Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
काठमाडौं । केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षा मार्फत भएका परिमार्जनले बजारमा केही हदसम्म उत्साह र आर्थिक गतिविधि बढाउन मद्दत पुग्ने जनाएको छ । मौद्रिक नीति समीक्षापछि ‘भर्चुअल’ माध्यमबाट पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंक प्रवक्ता डा. गुणाकर भट्टले आर्थिक स्थायित्व र वित्तीय स्थायित्वलाई कसरी प्रवद्र्धन गर्ने र आर्थिक गतिविधि कसरी विस्तार गर्ने भन्नेमा मौद्रिक नीति केन्द्रित भएको बताए । मौद्रिक नीति समीक्षा मार्फत बजारमा केही हदसम्म उत्साह बढाउन प्रयास गरेको उनले दाबी गरे । समीक्षामा राष्ट्र बैंकले पूँजीकोष समस्या समाधान गर्न आवश्यक उपकरणमा सहजीकरण गर्ने, असल वर्गको कर्जामा कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाएर १.२ प्रतिशत गर्दा हुने व्यवस्था गर्नेजस्ता…
काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक लचकता नदेखाउँदा अधिकांश वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक हुने सम्भावना बढेको छ। बढ्दो वितरणयोग्य घाटाका कारण दुई वाणिज्य बैंकबाहेक अन्यले लाभांश दिने सम्भावना कम देखिन्छ।अर्थतन्त्रमा ठूलै सुधार भएर बैंकहरूको खराब कर्जा उठ्ने अवस्थामा मात्रै अन्य बैंकहरूले लाभांश दिने अवस्था देखिन्छ।राष्ट्र बैंक कठोर भएकै कारण आगामी आर्थिक वर्ष पुँजीकोष सहज भएका एभरेष्ट बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकले मात्रै लाभांश दिने क्षमता देखिन्छ। नबिल बैंकको वितरणयोग्य नाफा सकारात्मक नै भएपनि पुँजीकोषमा पर्न सक्ने दबाब ध्यानमा राखेर लाभांश घोषणा गर्ने सम्भावना कम छ। पुँजीकोष दबाब कारण अन्य बैंकले चालु आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने सम्भावना नरहेको बैंकर्स…
चितवन, जेठ ४ – श्री माध्यमिक विद्यालय ढड्डाघारी भरतपुर –१६ ले नमुना निर्वाचन मार्फत विद्यालयको सदन कप्तान, उपकप्तान र छात्र प्रमुख, छात्रा प्रमुख चयन गरेको छ । प्रत्यक्ष प्रथम हुने निर्वाचन पद्धति मार्फत माध्यमिक विद्यालय ढड्डाघारीमा अध्ययनरत विद्यार्थिहरूले शैक्षिक सत्र २०८१ का लागी आ– आफ्ना प्रतिनिधिहरू चुनेका हुन । कुल २८ जना उम्मेदवारहरू सहभागी निर्वाचनमा, ४ सदन का कप्तान – सहकप्तान, बिद्यालय छात्र/ छात्रा प्रमुख गरि १० जना उम्मेदवारहरू निर्वाचित भएका हुन।मतदान परिणाम अनुसार विद्यालय छात्र प्रमुख तर्फ रामसिह मोक्तान, र छात्रा प्रमुख तर्फ अस्मिता तामाङ निर्वाचित भएका हुन। त्यसैगरी ४ वटा सदन का कप्तान र उपकप्तानमा , रातो सदनबाट यनुस…
विद्युत उत्पादनमा बैंक तथा वित्तीय संस्थाले २०% लगानी गर्नैपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्छः इप्पान अध्यक्ष कार्की
काठमाण्डौ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले बैंक वित्तीय संस्थाले विद्युत उत्पादनमा कम्तिमा पनि २० प्रतिशत लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था गुर्नपर्ने बताएका छन् । इकोनोमिक मिडिया एसोसियसन नेपाल (इमान)द्वारा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)सँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।उनले भने, ‘अब बैंक वित्तीय संस्थाले कम्तिमा २० प्रतिशत लगानी गर्न बाध्यात्मक व्यवस्था अनिवार्य गर्नुपर्छ। त्यसैगरी कतिपय संस्थामा बेकामे बनेर रोकिएका रकम परिचालनको वातावरण पनि बन्नुपर्दछ ।’ सामान्य शब्दका कारण भन्सारमा सामानहरु रोकिने अवस्था देखिएको भन्दै नीतिबाटै यस विषयबारे सोच्न आवश्यक रहेको कार्कीले बताए । यस्तै कार्कीले…
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुले पौने ३ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका ५२ लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । लघुवित्त संस्थाहरुले कमाएको यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा २.९७ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म लघुवित्त संस्थाहरुले ३ अर्ब ६४ करोड १७ लाख रुपैयाँ नाफा कमाएका थिए । लघुवित्त संस्थाहरुको खराब कर्जा अनुपातमा सुधार आउँदा नाफामा पनि सुधार देखिएको छ । ४४ लघुवित्त संस्था तेस्रो त्रैमाससम्म नाफामा उक्लिएका छन् भने ८ संस्था घाटामा रहेका छन् । गत आवको…
काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आज (बुधबार) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच रूपैयाँले घटाएको हो। मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ७० र तेस्रो वर्गका लागि एक सय ७१ कायम भएको छ। डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५१ रुपैयाँ ५० पैसा, एक सय ५३ रुपैयाँ र एक सय ५४ रुपैयाँ पुगेको छ। निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई…
काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपमाथि भएको निलम्बन फुवुका भएको जनाएको छ । योसँगै सन्दीपले टी–२० विश्वकप खेल्ने बाटो खुलेको छ । ‘सम्मानित उच्च अदालत पाटनको बुधबारको फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुंदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौ’, विज्ञप्तिमा भनिएको छ । गत पुस १३ गते जिल्ला अदालत काठमाडौंबाट बलत्कार मुद्दामा दोषी ठहर भएपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो ।…
काठमाडौं । सन्दीप लामिछानेका वकिल सरोज घिमिरेले गौशाला २६ को ‘डीग्नीटी’को सम्मान हुनुपर्ने बताएका छन् । उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै वकिल घिमिरेले सन्दीपको आत्मसम्मान र न्यायका निम्ति आफूहरु लागेको बताए । अहिले न्याय मिलेकाे तर गाैशाला २६ काे स्वाभिमानकाे पनि रक्षा हुनुपर्ने बताए । ‘सबैको आत्मसम्मानको सम्मान गर्नुपर्छ । जसले जाहेरी दिनुभएको थियो । उहाँको डिग्नीटीको सम्मान गर्छौं । यहाँहरुले पनि उहाँलाई कुनै किसिमको हानी र नोक्सानी नगर्नु होला । नलेख्नुहोला’, उनले सञ्चारकर्मीहरुलाई भने, ‘मात्रै के भने सन्दीपले न्याय पाएको छ । हामीलाई सुरुदेखि नै अदालतमाथि विश्वास थियो । उसले न्याय पाउनुपर्छ भनेर हामी लागेका…
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गर्यो । उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठहर्याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा…
गृहमन्त्रीविरूद्ध सदनसँगै सडकमा निस्कियो कांग्रेस, काठमाडौंमा तरुण दलको प्रदर्शन (तस्बिरहरू)
काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेस सडकमा पनि निस्किएको छ । निरन्तर सदन अवरुद्ध आइरहेको कांग्रेसले भ्रातृ संगठनहरूलाई सडकमा उतारेको हो । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने, संसदीय समिति बनाइनुपर्ने, बचतकर्ताको रकम फिर्ता गर्नुपर्नेलगायतका माग तरुण दलको छ । माइतीघरमा भेला भएका तरुण कार्यकर्ताको र्याली बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो । आजै बिहान नेविसंघले त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको थियो । राज्यको मिलोमतोमा गृहमन्त्रीलाई जोगाउन खोजेको कांग्रेसका भ्रातृ संगठनको आरोप छ । महामन्त्री गगन थापाले सदनबाट मात्रै नभए सहकारी पीडितहरूको पक्षमा कांग्रेस सडकमा जान तयार…
