक ४० लाखभन्दा कढी आय हुनेलाई अतिरिक्त २० प्रतिशतको सरचार्ज लगाउन सुझाव दिएको छ ।

    यस्तै समितिले बैंक वित्तीय संस्थाहरुलाई मर्जर र प्राप्तिमा जान १८ बर्षदेखिको करछुटको कानुनी व्यवस्था खारेज गर्न सुझाव दिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024586

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025478
    Don't Miss
    Photo News
    Photo News

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    By adminMarch 17, 2026

    चितवन — सप्तगण्डकी बहुमुखी क्याम्पस, विज्ञान संकायको आयोजनामा तथा डिभिजन वन कार्यालय चितवनको सहकार्यमा आयोजित…

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.