Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Stock Market»मौद्रिक नीतिको समीक्षाः लगानीकर्ता भन्छन्-‘अन्याय भयो’, राष्ट्र बैंक भन्छ-‘लचक हुँदै गएका छौं’
    Stock Market

    मौद्रिक नीतिको समीक्षाः लगानीकर्ता भन्छन्-‘अन्याय भयो’, राष्ट्र बैंक भन्छ-‘लचक हुँदै गएका छौं’

    adminBy adminMay 18, 2024No Comments8 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं । सेयर बजार करिब ३ वर्षदेखि बियरिस अवस्थामा छ । २०७८ साल भदौ २ गते ३२ सयको उच्च विन्दु चुमेको नेपालको सेयर बजार हाल २०१८ को विन्दुमा झरेको छ । यो बीचमा सेयरबजारमा निकै उतनरचढाव आयो । बजार लामो समय १८ देखि २२ सयको विन्दुमा रुमल्लिरहेको छ । हाल विश्वभरका सेयर बजारले नयाँनयाँ रेकर्ड कायम गरेको छ । छिमेकी राष्ट्र भारत र पकिस्तानको समेत बजारले नयाँनयाँ उचाई चुमिरहँदा नेपालको सेयर बजार भने निरन्तर ओरालो लागिरेहेको छ ।
    लगानीकर्र्ताहरु यसरी नेपालको सेयरबजार घट्नुमा राष्ट्र बैंकको म्रौद्रिक नीति नै मुख्य बाधक रहेको बताउँछन् । घट्दो बजारलाई उकास्न यसबीचमा लगानीकर्ताहरु पटकपटक आन्दोलनमा समेत उत्रिएका छन् । लगानीकर्ताहरु कहिले कमलपोखरी त कहिले भृकुटी मण्डप र माइतीघरमा भेला भएर पूँजी बजारको विषयमा सरकारको ध्यानाकर्षण गराउने प्रयास गरे । तर लगानीकर्ताहरुले माग गरे बमोजिम राष्ट्र बैंक पूँजीबजारको बिषयमा लचक भएको छैन । लगानीकर्ताको माग सम्बोधन हुने छाँटकाँट अझै पनि देखिएको छैन । जसका कारण लगानीकर्ताको मनोबल निकै खस्किसकेको यस क्षेत्रका विज्ञहरुले बताएका छन् ।

    सक्रिय लगानीकर्ता गोविन्द प्रसाद घिमिरे भन्छन्,‘राष्ट्र बैंकले हायर पर्चेज कर्जामा जोखिम भार घटाउनु तथा घरकर्जामा सहज गर्नु सकरात्मक हो । तर पूँजीबजारको विषयमा वर्षौदेखि उठाउँदै आएको जोखिम भारमा कुनै सम्बोधन नहुनु लगानीकर्ताको लागि अन्याय हो । अहिले पूँजीबजार निकै न्यून विन्दुमा रहेको छ । यस्तो बेला जोखिम भार १५० राख्नुको कुनै औचित्य छैन ।’

    जोखिम भार घटाएको भए बजार ५/७ सय अंक बढ्ने दाबी गर्दै घिमिरेले भने,‘ यसो गर्दा कसैलाई पनि हानी हुने थिएन । बैंक तथा वित्तिय संस्थाको सेयरको भाउ नेटवर्थभन्दा तल आएको छ । त्यसैले अहिले पनि जोखिमभार १५० लगाउनुको कुने औचित्य छैन ।’ यद्यपी राष्ट्र बैंकले क्रमिक सुधार गर्दै गएको कारण आगामी म्रौद्रिक नीतिमा भने पूँजीबजारका बारेमा सहज व्यवस्था आउनेमा घिमिरे ढुक्क देखिए ।

    Shivam CementSponsored
    Sagarmatha CementSponsored
    Muktinath Bikas Bank LimitedSponsored
    अगुवा लगानीकर्ता उपेन्द्र पाठक भने राष्ट्र बैंकले आफ्नो नीति क्रमिक रुपमा सुधार गर्दै गरेको बताउँछन् । ‘एकैपटक सबै नीति खोल्दा त्यसले पनि पूँजीबजारलाई फाइदा नगर्ने भएकोले राष्ट्र बैंकले सजगता अपनाएको हुनसक्छ,’ पाठक भन्छन्,‘बजेटमा पनि केही सहज व्यवस्था हुनसक्छ । आगामी बजेटमार्फत पूँजीगत लाभ कर यहि नै अन्तिम हुने व्यवस्था बजेटबाटै हुँदै छ । त्यसैले अब पूँजीबजारका सुनौला दिन सुरु भएको मान्न सकिन्छ ।’

    यो मौद्रिक नीति गभर्नरको अन्तिम भएका कारण पनि बजारमा व्यापक सुधार आउने पाठक बताउँछन् ।

    यता नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख प्रकाश कुमार श्रेष्ठ भने राष्ट्र बैंक आवश्यक सजगता अपनाएर समयानुसार लचक हुने बताउँछन् । ‘यो समीक्षा अहिलेको आवश्यकता हो । अहिले सेयर बजारमा बैंक तथा हाईड्रो कम्पनीहरुको प्रतिफल घटेको कारण बजार नबढेको हो । बैंकहरुमा क्रेडिट फ्लो बढेको छ । सेयर धितो कर्जा पनि बढेर गएको छ’ श्रेष्ठ भन्छन्,‘ कम्पनीहरुको सेयर मुल्य मात्रै नबढेको हो । बजार स्थिर बनेको छ । हामीले अर्थतन्त्रलाई असहज अबस्थाबाट जोगाएका छौं । अहिले सहज अवस्था छ । राष्ट्र बैंकले उत्पादन तथा रोजगारी बढाउने नीति लिने हो ।’

    राष्ट्र बैकले गत बर्षदेखि नीतिलाई सहज बनाउँदै गरेको र बजेटको प्रावधान हेरेर आवश्यकता अनुसार लचक हुने श्रेष्ठ बताउँछन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.