Author: admin

काठमाण्डौं । सेयर बजार करिब ३ वर्षदेखि बियरिस अवस्थामा छ । २०७८ साल भदौ २ गते ३२ सयको उच्च विन्दु चुमेको नेपालको सेयर बजार हाल २०१८ को विन्दुमा झरेको छ । यो बीचमा सेयरबजारमा निकै उतनरचढाव आयो । बजार लामो समय १८ देखि २२ सयको विन्दुमा रुमल्लिरहेको छ । हाल विश्वभरका सेयर बजारले नयाँनयाँ रेकर्ड कायम गरेको छ । छिमेकी राष्ट्र भारत र पकिस्तानको समेत बजारले नयाँनयाँ उचाई चुमिरहँदा नेपालको सेयर बजार भने निरन्तर ओरालो लागिरेहेको छ ।लगानीकर्र्ताहरु यसरी नेपालको सेयरबजार घट्नुमा राष्ट्र बैंकको म्रौद्रिक नीति नै मुख्य बाधक रहेको बताउँछन् । घट्दो बजारलाई उकास्न यसबीचमा लगानीकर्ताहरु पटकपटक आन्दोलनमा समेत…

Read More

काठमाडौं- चालु आर्थिक वर्षको १० महिनासम्म पनि घरजग्गा कारोबार बढ्न नसकेपछि नेपाल राष्ट्र बैंकले कारोबारमा केही सहजता हुने गरी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरिएको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको समीक्षामार्फत घरजग्गा कारोबारमा सहजीकरण गरिदिएको छ। घरजग्गा खरिदका लागि लिएको कर्जा तिर्दा हेरिने आम्दानीको अनुपात राष्ट्र बैंकले ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्‍याएको छ। यसले कारोबार बढाउन सक्ने अनुनमान गरिएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा ४ लाख ३५ हजार ७ सय ६२ लिखत पास भएको छ। गतवर्ष १० महिनामा ३ लाख ६३ हजार ७ सय ६८ वटा लिखत पास भएको थियो।…

Read More

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५२ अङ्कको वृद्धि भएको छ । साताका ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बढेसँगै समग्रमा नेप्से परिसूचक २ प्रतिशतभन्दा बढीले बढेर बन्द भएको हो ।यो साता आइतबारदेखि नै नेप्से परिसूचक बढ्न थाल्यो । आइतबार तोलामा ८ अंकले बढेको परिसूचक सोमबार २४ र मङ्गलवार २८ अंकले बढ्यो । लगातार तीन दिन बढेपछि बुधवार ९ अंकले घटेको परिसूचक बिहीबार फेरी ०.७९ अंकले बढ्यो ।साताको पहिलो कारोबार दिन परिसूचक १९६६ अंकबाट सुरु भएको थियो । जुन, साताको अन्तिम दिनसम्म आइपुग्दा २०१८ अंकमा आइपुगेर रोकिएको हो । यो साता नेप्सेमा कूल १८ अर्ब ५० करोड…

Read More

काठमाडौं । केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षा मार्फत भएका परिमार्जनले बजारमा केही हदसम्म उत्साह र आर्थिक गतिविधि बढाउन मद्दत पुग्ने जनाएको छ । मौद्रिक नीति समीक्षापछि ‘भर्चुअल’ माध्यमबाट पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंक प्रवक्ता डा. गुणाकर भट्टले आर्थिक स्थायित्व र वित्तीय स्थायित्वलाई कसरी प्रवद्र्धन गर्ने र आर्थिक गतिविधि कसरी विस्तार गर्ने भन्नेमा मौद्रिक नीति केन्द्रित भएको बताए । मौद्रिक नीति समीक्षा मार्फत बजारमा केही हदसम्म उत्साह बढाउन प्रयास गरेको उनले दाबी गरे । समीक्षामा राष्ट्र बैंकले पूँजीकोष समस्या समाधान गर्न आवश्यक उपकरणमा सहजीकरण गर्ने, असल वर्गको कर्जामा कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाएर १.२ प्रतिशत गर्दा हुने व्यवस्था गर्नेजस्ता…

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक लचकता नदेखाउँदा अधिकांश वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक हुने सम्भावना बढेको छ। बढ्दो वितरणयोग्य घाटाका कारण दुई वाणिज्य बैंकबाहेक अन्यले लाभांश दिने सम्भावना कम देखिन्छ।अर्थतन्त्रमा ठूलै सुधार भएर बैंकहरूको खराब कर्जा उठ्ने अवस्थामा मात्रै अन्य बैंकहरूले लाभांश दिने अवस्था देखिन्छ।राष्ट्र बैंक कठोर भएकै कारण आगामी आर्थिक वर्ष पुँजीकोष सहज भएका एभरेष्ट बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकले मात्रै लाभांश दिने क्षमता देखिन्छ। नबिल बैंकको वितरणयोग्य नाफा सकारात्मक नै भएपनि पुँजीकोषमा पर्न सक्ने दबाब ध्यानमा राखेर लाभांश घोषणा गर्ने सम्भावना कम छ। पुँजीकोष दबाब कारण अन्य बैंकले चालु आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने सम्भावना नरहेको बैंकर्स…

Read More

चितवन, जेठ ४ – श्री माध्यमिक विद्यालय ढड्डाघारी भरतपुर –१६ ले नमुना निर्वाचन मार्फत विद्यालयको सदन कप्तान, उपकप्तान र छात्र प्रमुख, छात्रा प्रमुख चयन गरेको छ । प्रत्यक्ष प्रथम हुने निर्वाचन पद्धति मार्फत माध्यमिक विद्यालय ढड्डाघारीमा अध्ययनरत विद्यार्थिहरूले शैक्षिक सत्र २०८१ का लागी आ– आफ्ना प्रतिनिधिहरू चुनेका हुन । कुल २८ जना उम्मेदवारहरू सहभागी  निर्वाचनमा,  ४ सदन का कप्तान – सहकप्तान, बिद्यालय छात्र/ छात्रा प्रमुख गरि १० जना उम्मेदवारहरू निर्वाचित भएका हुन।मतदान परिणाम अनुसार विद्यालय छात्र प्रमुख तर्फ रामसिह मोक्तान, र छात्रा प्रमुख तर्फ अस्मिता तामाङ निर्वाचित भएका हुन। त्यसैगरी ४ वटा सदन का कप्तान र उपकप्तानमा , रातो सदनबाट यनुस…

Read More

काठमाण्डौ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले बैंक वित्तीय संस्थाले विद्युत उत्पादनमा कम्तिमा पनि २० प्रतिशत लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था गुर्नपर्ने बताएका छन् । इकोनोमिक मिडिया एसोसियसन नेपाल (इमान)द्वारा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)सँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।उनले भने, ‘अब बैंक वित्तीय संस्थाले कम्तिमा २० प्रतिशत लगानी गर्न बाध्यात्मक व्यवस्था अनिवार्य गर्नुपर्छ। त्यसैगरी कतिपय संस्थामा बेकामे बनेर रोकिएका रकम परिचालनको वातावरण पनि बन्नुपर्दछ ।’ सामान्य शब्दका कारण भन्सारमा सामानहरु रोकिने अवस्था देखिएको भन्दै नीतिबाटै यस विषयबारे सोच्न आवश्यक रहेको कार्कीले बताए । यस्तै कार्कीले…

Read More

काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुले पौने ३ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका ५२ लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । लघुवित्त संस्थाहरुले कमाएको यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा २.९७ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म लघुवित्त संस्थाहरुले ३ अर्ब ६४ करोड १७ लाख रुपैयाँ नाफा कमाएका थिए । लघुवित्त संस्थाहरुको खराब कर्जा अनुपातमा सुधार आउँदा नाफामा पनि सुधार देखिएको छ । ४४ लघुवित्त संस्था तेस्रो त्रैमाससम्म नाफामा उक्लिएका छन् भने ८ संस्था घाटामा रहेका छन् । गत आवको…

Read More

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आज (बुधबार) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच रूपैयाँले घटाएको हो। मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ७० र तेस्रो वर्गका लागि एक सय ७१ कायम भएको छ। डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५१ रुपैयाँ ५० पैसा, एक सय ५३ रुपैयाँ र एक सय ५४ रुपैयाँ पुगेको छ। निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई…

Read More

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपमाथि भएको निलम्बन फुवुका भएको जनाएको छ । योसँगै सन्दीपले टी–२० विश्वकप खेल्ने बाटो खुलेको छ । ‘सम्मानित उच्च अदालत पाटनको बुधबारको फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुंदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौ’, विज्ञप्तिमा भनिएको छ । गत पुस १३ गते जिल्ला अदालत काठमाडौंबाट बलत्कार मुद्दामा दोषी ठहर भएपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो ।…

Read More