Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»News»सेबोन अध्यक्षका सर्टलिस्टेड उम्मेद्वारलाई आइतबार बोलाइयो, श्रेष्ठ, कार्की र चापागाईंको सम्भावना
    News

    सेबोन अध्यक्षका सर्टलिस्टेड उम्मेद्वारलाई आइतबार बोलाइयो, श्रेष्ठ, कार्की र चापागाईंको सम्भावना

    सधैं बद्नाम पदलाई थप विवादमा पारिँदै, ५० करोडसम्म खर्च गर्न स्वार्थ समूह तयार
    adminBy adminJune 15, 2024No Comments1 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ । सत्तारुढ दलबीच प्रतिष्ठा र निकै ठूलो बार्गेनको विषय बनेको पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेकाहरुलाई आइतबार अर्थमन्त्रालयले कार्ययोजना प्रस्तुतीका लागि बोलाएको छ ।  

    साढे ५ महिनादेखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले ढिलासुस्ती गरेसँगै चौतर्फी आलोचना भएको थियो । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाई गरी अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रालयका कर्मचारी पठाएर बोर्डलाई चलाउन खोजेका थिए । तर, त्यो कदमको समेत तीव्र आलोचना भइरहेको थियो । 

    यो बीचमा सत्तारुढ घटकबीच नै धितोपत्र बोर्डको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा लामै बार्गेनिङ चल्यो । कतिपय ठूला खेलाडी र व्यवसायिक घरानाले समेत धितोपत्र बोर्डको अध्यक्ष बन्ने व्यक्तिका लागि ५० करोड रुपैयाँसम्म हालिदिन तयार भए । ठूला व्यापारिक प्रतिष्ठानबीच धितोपत्र बोर्डको अध्यक्ष आफू निकटलाई पठाउने र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स हत्याउने प्रयास पनि उत्तिकै तीव्र बनिरहेको बेला त्यस्ता स्वार्थ समूहबाट दलका शीर्ष नेताहरु नै परिचालन हुने अवस्था बन्यो । फलस्वरुप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन्तोषनारायण श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउनुपर्ने अडानसहित गठबन्धनमा निरन्तर दवाब सिर्जना गरिरहे । आफूले भनेको व्यक्ति बोर्डको अध्यक्ष नभए बजेट पासमै अवरोध गर्ने र सत्ता गठबन्धन नै धरापमा पर्न सक्नेसम्मको सन्देश दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा लामो समयदेखि नियोजित रुपमा अड्काएर राखिएको धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिको प्रक्रिया अगाडि बढाइएको छ ।  

    यही क्रममा अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले धितोपत्र बोर्डको अध्यक्ष पदका लागि संक्षिप्त सूचीमा समावेश भएका ५ उम्मेद्वारहरुलाई व्यवसायिक कार्ययोजनको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि असार २ गते आइतबार बिहान ९ बजेबाट राष्ट्रिय योजना आयोगको सभाहलमा डाकिएको हो ।  

    सिफारिस समितिले आवेदन दिएका १९ जनामध्ये ५ जनाको नाम गत चैत २५ गते सर्टलिस्ट गरेको थियो। सर्टलिस्टमा पर्नेहरुमा धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय डा.  नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का सीईओ कृष्णबहादुर कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोषनारायण श्रेष्ठ छन्।

    कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्तापछि सिफारिस समितिले ३ जनाको नाम मन्त्रीपरिषदलाई पठाउनेछ र ती तीनमध्येबाट एकजनालाई सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नेछ । तर, यो प्रक्रिया सबै औपचारिकताका लागि मात्र हो ।  

    पछिल्लो समय ओलीले लिएको अडानले काम गर्यो भने दीपक भट्ट समूहले फण्डिङ गरेका सन्तोषनारायण श्रेष्ठ धितोपत्र बोर्डको अध्यक्ष बन्नेछन् ।  

    यदि त्यसो भएन र अर्थमन्त्रीले आफ्नो रोजाईको उम्मेद्वारलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउनसक्ने अवस्था भयो भने नेप्सेका सीइओ कृष्णबहादुर कार्की हुनेछन् ।  

    यदि त्यसो पनि भएन भने प्रचण्डको रोजाईमा चिरञ्जिवी चापागाईं पर्नसक्नेछन् । चापागाईंका लागि आइएमई समूहले जोडबल गरिरहेको स्रोतहरु बताउँछन् ।  

    धितोपत्र बोर्डबाट सधैं अध्यक्षका लागि आवेदन दिने डा. नवराज अधिकारी भने यसपटक पनि सरकारको रोजाईमा पर्ने सम्भावना निकै न्यून छ । तर, उनले भने प्रचण्ड आफ्ना आफन्त रहेका र उनले आफूलाई बचन दिइसकेका दाबी गर्दै आएका छन् ।  

    सधैं बद्नाम पद !

    पछिल्लो समय धितोपत्र बोर्डको अध्यक्षमा छनौट भएकाहरुले पदीय मर्यादा बिर्सिएर स्वार्थ समूहको पछि लाग्दा यो पद नै बद्नाम बन्न पुगेको छ ।  

    कम्पनीहरुको सार्वजनिक निश्कासनहरुमा आफ्नाको नाममा सित्तैमा सेयर लिनदेखि कमजोर वित्तीय अवस्थाका कम्पनीहरुलाई प्रिमियममा सेयर निश्कासन गर्न दिएर लाभ लिने प्रवृतिका कारण भीष्मराज ढुंगानादेखि तत्कालीन अध्यक्ष रमेशकुमार हमाल तीव्र विवादमा परे । पूर्व अध्यक्ष ढुंगानालाई न सरकारले सर्वोत्तम सिमेन्टको आईपीओमा गरेको चलखेलको प्रमाण नै पाएपछि निलम्बन गर्यो । बीचमै निलम्बित ढुंगानाको ठाउँमा आएर रमेशकुमार हमाल झनै ठूलो विवादमा परे । कार्यकालको सुरुवातमा बजार सुधारका लागि केही स्टन्टबाजी गरेर लगानीकर्ताका केही नेतालाई आफ्नो पक्षमा पारेका हमालले झनै ठूलो बार्गेनिङ धन्दा चलाए । नेगेटिभ नेटवर्थका भएका कम्पनीलाई जति भन्यो त्यति हकप्रद निश्कासनदेखि कमजोर वित्तीय अवस्थाका कम्पनीलाई प्रिमियममा आईपीओ निकाल्न दिएर विदेशमै करोडौंको डिल समेत गरे । यस्ता अनेकौ काण्डमा मुछिए पनि उनले ढुंगानाको निलम्बनपछि बचेको कार्यकाल त पूरा गरे, तर लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिए । अहिले पनि उनको कर्तुतको विषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ । उनले विदेशमा केही कम्पनीसँग विदेशी मुद्रामै कारोबार गरेको र त्यसका लागि भएको कुराकानीको अडियो तथा भिडियो प्रमाण समेत फेला पारी हमालमाथि कारबाहीको तयारी भइरहेको अख्तियार स्रोतले जनाएको छ ।  

    यसरी हेर्दा पछिल्लो समय धितोपत्र बोर्डको अध्यक्ष पद स्वार्थ समूहको स्वार्थ पूरा गर्ने माध्यम बनिरहेको छ । पैसावालहरुसँग मिलेर सर्वसाधारणलाई लगानीको नाममा बेवकुफ बनाउने र स्वार्थ समूहको काम गरिदिएर करोडौं कमाउने लालसाका कारण धितोपत्र बोर्डको अध्यक्ष पद बद्नाम छ । यस्तो अवस्थामा फेरि स्वार्थ समूहकै फण्डिङमै कुनै पात्र अध्यक्ष बन्ने विषयलाई पूँजीबजारभित्रको पारदर्शिता तथा यो क्षेत्रको क्रेडिबिलिटीमाथि नै पनि प्रश्न खडा गरिदिएको छ ।  

    नयाँ स्टक एक्सचेञ्ज कुनै अमूक समूहलाई बुझाउने प्रतिबद्धतासहित नियुक्त हुने नयाँ अध्यक्षले बजार सुधारका लागि भन्दा आफूमाथि लगानी गर्ने समूहका लागि काम गर्ने प्रष्ट छ । यसरी सरकारले फेरि पनि धितोपत्र बोर्डको अध्यक्ष पदलाई थप विवादमा पार्ने र पूँजीबजारको विश्वसनीयतामाथि नियोजित प्रहार गर्ने काम गर्न कम्मर कसेको देखिन्छ ।  

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.