Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: admin
सप्तगण्डकी बहुमुखी क्याम्पसको समुदायिक पहुँच कार्यक्रम अन्तर्गत खैरहनीमा कार्यशाला गोष्ठी सन्चालन
सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनको विज्ञान बिभागको आयोजना तथा क्याम्पसको अनुसन्धान ब्यबस्थापन कक्ष (Research Management Cell), अन्तर्गतको EPBF of NEHEP, UGC, Nepal सहयोगमा खैरहनी नगरपालिका वडा नं ३ गोठश्वरमा “ Bridging the knowledge gap on Energy-Water Food Nexus in Climate Stress Agriculture” बिषयमा एक कार्यशाला गोष्ठी तथा अभिमुखिकरण कार्यक्रम सन्चालन भएको छ ।विज्ञान विभागका विभागीय प्रमुख रविराज सुवेदीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा क्याम्पस प्रमुख, खिमलाल दाहाल, निवर्तमान क्याम्पस प्रमुख मणिराज महतो, Research Management Cell का संयोजक डा. कपिलदेब सुवेदी, BBA BIM का संयोजक डा। कपिलदेब सुवेदी, द्यद्यब् द्यक्ष्ः कार्यक्रम प्रमुख सागर अधिकारी, कर्मचारी संघका अध्यक्ष कृष्ण प्रसाद भुषाल, बिज्ञान बिभागका…
बझाङमा मतपेटीका संकलन सकिएको छ। बझाङ १ नम्बर प्रदेश सभाको उपचुनावअन्तर्गत शनिबार मतदान भएको थियो। सबै मतपेटिका चैनपुर ल्याइसकिएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए। आइतबार बिहानै साइपाल गाउँपालिकाका तीन वटा मतदान केन्द्रका मतपेटीका दुई पटक हेलिकप्टरमार्फत् मतगणना स्थल चैनपुरमा ल्याइएको प्रजिअ कुइँकेलले बताए। उनका अनुसार अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ। बिहान १० पछि मतगणना कार्य सुरू गरिने उनले बताए। बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा शनिवार भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत मत खसेको थियो। त्यहाँ ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका थिए।…
काठमाडौँ, १६ वैशाख । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ । आगामी केही दिनसम्म देशभरको तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आजदेखि आगामी पाँच दिनसम्मका लागि विभागले शनिबार अपराह्न जारी गरेको तातो लहर ‘हिटवेभ’सम्बन्धी विशेष ‘बुलेटिन’मा देशको पहाडी भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्नसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । तातो हावा…
काठमाडौं– तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल सोल्टीमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता रहने जनाइएको छ । लगानी बोर्डका अनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् । सम्मेलनमा नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ । त्यसैगरी, चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १०…
विराटनगर । शनिवार मतदान भएका इलामका सबै मतदान केन्द्रबाट रातीसम्ममा मतपेटिका आइपुगेका छन् । राती बिहानको २ बजे राति सम्म ७९ जटा मतदान स्थल र १४९ वटै मतदान केन्द्रको मतपेटिका गणना स्थल आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बाटोका कारण मतपेटिका ल्याउन ढिलाइ भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाम बजारमा रहको गौतम बुद्ध हल (सिटी हलमा) मतगणनाको तयारी भएको छ । हिजोबाटै मतगणनाको तयारी भए पनि अबेरसम्म मात्रै मत पेटिका आइपुग्ने भएपछि अहिले बिहान ७ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ । अहिले सर्वदलीय बैठकको तयारी भइरहेको छ । इलाममा १ लाख १५ हजार ८८९…
चितवन । नेकपा एमाले चितवनले जिल्लामा एकीकृत विकासको आवश्यकता पहिचान गरि चितवनलाई समृद्ध बनाउने योजना निर्माणको लागि एक कार्यदल गठन गरेको छ ।जिल्लामा भएका सात स्थानीय तहमध्ये सबैले फरक फरक कार्ययोजनासहित अघि बढ्दा समग्र जिल्लाको विकास योजना एकीकृत रुपले अघि बढ्न नसक्ने निक्र्यौल गर्दै पार्टीको १५ औँ जिल्ला कमिटी बैठकले कार्यदल बनाउने निर्णय गरेको हो ।अहिले चितवनको भरतपुर महानगरमा घुमौँ भरतपुर २०२४ चलिरहेको छ । यस्ता पर्यटकीय, विकासका गतिविधिले अरु स्थानीय तहलाई पनि जोडेर अघि बढाउन सक्नुपर्छ, नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले भने, — समग्र जिल्लाको आर्थिक, सामाजिक, भौतिक लगायत विकासको लागि नेकपा एमालेले तथ्यगत अध्ययनपछि दीर्घकालीन योजनाको रणनीति…
विराटनगर । इलाम क्षेत्र नम्बर २ मा भएकाे प्रतिनिधिसभा निर्वाचनको मतगणना भोलि मात्रै हुने भएको छ । निर्वाचन आयोगले आज मध्यरातिबाट भएपनि मतगणना सुरु गर्ने बताएको भएपनि गणना स्थलमा मतपेटिका आउन ढिलाइ भएपछि भोलिबाट मात्रै गणना सुरु हुने भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भोलि बिहान सर्वदलीय बैठक बोलाएको छ । मत गणना सुरु हुनु अघि बस्ने बैठक बिहान ७ बजेका लागि बोलाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबले बताए । उनका अनुसार मतगणना समबन्धि समन्वय बैठक भोलि बिहान ७ बजे बोलाइएको छ । बैठकपछि मतगणना सुचारु हुने छ । इलाम २ मा ६० प्रतिशत मत खसेको छ ।…
चितवन , बैशाख १५ – चितवनको माडी नगरपालिका वडा नम्बर ८ दक्षिण अयोध्यापुरीकि एक क्यान्सर पिडित बालिकाको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । माडी नगरपालिका वडा नम्बर ८ का दिलिप अधिकारीकि ५ बर्षकि छोरी समृद्धि अधिकारीको आर्थिक अभाबका कारण उपचारमा समस्या भएको हो । करिव ५ महिना अगाडी बालिका बिरामी भै भरतपुरका विभिन्न अस्पतालमा परिक्षण गर्दै जादा रगतको क्यान्सर देखिएको पारिवारिक श्रोतले जनाएको छ । बालिकाको उपचारका क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साइन्सेस ( पुरानो मेडिकल कलेज ) चितवन मेडिकल कलेज , बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल हुँदै लामो समय भारत स्थित दिल्लिमा रहेको राजिव गान्धी क्यान्सर…
टी–२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा टेस्ट राष्ट्र वेस्ट इन्डिज को ‘ए’ टोलीलाई नेपालले हराउँदा शनिवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रौनक बेग्लै थियो । करिब २० हजार नेपाली दर्शकले एकैसाथ खुसी मनाएका थिए । कतिपय समर्थकले त रुखमा चढेर खेल हेरेका थिए । तीमध्ये अधिकांश युवा थिए । कप्तान रोहित पौडेलको उत्कृष्ट शतकीय पारीका साथ नेपालले बलियो टोली वेस्ट इन्डिज ‘ए’विरुद्ध सनसनीपूर्ण जीत हासिल गरेको हो । २०५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले टेस्ट टोली वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको हो । नेपालले २ बल बाँकी छँदै ६ विकेट गुमाएर २०५ रनको लक्ष्य पूरा गर्न सफल भयो । पाँच खेलको…
विराटनगर । इलाम क्षेत्र २ मा ५७ प्रतिशतमात्रै मत खसेको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ५७ प्रतिशत मत खसेको हाे । उनले ६६ हजार मत खसेको बताए । सो क्षेत्रमा १ लाख १५ हजार ८८ मतदाता रहेका छन् । इलामका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ६० प्रतिशत मत खस्ने अनुमान गरिएको भए पनि कम मत खसेकाे बताए । इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा भएको १९ जना उम्मेदवार रहेका छन् । उनीहरूमध्ये १२ जना दलका तर्फबाट उम्मेदवार छन् । बाँकी स्वतन्त्र उम्मेदवार छन् । उम्मेदवारमध्ये एमालेका सुहाङ नेम्बाङ र कांग्रेसका डम्बर खड्काबीच प्रतिस्पर्धा हुने अनुमान…
