Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»News»भैरहवालगायत प्रमुख औद्योगिक करिडोरका उद्योग बिजुली नपाउँदा समस्यामा, प्राधिकरणको ध्यान निर्यातमा
    News

    भैरहवालगायत प्रमुख औद्योगिक करिडोरका उद्योग बिजुली नपाउँदा समस्यामा, प्राधिकरणको ध्यान निर्यातमा

    विद्युत नपाएपछि केहि बन्द र केहि डिजेल किनेर उद्योग चलाउँदै
    adminBy adminJune 18, 2024No Comments4 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । भैरहवालगायत देशका प्रमुख औद्योगिक करिडोरका उद्योगहरु पर्याप्त र गुणस्तरीय बिजुली नपाउँदा समस्यामा परेका छन् ।

    नेपाल विद्युत प्राधिकरणले पर्याप्त बिजुली दिन नसक्दा भैरहवा, विराटनगर, बीरगंजका उद्योगहरु समस्यामा परेका हुन् ।

    भैरहवाका अम्बे स्टिल, सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील, सिद्धी लक्ष्मी स्टिल, पाल्पा सिमेन्ट, समृद्धि मेटालिक्सलगायतका उद्योगहरु समस्यामा परेका छन् भने विराटनगर तथा बीरगंजमा पनि उद्योगहरु विजुली नपाएर डिजेल किनेर उद्योग संचलन गरिरहेका छन् ।

    सिमेन्ट तथा स्टील उद्योगहरु उत्पादनमुलक तथा धेरै बिजुली खपत गर्नेमा पर्छन् ।

    विद्युत प्राधिकरणका भैरहवा कार्यालय प्रमुख सञ्जय कुमार मिश्रले भैरहवाको उद्योगहरुमा बिजुली सप्लाइमा समस्या रहेको स्वीकार गरे ।

    ‘पावर नपुगेर २४ घण्टा उद्योगहरुले पाएका छैनन् । गर्मीका कारण माग धेरै छ । तीन दिन पहिले २१७६ मेगावाट पीक डिमाण्ड आएको थियो । यो तिहारजस्तै माग हो,’ उनले भने, ‘२४ सै घण्टा लाइन छ । तर भोल्टेज कम छ । फ्याक्ट्री चलाउन समस्या छैन । २४ सै घण्टा फ्याक्टी चल्ने होइन ।’

    तर, उद्योगहरु १२ घण्टा पनि नियमित चलाउन समस्या भएका कारण डिजेल किनेर उद्योग संचलन गरिरहेका छन् ।

    मिश्रले दुई/तीन दिनमा नै यो समस्या समाधान हुने बताए । तर, लगातार एक सातादेखि उद्योगीहरु विजुली नपाएर डिजेल किनेर उद्योग संचलन गरिरहेका छन् ।

    एकातिर प्राधिकरण बिजुली निर्यात गर्दै छ भने अर्काे तिर नेपालका उद्योगहरु विजुली नपाएर डिजेल किनेर संचलन गर्न बाध्य छन् । जसका कारण नेपालमा डिजेल आयात बढेको छ भने यसले उद्योगीलाई मात्र नभएर अर्थतन्त्रलाई पनि घाटा छ ।

    उद्योगीलाई डिजेल किनेर उत्पादन गर्दा लागत बढ्छ तर यसको भार अर्थतन्त्रले बोक्नु पर्दछ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालका अनुसार उद्योगीलाई भन्दा बढि नकारात्मक असर अर्थतन्त्रमा पर्दछ । नियमित तथा गुणस्तरीय विद्युत नपाउँदा उद्योगीहरु मात्र नभएर नेपालको अर्थतन्त्रमा नै यसले थप भार बढाउँछ ।

    अग्रवालकाे पाल्पा सिमेन्ट निर्यातमुलक उद्योग पनि हाे । तर, सरकारले पछिल्लाे समय निर्यात गरिरहेकाे उद्योगमा पनि समस्या उत्पन्न गरिदिएकाे छ ।

    यस्तै, सिद्धी लक्ष्मी स्टिलका अपरेसन डाइरेक्टर अनुभव श्रेष्ठका अनुसार बत्ती बाल्न मात्र पुग्ने बिजुली आउने गरेका कारण धेरै बिजुली खपत गर्ने स्टिल उद्योगमा समस्या भएको छ । दिनभर बिजुली नआउँदा उद्योगहरु डिजेल किनेर चलाउने वा उद्योग बन्द गरेर बस्ने दोमनमा परेको उनले बताए ।

    विराटनगार तथा बीरगंज (बारा-पर्सा औद्योगिक करिडोर)का उद्योगी पनि प्राधिकरणको हेलचेक्रयाईले उद्योग चलाउन नसक्ने अवस्था आएको बताउँछन् । उनीहरुका अनुसार प्राधिकरणको ध्यान बिजुली निर्यात मात्र रहेको कारण आन्तरिक उद्योगहरु बन्द गर्नु पर्ने अवस्था आएको हो ।

    देशभित्र खपत भएर बढि भएपछि निर्यात गर्नु बुद्धिमत्तापूर्ण कुरा हो तर प्राधिकरण आफ्नो ब्यालेन्ससीट राम्रो देखाउने चक्करमा नेपालका उद्योगलाई डुबाउँदैछ, उनीहरुले गुनासो गरे ।

    विद्युत प्राधिकरणको उत्पादन ९ हजार ९ सय ७३ मेगावाट आवर , प्राधिकरणका सहायक कम्पनीको उत्पादन ११ हजार ६ सय ६० मेगावाट आवर , निजी क्षेत्रको २२ हजार ६ सय ६९ मेगावाट आवर रहेको छ ।

    भारतबाट ३ हजार ६४४ मेगावाट आयात भइरहेको छ । भने ३६४५ मेगावाट आवर निर्यात भइरहेको छ । २१५० मेगावाट आवरमा बत्ती अवरुद्ध । कुल ऊर्जाको माग ५० हजार १ सय २६ मेगावाट आवर छ । राष्ट्रिय माग ४६ हजार ४८० मेगावाट आवर छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.