Author: admin

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयले सदनमा प्रवेश पाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सहमहामन्त्री बन्द्री पाण्डेले आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही गर्न खोजे आफूहरू मौन नबस्ने चेतावनी दिए । उनले भने, ‘कान्तिपुरका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी भएको मैले सुनेको छु । कानूनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ । तर, आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने कांग्रेसले राणालाई सहेन, राजालाई सहेन । कसैलाई पनि सहँदैन ।’ दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोपमा आज उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उपप्रधान…

Read More

काठमाडौं । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात गरिएकोमा एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात गरिएको थियो । विभागका अनुसार चालू आवको १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा १४ खर्ब ६६ अर्ब २२ करोड बराबरको बैदेशिक व्यापार भएको थियो । अहिल्लो आर्थिक बर्षको तुलनामा कुल वैदेशिक व्यापार २.५० प्रतिशतले घटेको विभागले…

Read More

काठमाडौ , जेठ ८ – हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तथा देशका भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का…

Read More

चितवन, जेठ ७ – नेकपा एमाले चितवनको ११ औं जिल्ला अधिवेशनका लागि प्रतिनिधि व्यवस्थापनको काम सकिएको छ । प्रत्येक वडा पार्टी कमिटी, जनवर्गीय संगठन जिल्ला कमिटी, सल्लाहकार परिषद्, निर्वाचन आयोग, लेखा आयोग, चितवन–काठमाडौं सम्पर्क मञ्चबाट छानिएर प्रतिनिधिको नाम जिल्लामा आएको थियो । उक्त नामलाई रुजु गरी छानविन गरेर अन्तिम रुप दिइएको प्रतिनिधि व्यवस्थापन उपसमितिका संयोजक एवम् एमाले चितवनका कार्यालय सचिव श्याम विष्टले जानकारी दिए । छनोट भएर आएका कुल ५९० जनाको नामावली व्यवस्थापनको काम सकिएको हो । छनोट भएका ५९० जना, जिल्ला कमिटी अर्थात आयोजक कमिटी १४३ जना गरी ७३३ र मनोनित हुने केही संख्या गरी करिब ८०० प्रतिनिधि एमालेको…

Read More

नेपाली कांग्रेससहित विपक्षी ५ दलले प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बोल्दा अवरोध नगर्ने निर्णय गरेका छन् ।बानेश्वरमा कांग्रेसको अगुवाइमा बसेको विपक्षी ५ दलको बैठकले लामिछानेलाई बोल्न दिने निर्णय गरेको हो ।‘कांग्रेससहितको विपक्षी ५ दलको बैठकले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ,’ छलफलमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिले लोकान्तरसँग भने, ‘गृहमन्त्रीको भनाइ चित्त बुझ्यो भने मात्रै संसद् बैठक अगाडि बढ्छ ।गृहमन्त्रीको भनाइ चित्त नबुझेमा अवरोध कायमै रहने उनले खुलाए । कांग्रेससहितका विपक्षी दलले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग गर्दै आएका छन् ।

Read More

“स्टार्टअप उद्यमको दर्ता, नवीकरण एवं औद्योगिक सम्पत्तिको दर्तामा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिइने छ । बीउ पूँजी, जनशक्ति विकास, परामर्श तथा प्रविधि सहयोग, सहुलियतपूर्ण ऋण, निर्यातमा नगद अनुदानलगायत अन्य उद्यमलाई प्रदान गरेका सहुलियत तथा सुविधा उपलब्ध गराइनेछ”, नीतिमा भनिएको छ, “स्टार्टअप उद्यम स्थापना भएको १० वर्षसम्म आयकरमा छुट दिने व्यवस्था गरिनेछ । बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्थाका साथै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको निश्चित प्रतिशत स्टार्टअप उद्यममा लगानी गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।” नयाँ सोच तथा नवप्रवर्तनकारी उद्यम विकास लागि छुट्टै कोष स्थापना गर्ने र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा…

Read More

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । आजैको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सभामुखले सदस्यहरूको मनोनयन गर्नेछन् । सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यावाद ज्ञापन गर्ने पनि आजको कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्नेछन् भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी…

Read More

रुपन्देहीको बुटवलमा बिरामी बोकेको एम्बुलेन्सले तीन जनालाई ठक्कर दिएको छ । एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । अर्घाखाँचीबाट बिरामी लिएर बुटवलतर्फ आउँदै गरेको जिल्ला अस्पताल अर्घाखाँचीको लू १ ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल उपमहानगरपालिका वडा नम्बर १३ झोलुंगेपुलनजिकै मर्निङ वाकमा निस्किएका ३ जनालाई ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने कमला नेपालीको मृत्यु भएको छ भने ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठडराई घाइते छन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले गम्भीर बिरामी लिए आएको एम्बुलेन्सले मर्निङ वाकमा निस्किएकाहरूलाई ठक्कर दिएको बताए…

Read More

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम किटान नगरी संसदीय छानबिन समिति बनाउन नेपाली कांग्रेस सहमत भएको छ। शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीचको छलफलमा कुनैपनि व्यक्तिको नाम किटान नगरी समिति बनाउने सहमति भएको माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बताए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि पोखराको सुर्यदर्शन र बुटवलको सुप्रिम सहकारीका सर्वसाधरणको अपचलनमा नाम जोडिएको भन्दै उप्रधान एवं गृहमन्त्रीसमेत रास्वपा सभापति रवि लामिछानेसमेतको नाम किटान हुनुपर्ने अडान राख्दै आएको थियो। शनिबार बालुवाटारमा झण्डै ४ घन्टासम्म नेताहरूबीचको छलफलपछि सहमति जुटेको हो। ‘नाम किटान नगरी संसदीय छानबिन समिती बनाउने विषयमा प्रतिपक्षी र सत्तापक्षबीच सहमती भयो,’…

Read More

काठमाडौं : आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भूभागमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आइतबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। मधेश र लुम्बिनी प्रदेश लगायत कोशी, बागमती, गण्डकी कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरी सहित…

Read More