Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Banking»असारमा पनि बैंकहरूले घटाए निक्षेपको ब्याज, घट्दो ब्याजदरले बचतकर्ता निरुत्साहित
    Banking

    असारमा पनि बैंकहरूले घटाए निक्षेपको ब्याज, घट्दो ब्याजदरले बचतकर्ता निरुत्साहित

    adminBy adminJune 15, 2024No Comments8 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं- चालु आर्थिक वर्षको अन्तिम महिना असारका लागि पनि अधिकांश बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएका छन्।


    विदेशी मुद्रा सञ्चिति सहज भैइ बैंकिङ प्रणालीमा तरलता बढेसँगै बैंकहरूले निक्षेपको ब्याज घटाइरहेका छ्न्। जसले गर्दा कर्जाको ब्याजदर विगत २८ महिनायताकै न्यूनतम बिन्दु १०.३४ प्रतिशत कायम भएको छ।


    गत वर्षको फागुनयता नै बैंकहरूले निरन्तररुपमा निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका छन्।

    असार महिनाका लागि ब्याजदर घोषण गरेका अधिकांश बैंकले घटाएर निक्षेपको ब्याजदर सार्वजनिक गरेका छ्न्।


    असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा धेरै ब्याजदर हिमालयन बैंकले दिने भएको छ। यस बैंकले जेठको तुलनामा अधिकतम ब्याजदर बढाउँदै असारका लागि ८.२५ प्रतिशत तोकेको छ।

    जेठको तुलनामा ब्याजदर घटाएको एनआईसी एसिया बैंकले ब्यक्तिगत मुद्दतीका लागि सबैभन्दा धेरै ७.६९ प्रतिशत ब्याज दिने भएको छ।

    एनआईसीसँगै एनएमबि बैंकले पनि व्यक्तिगत मुद्दतीमा अधिकतम ७.६९ प्रतिशत ब्याजदर घोषणा गरेको छ।

    नबिल बैंकले जेठको अधिकतम ब्याजदर ६.७५ प्रतिशतबाट बढाएर असारमा ७ प्रतिशत कायम गरेको छ।

    स्ट्यान्डर्ड चार्टर्ड र सिद्धार्थ बैंकले जेठको व्यक्तिगत मुद्दतीतर्फको अधिकतम ब्याजदर ७ प्रतिशतलाई नै निरन्तरता दिएका छ्न्।

    प्रभु बैंकले अधिकतम जेठकै ब्याजदर ७.५ प्रतिशतलाई असारमा पनि निरन्तरता दिएको छ। माछापुच्छ्रे बैंकले जेठको तुलनामा ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाउँदै ७.५० प्रतिशत कायम गरेको छ।

    नेपाल बैंकले जेठ महिनाकै ६.७५ प्रतिशतको ब्याजदरलाई असार पनि निरन्तरता दिएको छ।

    कृषि बिकास बैंकले सबैभन्दा कम साधारण मुद्दती निक्षेपमा ५.६६ प्रतिशत ब्याज दिने भएको हो। उक्त ब्याजदर यस बैंकले जेठ महिनामा नै तोकेको थियो।

    एभरेष्ट बैंकले अधिकतम मुद्दती निक्षेपको ब्याजदर ६.५ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६.४ प्रतिशतबाट घटाएर ६.२२ प्रतिशत, नेपाल एसबिआई बैंकले ६.३९ प्रतिशतबाट घटाएर ६.३ प्रतिशत, ग्लोबल आइएमई बैंकले ७.५ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ७ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ७ प्रतिशतबाट घटाएर ६.७५ प्रतिशत, कुमारी बैंकले ७.२६ प्रतिशतबाट घटाएर ६.७६ प्रतिशत र सिटिजन्स इन्टरनेशनल बैंकले ७ प्रतिशतबाट घटाएर ६.९ प्रतिशत कायम गरेको छ।

    राष्ट्र बैंकले साधारण मुद्दती निक्षेपको तुलनामा १ प्रतिशत बिन्दुले कम ब्याजदर संस्थागत मुद्दती निक्षेपकर्तालाई दिनुपर्ने व्यवस्था गरेको छ।

    राष्ट्र बैंकको यस व्यवस्थाले गर्दा संस्थागत मुद्दती बचतकर्ताले साधारण मुद्दती बचतकर्ताको भन्दा थप १ प्रतिशत कम ब्याज पाउँदै आएका छन्। पछिल्लो समय घट्दो ब्याजदरका कारण संस्थागत मुद्दती बचतकर्ताले ४ देखि ६.५ प्रतिशतको हाराहारीमा मात्रै ब्याज पाउन थालेका छन्।

    बैंकिङ प्रणालीमा करिब ६ खर्ब अधिक लगानीयोग्य रकम भएपनि कर्जा प्रवाह बढ्न नसकेको भन्दै बैंक वित्तीय संस्थाहरूले धमाधम निक्षेपको ब्याजदर घटाइरहेका छन्।

    घट्दो ब्याजदरका कारण बैंकिङ प्रणालीमा लगानी निरुत्साहित हुने खतरा बढेको छ। न्यून प्रतिफल प्राप्त हुने मुद्दती निक्षेपमा लगानी गर्नुभन्दा बढी प्रतिफल प्राप्त हुने अन्य क्षेत्रमा लगानी बढाएमा बैंकिङ प्रणालीमा तरलताको समस्या आउने जोखिम बढेको छ।

    मुद्दती निक्षेपको सट्टा अर्थतन्त्रका अन्य क्षेत्रमा लगानी बढाउँदा अर्थतन्त्रले गति लिने र यसले अर्थतन्त्र चलायमान बनाउने सम्भावना भने हुन्छ।

    राष्ट्र बैंकले चालु कर्जासम्बन्धी मार्गनिर्दशनमार्फत कर्जा प्रवाहमा कडाइ गरेकाले बैंकिङ प्रणालीबाट कर्जा लगानी हुन सकेको छैन। चालु आर्थिक वर्ष रेमिट्यान्समा भएको वृद्धि र अर्थतन्त्रका अन्य क्षेत्र सुस्त रहेकाले बैंकिङ क्षेत्रमा मुद्दती निक्षेप बढेको हो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024585

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025478
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.