Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
काठमाडौं- उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । शनिबार साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार साँझदेखि काठमाडौँ उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले आज अपराह्न र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताए । मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उनले बताए । शुक्रबारको तुलनामा शनिबार आंशिकदेखि साधारणतया बदली हुने मौसमविद् पुडासैनीले बताए । शनिबार यहाँको अधिकतम तापक्रम २९ देखि ३१ क डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । शुक्रबार यहाँको अधिकतम तापक्रम ३३.४…
काठमाडौं- नेपाल सरकारले सहुलियत दिएमा पोखरा र भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका एयरलाइन्सलाई सरकारले छलफलमा बोलाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई विमानस्थलमा नियमित उडानमा चासो राख्ने एयरलाइन्सलाई छलफलमा बोलाएको हो। पोखरा र भैरहवामा विमानस्थल बनेपनि नियमित अन्तर्राष्ट्रिय उडान नभएपछि सरकारको आलोचना भइरहेको छ। उडानको चासो राख्ने एयरलाइन्सलाई पनि उपेक्षा गरेको आरोप लागेपछि सरकारले चासो दिएको हो। जजिरा एयरवेज, एयर एस्ट्रा र विज एयरले पोखरा र भैरहवाबाट उडान गर्न प्रतिबद्ध रहेको भन्दै नागरिक उड्डयन प्राधिकरण, पर्यटन तथा अर्थ मन्त्रालयमा पत्राचार गरेका थिए। भर्खरै सञ्चालनमा आएका यी विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्नका लागि आधारभूत सहुलियत…
काठमाडौँ– तामाङ सेलो गीतमा अहिलेकी व्यस्त मोडल हुन् निरञ्जली लामा । पछिल्लो समय सार्वजनिक भएका अधिकांश तामाङ सेलोमा उनलाई देख्न सकिन्छ । भर्खरै मात्र विवाह बन्धनमा बाँधिएकी उनले ‘नाचौं छमछम’, ‘तरुनी’, ‘कचिला सुन’, ‘टुङुना र डम्फू’ लगायत दुई सय भन्दा बढी गीतमा अभिनय गरेकी छिन् ।
काठमाडौं। संघीय संरचनापछिको संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ। प्रदेश सरकारहरु गठन/विघटनले अस्थिर भइरहेका बेला आज सात वटै प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्न लागेका हुन्। बागमती, मधेस, गण्डकी, सुदूरपश्चिम, कर्णाली लुम्बिनी र कोसी प्रदेशले आज बजेट सार्वजनिक गर्दै छन्। संघीय सरकारले प्रदेशलाई पठाउने अनुदान शीर्षक रकममा कटौती गरेपछि प्रदेश सरकारहरुले पनि बजेटको आकार सोहीअनुसार सार्वजनिक गर्नेछन्। संघीय सरकारले दिने अनुदान कटौती र राजस्वको स्रोत पनि वृद्धि नभएका कारण गत वर्षभन्दा बजेट आकार बढाउन प्रदेश सरकारहरुलाई अप्ठेरो परेको छ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट आज ल्याउँदै…
काठमाडौं- चालु आर्थिक वर्षको अन्तिम महिना असारका लागि पनि अधिकांश बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएका छन्। विदेशी मुद्रा सञ्चिति सहज भैइ बैंकिङ प्रणालीमा तरलता बढेसँगै बैंकहरूले निक्षेपको ब्याज घटाइरहेका छ्न्। जसले गर्दा कर्जाको ब्याजदर विगत २८ महिनायताकै न्यूनतम बिन्दु १०.३४ प्रतिशत कायम भएको छ। गत वर्षको फागुनयता नै बैंकहरूले निरन्तररुपमा निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका छन्। असार महिनाका लागि ब्याजदर घोषण गरेका अधिकांश बैंकले घटाएर निक्षेपको ब्याजदर सार्वजनिक गरेका छ्न्। असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा धेरै ब्याजदर हिमालयन बैंकले दिने भएको छ। यस बैंकले जेठको तुलनामा अधिकतम ब्याजदर बढाउँदै असारका लागि ८.२५ प्रतिशत तोकेको छ। जेठको तुलनामा…
काठमाडौं । नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा उपाधि दौडबाट बाहिरिएको छ । अमेरिका र वेष्टइण्डिजमा जारी टी-२० विश्वकपमा समूह डी मा रहेको नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएसँगै सुपर-८ यात्राबाट बाहिरिएको हो । नेपाल समूह डी मा ३ खेलमा २ मा हार र १ मा नतिजाविहीन हुँदै १ अंकका साथ चौथो स्थानमा छ ।अन्तिम खेल नेपालले आइतबार बंगलादेशसँग खेल्नेछ । उक्त खेल जितेपनि ३ अंक मात्रै हुन्छ । सुपर-८ मा पुग्न ३ अंक पर्याप्त हुँदैन । दक्षिण अफ्रिका ४ खेलमा ८ अंकका साथ अपराजित रहँदै सुपर-८ मा पुगेको छ । बंगलादेश ३ खेलमा २ मा जित र १…
काठमाडौं । टी २० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध १ रनको हार व्यहोरेको छ । जितको निकै नजिक पुगेको नेपालले पीडादायी हार स्वीकार्न वाध्य भएको हो ।
चितवन , जेठ ३२ – चितवनको माडी स्थित जनकल्याण माध्यामिक बिद्यालयमा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार बितरण गरिएको छ । अघिल्लो हप्ताहरूमा आयोजित विभिन्न प्रतियोगिताका उत्कृष्ट बिद्यार्थीहरु लाई आज शुक्रवार एक कार्यक्रमको आयोजना गरि पुरस्कार बितरण गरिएको हो । अङ्ग्रेजी हस्तलेखन र चित्रकला प्रतियोगितामा उत्कृष्ट हुने बाल विकास कक्षादेखि कक्षा १०सम्मका विद्यार्थीहरूलाई पुरस्कृत गरिएको हो ।पुरस्कार बितरण कार्यक्रममा माडी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिपेन्द्रराज पौडेल , प्रधानाध्यापक रामबहादुर जिसी र सहायक प्रधानाध्यापक सुवाश बुढाले संयुक्तरूपमा टीका र पुरस्कार प्रदान गर्नुभएको थियो। त्यसै गरी मङ्गलबार र शुक्रबार सदनात्मक पोसाक लगाएर विद्यालय आउने पुरानै कार्यतालिका अनुसार आज गरिएको सर्वेक्षणमा…
स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउ सफल भएका छन्। उनीद्वारा सञ्चालित पित्लेक कालिका कृषि फार्म पछिल्लो समय अध्ययन, अवलोकन र अनुसन्धानको उत्कृष्ट थलो बनेको छ । दुई दशकअघि गाउँकै वयोवृद्धा यज्ञप्रसाद लामिछानेको प्रेरणा पाएपछि शिक्षण पेसा बीचमै छाडेर हुमनाथ व्यावसायिक तरकारी खेतीमा लागेका थिए । उनले गोलभेँडा, काउली, बन्दा, काँक्रो, सिमी, बोडी, अकबरे खुर्सानीलगायतका तरकारी फलाउँदै आएका छन् । उनको फार्ममा पाँच सय ५० बोट सुन्तला, तीन सय बोट कफी, १८ घार माहुरी र गड्यौलासमेत छन् । उनले फार्मबाट वार्षिक रु १२ लाखको कृषि उपज बिक्री हुने गरेको जनाउँदै खर्च कटाउँदा रु आठ लाख बचत…
पूर्वी नवलपरासी- बिहीबार ढल खन्ने क्रममा तीनजना महिला मजदुरको मृत्यु भएपछि बढेको तनाव हटाउन सहमति भएको छ । शुक्रबार मेयर विष्णुप्रसाद भुलासको घर र नगरपालिकाको कार्यालयमा तोडफोड भइसकेपछि भएको वार्ताका क्रममा दुई पक्षबीच १० बुँदे सहमति भएको हो । प्रदर्शनमा उत्रिएकाहरू र नगरपालिकाको कार्यालयका उपप्रमुख फूलकुमार थनेतसहितको उपस्थितिमा भएको वार्तामा १० बुँदे सहमति जुटेको हो । सहमतिअनुसार आक्रोशित भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले कयौँ राउन्ड हवाई फाय गरेको छ । त्यतिकै संख्यामा अश्रुग्यास पनि प्रदर्शनकारीतर्फ हानिएको छ । माटोको ढिस्कोमा पुरिएर मृत्यु भएका तीन जना महिलाको परिवारलाई नगरपालिका कार्यालयले जनही १० लाख रुपैयाँ दिने भएको छ । जसमा प्रतिपरिवार मृतकका…
