Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Banking»पुनर्संरचना र पुनर्तालिकीकरण व्यवस्थाले लघुवित्तहरुको एनपीएल घट्यो, ४४ वटा संस्था नाफामा
    Banking

    पुनर्संरचना र पुनर्तालिकीकरण व्यवस्थाले लघुवित्तहरुको एनपीएल घट्यो, ४४ वटा संस्था नाफामा

    adminBy adminMay 16, 2024No Comments3 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुले पौने ३ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका ५२ लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । लघुवित्त संस्थाहरुले कमाएको यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा २.९७ प्रतिशतले बढी हो ।

    गत आवको यसै अवधिसम्म लघुवित्त संस्थाहरुले ३ अर्ब ६४ करोड १७ लाख रुपैयाँ नाफा कमाएका थिए । लघुवित्त संस्थाहरुको खराब कर्जा अनुपातमा सुधार आउँदा नाफामा पनि सुधार देखिएको छ । ४४ लघुवित्त संस्था तेस्रो त्रैमाससम्म नाफामा उक्लिएका छन् भने ८ संस्था घाटामा रहेका छन् । गत आवको यस अवधिसम्म भने १२ वटा लघुवित्त संस्थाले घाटा ब्यहोरेका थिए । नाफामा रहेका अधिकांश लघुवित्त संस्थाले गत आवको तुलनामा नाफा बढाउन सफल भएका छन् । 

    सञ्चालनमा रहेका संस्थामध्ये कुनै संस्थाले १७८३.३६ प्रतिशतसम्म नाफा बढाएको तथ्याङ्कले देखाएको छ । तेस्रो त्रैमाससम्म आउँदा लघुवित्त संस्थाहरुको खुद ब्याज आम्दानीमा सुधार र खराब कर्जा अनुपात (एनपीएल)को अवस्था सुधारिंदा नाफा बढ्न गएको लघुवित्त संस्थाका अधिकारीहरु बताउँछन् । २०७९ सालको चैत महिनामा संस्थाबाट कर्जा लिएका सदस्य तथा ऋणीले तिर्न बाँकी ब्याजको न्यूनतम ५ प्रतिशत ब्याज रकम तिरेर ऋणको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने व्यवस्थाले लघुवित्तको खराब÷निष्क्रिय कर्जा अनुपात घटेको लघुवित्त संस्थाका सिईओहरुको भनाई छ ।

    नेपाल राष्ट्र बैंकबाट ऋणीले ५ प्रतिशत ब्याज तिरेर कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण गर्ने व्यवस्था भएपछि बैंकहरुको वित्तीय विवरणमा खराब कर्जा अनुपात कम देखिएको लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा नेशनल लघुवित्तका सीईओ राम बहादुर यादबले बताए । ‘राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत लघुवित्त संस्थाले ऋणीबाट ५ प्रतिशतसम्म ब्याज असुली गरी कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेपछि अधिकांश लघुवित्त संस्थाको निष्क्रिय कर्जा अनुपात घटेको देखिएको हो’ उनले भने, ‘तर यो वास्तविक वित्तीय संस्थाको खराब कर्जाको अवस्था घट्दै गएको भने होइन । 

    चैत मसान्तसम्म ग्राहकहरुबाट ५ प्रतिशत ब्याज असुल गरी कर्जा पुनर्संरचना गर्दा वित्तीय संस्थाको ब्याज आम्दानीसँगै मुनाफा पनि बृद्धि देखिएको हो ।’ वित्तीय संस्थाहरुको वास्तविक खराब कर्जा अनुपात घटाउन सबैभन्दा पहिला लघुवित्तविरुद्धको अभियान रोक्नुपर्ने यादवको भनाई छ । ‘राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाको खराब कर्जा लुकाउन सहयोग मात्रै भएको छ, तर वास्तविक रुपमा केन्द्रीय बैंकले कर्जा लिएपछि तिर्नुपर्छ भन्ने खालको नीति अवलम्बन गर्नुपर्छ’ उनले भने, ‘अझैपनि केही अराजक समूहबाट लघुवित्त संस्थाका कर्मचारीहरु कुटिन्छन् । 

    सरकार र लघुवित्त संघर्ष समितिको सम्झौतापश्चात् झनै संस्थाहरुमा समस्या पैदा हुन थालेको छ ।’ पछिल्लो समय ऋणीहरुमा केही सुधार देखिएपनि वित्तीय संस्थाहरुको खराब कर्जा अनुपात नै ह्वात्तै घट्ने सम्भावना कम रहेको यादवले बताए । ‘अझै पनि समुदायमा कर्जा मिनाहा हुन्छ भन्ने खालका भ्रम कायम छ । सरकारले नै अब संस्थाहरुबाट लिएको कर्जा मिनाहा नहुने र पूर्ण रुपमा ऋणीले नै तिनुपर्ने खालको वक्तव्य निकालेमा केही सुधार हुन सक्छ’ उनले भने, ‘यदि घ वर्गको संस्थाहरुमा एनपीएलको अवस्था बढ्दै जाने हो भने यसको प्रत्यक्ष असर क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थामा पर्न जान्छ, यसले समग्र बैकिङ्ग प्रणाली नै धरापमा पर्न सक्ने सम्भावना बढ्न जान्छ ।’ नेपाल राष्ट्र बैंकबाट ऋणीहरुबाट कर्जा असुल गर्ने खालको नीति तथा व्यवस्था जारी भएमात्रै केही हदसम्म लघुवित्त संस्थाहरुको खराब कर्जा घट्ने र सोही अनुसार ब्याज आम्दानी र नाफामा पनि सुधार देखिने यादवको भनाई छ ।

    साथै, नेरुडे मिर्मिरे लघुवित्त संस्थाका डेपुटी सीईओ मिन बहादुर बोहराले पनि राष्ट्र बैंकको नीतिका कारण केही हदसम्म लघुवित्त संस्थाहरुको नाफामा सुधार देखिएको बताए । ‘राष्ट्र बैंकले लघुवित्तबाट लिएको ऋण तिर्न नसकेका ग्राकहरुलाई कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने व्यवस्थापछि संस्थाहरुमा खुद ब्याज आम्दानी बढ्न गएको हो’ उनले भने, ‘ब्याज आम्दानी बढेसँगै केही संस्थाहरुले राम्रै नाफाको नतिजा प्रकाशित गरेका छन् । तर यो एनपीएल घटे जस्तो देखिएपनि यो वास्तविक रुपमा संस्थाहरुमा खराब कर्जा अनुपात घटेको भने होइन ।’ कर्जा असुलीमा समस्या देखिएपछि नेपाल राष्ट्र बैंकले २०८० असारमा एक निर्देशन जारी गर्दै लघुवित्त संस्थाबाट लिएको ऋण तिर्न नसकेका ग्राहकहरुलाई ऋण भुक्तान अवधि एक वर्ष थप गरी कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने व्यवस्था गरेको थियो । 

    केन्द्रीय बैंकले ऋणीहरुलाई दिएको यो सुविधाका कारण खराब कर्जा थोरै भएपनि घटेको लघुवित्तका सीईओहरुको भनाई छ । ३१ वटा संस्थाको एनपीएल घट्यो गत आवको तुलनामा ३१ वटा संस्थाले खराब कर्जा अनुपात घटाएका छन् । राष्ट्र बैंकले ५ प्रतिशत ब्याज असुल गरी कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्थाले गर्दा आधा भन्दा बढी संस्थाको एनपीएल घटेको छ । सबैभन्दा बढी इन्फिनिटी लघुवित्तले ९.०७ अंकले एनपीएल घटाएको छ । गत वर्षको यसै अवधिसम्म १४.०४ प्रतिशत रहेको एनपीएल चालु आवको यस अवधिसम्म घटेर ४.९७ प्रतिशतमा कायम हुन पुगेको छ । 

    त्यस्तै, उन्नती सहकार्य लघुवित्तले ७.९३ अंक र आरम्भ चौतारी लघुवित्तले ६.१४ अंकले खराब कर्जा अनुपात घटाएका छन् । यता सर्वाधिक खराब कर्जा अनुपात बढ्ने संस्थामा भने समाज लघुवित्त रहेको छ । लघुवित्तको यस्तो अवस्था १०.४४ अंकले बृद्धि भएको छ । ४४ वित्तीय संस्था नाफामा सञ्चालनमा रहेका ५२ लघुवित्त संस्थामध्ये ४४ वटा लघुवित्त संस्था नाफामा उक्लिएका छन् भने ८ वटा संस्थाले घाटा ब्यहोरेका छन् । नाफामा उक्लिएका संस्थामध्ये पनि २८ वटा लघुवित्तले गत आवको तुलनामा नाफा बढाउन सफल भएका छन् । चालु आवको तेस्रो त्रैमाससम्म सर्वाधिक नाफा कमाउनेमा छिमेक लघुवित्त रहेको छ । संस्थाले सो अवधिसम्म ६४ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरी सर्वाधिक प्रफिट अर्न गर्ने संस्था बनेको छ । त्यस्तै, दोस्रोमा साना किसान विकास लघुवित्तले ५३ करोड ४५ लाख रुपैयाँ, जीवन विकास लघुवित्तले २६ करोड ६५ लाख, डिप्रोक्स लघुवित्तले २५ करोड २९ लाख र ग्रामिण विकास लघुवित्तले २१ करोड १३ लाख रुपैयाँ नाफा कमाएका छन् ।

    ईपीएसमा को अघि ? चालु् आवको तेस्रो त्रैमाससम्म सबैभन्दा बढी प्रतिसेयर आम्दानी (ईपीएस) नेरुडे मिर्मिरे लघुवित्तको रहेको छ । संस्थाको ईपीएस ३२.८१ रुपैयाँ छ । त्यस्तै, दोस्रोमा श्रृजनशील लघुवित्तको २९.७३ रुपैयाँ, गुराँस लघुवित्तको २९.५६ रुपैयाँ, छिमेक लघुवित्तको २८.८३ रुपैयाँ र ग्रामिण विकास लघुवित्तको २८.६८ रुपैयाँ रहेको छ । सो अवधिसम्म सातवटा वित्तीय संस्थाको ईपीएस भने ऋणात्मक रहेको छ । सर्वाधिक धौलागिरी लघुवित्तको ईपीएस ५०.११ रुपैयाँ ऋणात्मक छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024585

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025478
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.