Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: admin
भोजपुर । जिल्लाको टेम्केमैयुङ गाउँपालिका–४ नागी घोरालुङ चारघरेकी उद्यमशील एकल महिला मायादेवी राई व्यावसायिक तरकारी खेतीमा लागेर उदाहरणीय बनेकी छन् । विगत दुई वर्षअघिबाट व्यावसायिक तरकारी खेतीमा लागेकी उनले दुई रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा तरकारी खेती गरिरहेकी छन् । उनी पशुपन्छी तथा मत्स्यपालन फार्म नै दर्ता गरेर व्यावसायिक तरकारी खेतीमा जुटेकी हुन् । उनले गाउँमा नै बन्दाकोभी, काउली, ब्रो काउली, टमाटर, क्याप्सिकम, इक्वास प्याजलगायतको व्यावसायिक खेती गर्दै आएकी छन् । उनले गाउँघरमा पाइने गाई, भैँसी, बाख्रा बङ्गुरलगायतको प्राङ्गारिक मलको मात्र प्रयोग गरेर जैविक उत्पादन गर्दै आएको बताइन् । ‘मैले दुई वर्षअघिबाट व्यावसायिक रुपमा जैविक तरकारी उत्पादन गरिरहेकी छु’, उनले भनिन्,…
सिन्धुपाल्चोक- हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम सुरु भएसँगै कसरी बच्ने र बचाउने भन्ने चिन्ताले पिरोल्छ । खोलामा सामान्य बाढी आउँदासमेत सडक, विद्यालय र घरहरु उच्च जोखिममा पर्ने भएकाले उनी सहित स्थानीयवासी अहिले चिन्तत छन् । विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा अकल्पनीय बाढी आएको आज तीन वर्ष पूरा भएको छ । असार १ र यसपछिका पटक पटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रका सयौँ घर र खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो भने हजारौँ नागरिक विस्थापित भएका थिए । बाढीले क्षति पुर्याएको तीन वर्ष बिते पनि धेरै प्रभावित अस्थायी टहरामै…
काठमाडौं- डेंगु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेंगु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेंगुको संक्रमण बढेको बताए । उनले गर्मीमा मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको बताए । “गर्मीमा पानी संकलन गरेर राख्ने गरिन्छ । त्यसरी संकलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ”, उनले भने । उनका अनुसार ७१…
काठमाडौं- उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । शनिबार साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार साँझदेखि काठमाडौँ उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले आज अपराह्न र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताए । मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उनले बताए । शुक्रबारको तुलनामा शनिबार आंशिकदेखि साधारणतया बदली हुने मौसमविद् पुडासैनीले बताए । शनिबार यहाँको अधिकतम तापक्रम २९ देखि ३१ क डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । शुक्रबार यहाँको अधिकतम तापक्रम ३३.४…
काठमाडौं- नेपाल सरकारले सहुलियत दिएमा पोखरा र भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका एयरलाइन्सलाई सरकारले छलफलमा बोलाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई विमानस्थलमा नियमित उडानमा चासो राख्ने एयरलाइन्सलाई छलफलमा बोलाएको हो। पोखरा र भैरहवामा विमानस्थल बनेपनि नियमित अन्तर्राष्ट्रिय उडान नभएपछि सरकारको आलोचना भइरहेको छ। उडानको चासो राख्ने एयरलाइन्सलाई पनि उपेक्षा गरेको आरोप लागेपछि सरकारले चासो दिएको हो। जजिरा एयरवेज, एयर एस्ट्रा र विज एयरले पोखरा र भैरहवाबाट उडान गर्न प्रतिबद्ध रहेको भन्दै नागरिक उड्डयन प्राधिकरण, पर्यटन तथा अर्थ मन्त्रालयमा पत्राचार गरेका थिए। भर्खरै सञ्चालनमा आएका यी विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्नका लागि आधारभूत सहुलियत…
काठमाडौँ– तामाङ सेलो गीतमा अहिलेकी व्यस्त मोडल हुन् निरञ्जली लामा । पछिल्लो समय सार्वजनिक भएका अधिकांश तामाङ सेलोमा उनलाई देख्न सकिन्छ । भर्खरै मात्र विवाह बन्धनमा बाँधिएकी उनले ‘नाचौं छमछम’, ‘तरुनी’, ‘कचिला सुन’, ‘टुङुना र डम्फू’ लगायत दुई सय भन्दा बढी गीतमा अभिनय गरेकी छिन् ।
काठमाडौं। संघीय संरचनापछिको संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ। प्रदेश सरकारहरु गठन/विघटनले अस्थिर भइरहेका बेला आज सात वटै प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्न लागेका हुन्। बागमती, मधेस, गण्डकी, सुदूरपश्चिम, कर्णाली लुम्बिनी र कोसी प्रदेशले आज बजेट सार्वजनिक गर्दै छन्। संघीय सरकारले प्रदेशलाई पठाउने अनुदान शीर्षक रकममा कटौती गरेपछि प्रदेश सरकारहरुले पनि बजेटको आकार सोहीअनुसार सार्वजनिक गर्नेछन्। संघीय सरकारले दिने अनुदान कटौती र राजस्वको स्रोत पनि वृद्धि नभएका कारण गत वर्षभन्दा बजेट आकार बढाउन प्रदेश सरकारहरुलाई अप्ठेरो परेको छ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट आज ल्याउँदै…
काठमाडौं- चालु आर्थिक वर्षको अन्तिम महिना असारका लागि पनि अधिकांश बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएका छन्। विदेशी मुद्रा सञ्चिति सहज भैइ बैंकिङ प्रणालीमा तरलता बढेसँगै बैंकहरूले निक्षेपको ब्याज घटाइरहेका छ्न्। जसले गर्दा कर्जाको ब्याजदर विगत २८ महिनायताकै न्यूनतम बिन्दु १०.३४ प्रतिशत कायम भएको छ। गत वर्षको फागुनयता नै बैंकहरूले निरन्तररुपमा निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका छन्। असार महिनाका लागि ब्याजदर घोषण गरेका अधिकांश बैंकले घटाएर निक्षेपको ब्याजदर सार्वजनिक गरेका छ्न्। असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा धेरै ब्याजदर हिमालयन बैंकले दिने भएको छ। यस बैंकले जेठको तुलनामा अधिकतम ब्याजदर बढाउँदै असारका लागि ८.२५ प्रतिशत तोकेको छ। जेठको तुलनामा…
काठमाडौं । नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा उपाधि दौडबाट बाहिरिएको छ । अमेरिका र वेष्टइण्डिजमा जारी टी-२० विश्वकपमा समूह डी मा रहेको नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएसँगै सुपर-८ यात्राबाट बाहिरिएको हो । नेपाल समूह डी मा ३ खेलमा २ मा हार र १ मा नतिजाविहीन हुँदै १ अंकका साथ चौथो स्थानमा छ ।अन्तिम खेल नेपालले आइतबार बंगलादेशसँग खेल्नेछ । उक्त खेल जितेपनि ३ अंक मात्रै हुन्छ । सुपर-८ मा पुग्न ३ अंक पर्याप्त हुँदैन । दक्षिण अफ्रिका ४ खेलमा ८ अंकका साथ अपराजित रहँदै सुपर-८ मा पुगेको छ । बंगलादेश ३ खेलमा २ मा जित र १…
काठमाडौं । टी २० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध १ रनको हार व्यहोरेको छ । जितको निकै नजिक पुगेको नेपालले पीडादायी हार स्वीकार्न वाध्य भएको हो ।
