Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»News»सातै प्रदेशले ल्याउँदै आगामी आर्थिक वर्षको बजेट 
    News

    सातै प्रदेशले ल्याउँदै आगामी आर्थिक वर्षको बजेट 

    adminBy adminJune 15, 2024No Comments8 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं। संघीय संरचनापछिको संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ। प्रदेश सरकारहरु गठन/विघटनले अस्थिर भइरहेका बेला आज सात वटै प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्न लागेका हुन्।

    बागमती, मधेस, गण्डकी, सुदूरपश्चिम, कर्णाली लुम्बिनी र कोसी प्रदेशले आज बजेट सार्वजनिक गर्दै छन्। 

    संघीय सरकारले प्रदेशलाई पठाउने अनुदान शीर्षक रकममा कटौती गरेपछि प्रदेश सरकारहरुले पनि बजेटको आकार सोहीअनुसार सार्वजनिक गर्नेछन्। 

    संघीय सरकारले दिने अनुदान कटौती र राजस्वको स्रोत पनि वृद्धि नभएका कारण गत वर्षभन्दा बजेट आकार बढाउन प्रदेश सरकारहरुलाई अप्ठेरो परेको छ।

    लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट आज ल्याउँदै छ। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

    प्रदेश सरकारले चालू आर्थिक वर्षको तुलनामा बजेट आकार घटाउने भनिए पनि मन्त्रालय संख्या बढेपछि पुरानै आकार वरपरको बजेट ल्याउने बुझिएको छ। राजस्व संकलनमा आएको कमीका कारण प्रदेश सकारको बजेट आकार घट्नेछ।

    लुम्बिनीले चालू आर्थिक वर्ष २०८०/८१ का लागि कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो। 

    साता दिनअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादवले मधेस प्रदेशबाट बहुमत गुमाएसँगै पदमुक्त भएपछि सीके राउत नेतृत्वको जनमत पार्टीबाट मुख्यमन्त्री बनेका छन्। 

    संवैधानिक प्रावधानअनुसार मधेस सरकारले आज अगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदै छ‌। बजेटका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक डाकिएको छ।

    अर्थमन्त्री भरतप्रसाद साहले प्रदेशसभामा बजेट प्रस्तुत गर्नेछन्। उनले करिब ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने बुझिएको छ। बजेटमा गरिबी निवारण, रोजगारी सृजना, चुरे संरक्षण, कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकतामा राखिने अर्थमन्त्री साहले बताए।

    यस्तै, प्रदेश मुख्यमन्त्री विवादको मुद्दा सर्वोच्च अदालतमा विचराधीन रहेका बेला कोसी प्रदेशले पनि आज दिउँसो ३ बजे बजेट प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै छ।

    यसअघि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले ३४/३५ अर्बसम्मको बजेट सार्वजनिक हुने बताइसकेका छन्। कोसीले चालू आर्थिक वर्षका लागि ३६ अर्बको बजेट सार्वजनिक गरेको थियो।

    कोसीमा पनि संघबाट प्राप्त हुने विभिन्न अनुदान शीर्षकमा रकम काटिएपछि चालू आर्थिक वर्षको बजेटभन्दा आगामी आर्थिक वर्षको बजेट घट्न सक्नेछ।

    यस्तै, बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभाबाट सार्वजनिक गर्ने कार्यसूची छ। त्यसका लागि प्रदेशसभा बैठक दिउँसो ४ बजे बोलाइएको छ। बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बजेट प्रस्तुत गर्नेछन्।

    प्रदेश सरकारले चालू आर्थिक वर्षको हाराहारी बजेट ल्याउने तयारी छ। प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ६२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो।

    प्रदेश सरकारको आन्तरिक आय र संघीय सरकारबाट प्राप्त अनुदानबापतको रकम कटौती भएपछि बजेट केही प्रभावित हुने मन्त्री थपलियाले जानकारी दिए।

    सुदूरपश्चिम प्रदेश सरकारले पनि आज बजेट सार्वजनिक गर्दै छ। केन्द्रीय सत्ता समीकरणपछि पनि सत्तारुढ दलभित्रै मुख्यमन्त्रीका विषयमा कुरो नमिल्दा र आर्थिक मामिला मन्त्री नियुक्त नहुँदा सुदूरपश्चिम सरकारले जेठ ३२ मा बल्ल आर्थिक सर्वेक्षण प्रस्तुत गरेको थियो। जेठ ३१ मा नियुक्त भएका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत गरेका हुन्।

    राजनीतिक अस्थिरताको भूमरीमा रुमल्लिइरहेको गण्डकी प्रदेश सरकारले पनि आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छ।

    जेठ २८ मा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि ऊर्जामन्त्री बनेका देवकोटालाई नेकपा माओवादी केन्द्रको सिफारिसमा प्रदेश सभामुख कृष्ण धितालले पदमुक्त गरेपछि सरकारको वैधानिकतामाथि कानुनी प्रश्न उब्जिरहेका बेला गण्डकीले संवैधानिक प्रावधानअनुसार आज बजेट सार्वजनिक गर्न लागेको हो।

    देवकोटा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आबद्ध भए पनि गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए। तर, देवकोटाले आफू नेसपाको सांसद भएको र सभामुखको निर्णयविरुद्ध अदालत जाने बताएका छन्।

    असार ३२ मा गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो। प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भन्दै गरेको प्रस्ताव सभाले बहुमतले पारित गरेको थियो।

    कर्णाली प्रदेशले पनि आज आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै छ। कर्णाली प्रदेशसभा बैठकले जेठ २६ मा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित गरिसकेको छ। 

    मुख्यमन्त्री यामलाल कँडेलले नीति तथा कार्यक्रममा रहेको शीर्षकअनुसार बजेट सार्वजनिक गरिने बताएका छन्। अघिल्ला सरकारले ल्याएका राम्रा योजनाको बजेट कटौती नगरिने उनको भनाइ छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.