Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»News»जब राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजीओको खाजा पुग्यो…
    News

    जब राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजीओको खाजा पुग्यो…

    adminBy adminJune 16, 2024Updated:June 16, 2024No Comments1 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेतृत्व गरेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बाहिरबाट प्रायोजित खाजा ल्याइएपछि हंगामा भएको छ ।  

    संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न भन्दै आइतबार बिहान बोलाइएको समिति बैठकमा गैर सरकारी संस्थाले प्रायोजन गरेको खाजा बाँडिएपछि विवाद भएको हो ।  

    बैठकको सुरुवात मै कुनै तारे होटलमा झै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, समिति सभापति खतिवडासहित समितिका सदस्यहरु, कर्मचारीलाई नेप्किन, काँटा चम्चासहित विशेष खाजा बाँडिएको थियो । बैठक कक्षमा प्रवेश गर्ने बित्तिकै पाइलट पेन र डायरी पाएका समिति सदस्यहरु फेरि तारे होटलको झल्को दिने गरी खाजा बाँडिएपछि आश्चर्यमा परेका थिए ।  

    खाजाको विषयमा कांग्रेस सांसदहरुले नै पहिलो प्रश्न उठाएका थिए । सभापति खतिवडाले गृहमन्त्री लामिछाने आएकाले विशेष व्यवस्था गरेको जवाफ दिएपछि सांसद हृदयराम थानीले राज्य व्यवस्था जस्तो संसदकै महत्त्वपूर्ण समितिमा यसप्रकारको खाजाको व्यवस्थाले गम्भीर बनाएको बताएका थिए । उनले भने, ‘सधैं कालो चिया आउने ठाउँमा आज काँटा चम्चा आएको छ । काँटा चम्चाले त ऐन नबन्ने भयो नि !’  

    थानीसहितका सांसदहरुले समितिमा यसरी खाजा खुवाउन थाल्ने हो भने अन्य समितिले पनि माग गर्ने र त्यसको सन्देश गलत जानेभन्दै सभापति खतिवडाको ध्यानाकर्षण गराएका थिए । सोपछि भने एकपछि अर्का सांसदले खाजाबारे सभापति खतिवडा र समिति सचिव सुरज दुरालाई प्रश्न राखेका थिए ।  

    खाजको व्यवस्थाप्रति गम्भीर बन्दै गृहमन्त्री लामिछानेले समेत प्रष्ट पार्न सभापति खतिवडाको ध्यानाकर्षण गराएका थिए । उनले भने, ‘यहाँ नयाँ चिज देखियो । यसबारे प्रस्ट पार्नुपर्‍यो ।’  

    खाजा अवधिभर बैठक कक्षको सम्पूर्ण ढोकासमेत बन्द गरिएपछि शंका बढेको एक सदस्यले जानकारी दिए । सभापति खतिवडाले खाजा आन्तरिकरूपमा व्यवस्थापन गरिएको बताए पनि मान्न तयार नदेखिएका सांसदहरुले बारम्बार खेरेपछि समिति सचिव दुराले खाजा प्रायोजित भएको जवाफ दिएका थिए । त्यसपछि भने विवाद थप बढेको थियो ।  

    राज्यका जुनसुकै तह र तप्काका मानिस, जुनसुकै निकायलाई बोलाएर सोधपुछ गर्ने अधिकार रहेको समितिमा यसरी बाहिरबाट खाजा ल्याएर बाँडिनु गलत भएको भन्दै सांसदहरुले गम्भीर प्रश्न उठाएका थिए । खाजको विषयमा विवाद सुरु भएपछि बैठक कक्षमै रहेका प्रायोजकले स्पष्ट पार्ने प्रयास गरेको समितिका ती सदस्यको भनाइ छ। जनसङ्ख्या र विकाससम्बन्धी काम गर्ने संस्था एलएक्सपिटीडीका प्रतिनिधिले आफूहरुले खाजाको व्यवस्था गरेको जानकारी गराउँदै कुनै विषयमा होटलमा लगेर छलफल गराउने भन्दा समिति बैठकमा छलफल सहज हुने भएकाले उक्त व्यवस्था गरेको उल्लेख गरेका थिए ।  

    आयातित खाजाको विषयले रुष्ट बनेका गृहमन्त्री लामिछानेले मिनि संसदका रूपमा रहेको समितिमा खाजा ख्वाएर छलफल गराउन खोज्नु शंकास्पद रहेको भन्दै बैठक बहिस्कार गरेपछि केहीबेर समिति बैठक अस्तव्यव्यस्त बनेको थियो । मन्त्री लामिछाने नै मन्त्रालयतर्फ लागेपछि अन्य सांसदहरूले पनि एकपछि अर्को गर्दै बैठक छाडेका थिए ।  

    सांसदहरूले खाजा खुवाउने भए अर्थ मन्त्रालयबाट बजेट मागेर ल्याउन समिति सभापति खतिवडा, समिति सचिव दुरासहितका कर्मचारीलाई सुझाव दिएका थिए । 

    बैठक स्थगित भएपछि कुरा गर्दै समिति सभपाति खतिवडाले खाजाको व्यवस्थापनबारे आफूलाई जानकारी नभएको बताए । आन्तरिक छलफल र सल्लाह नै नगरी गृहमन्त्री बैठकबाट बाहिरिएपछि स्थगित गर्नु परेपछि कुनै एनजीओलाई राज्य व्यवस्था समितिको बैठकमा प्रवेश गर्न नदिने उनको भनाइ थियो । 

    उनले भने, ‘यस प्रकारको व्यवस्थापन संसद सचिवालयबाट हुनु पर्ने थियो । उनीहरु सिधैं आएका रहेछन् । सुन्नमा आएको छ, उनीहरुले अरुपनि केही समितिमा यसरी नै खाजाको व्यवस्था गरेका रहेछन् , तर राज्य व्यवस्थामा आब यो चल्दैन ।’

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.