Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
चितवन, वैशाख ११ – नेपालमा वायु प्रदूषणको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको र यसले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको तथ्यहरु सार्वजनिक भएको छ । चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा आयोजित ‘नेपालमा वायु प्रदूषण: वर्तमान अवस्था र प्रभावकारी न्यूनीकरणका उपायहरु’ विषयक कार्यक्रममा विज्ञहरूले सबैलाई सचेत हुन आग्रह गरेका छन । कार्यक्रममा प्रस्तुत अनुसन्धान बिवरणहरुका अनुसार नेपालमा कुनै पनि क्षेत्रका बासिन्दा विश्व स्वास्थ्य संगठन (WHO) ले तोकेको सुरक्षित वायु गुणस्तरको मापदण्डभित्र बसोबास गर्दैनन । त्रिभुवन विश्वविद्यालय, पाटन बहुमुखी क्याम्पसका वातावरण विज्ञान विभागका उप-प्राध्यापक डा. नारायणबाबु धितालले सन् २०१९ मा सूक्ष्म कण (PM2.5) को एक्पोजरका कारण मात्रै ४८ हजार भन्दा बढीको अकाल मृत्यु भएको…
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता शिवकुमार श्रेष्ठले गोल्छालाई नक्सालबाट पक्राउ गरिएको जानकारी दिएका छन् । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवदेनको आधारमा काठमाडौं नागार्जुन नगरपालिका-८ बस्ने गोल्छालाई पक्राउ गरिएको सीआईबीको भनाइ छ । हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष गोल्छासमेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा-१ र दफा-९८ बमोजिम कसुरमा उक्त ऐनको दफा १०३ को उपदफा ३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन २०८३ ब्यूरोमा प्राप्त भएपछि वैशाख १० गते (आज)…
काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ । सीआईबीका प्रमुख मनोज केसीले गोल्छा पक्राउ परेको जानकारी दिए । सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको सेयर कारोबारको विषयमा सहयोग गरेको अभियोगमा गोल्छालाई प्रहरीले पक्राउ गरेको हो । हिमालय रि इन्स्योरेन्सको रकम दुरुपयोग गरि दीपक भट्ट, सुलभकी श्रीमती सुभी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरको व्यक्तिगत नाममा सेयर किनेर त्यसलाई राफसाफ गर्ने कार्यमा सहयोग गरेको आरोप गोल्छामाथि नेपाल धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनले लगाएको थियो । गोल्छा हिमालयन रि इन्स्योरेन्सका तत्कालीन अध्यक्ष हुन् ।…
काठमाडौं– चौतर्फी विवाद भएपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर उनले अहिले सिंहदरबारमा राजीनामा बुझाएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले आफूहरूले हटाउनुभन्दा गुरुङले आफैं मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए। त्यही सुझावका आधारमा गृहमन्त्रीले राजीनामा दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका एक शीर्षस्थ नेताले बताए। ती नेताका अनुसार गुरुङ र सभापति रवि बीच भेटवार्तामा पनि मार्ग प्रशस्त गरेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको थियो। यता प्रधानमन्त्री बालेन्द्रले पनि गुरुङलाई टेलिफोन गरेर मार्ग प्रशस्त गरिदिन आग्रह गरेका थिए। यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीले गुरुङमाथि उत्पन्न भएका विवादहरूको विषयमा अध्ययन भइरहेको बताएको छ। गुरुङले बुझाएको…
गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग व्यावसायिक साझेदार गरेको र सम्पत्ति विवरण लुकाएको आरोप लागेपछि उनले बुधबार दिउँसो राजीनामा दिएका हुन् । उनले आफूले राजीनामा दिएको विषय सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । गृहमन्त्री गुरुङ विवादमा तानिएपछि सोमबार बेलुका मात्रै प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच भेट भएको थियो । उनीहरूले अगाडि कसरी बढ्ने भनेर सल्लाह गरेका थिए । मंगलबार पनि गृहमन्त्री गुरुङले सभापति लामिछानेसँग पनि छलफल गरेका थिए । राजीनामा दिनुअघि गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग पनि छलफल गरेका थिए । जेनजी आन्दोलनपछि चर्चा आएका गुरुङ गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा-१…
४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । न्यायाधीशहरु शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानुनसम्म ठहर्याएको हो । सर्वोच्चको निर्णयसँग विशेष महाधिवेशनलाई मान्यता दिन नहुने शेरबहादुर देउवा समूहको माग अप्रत्यक्ष रुपमा अस्विकृत भएको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले निर्णयको संक्षिप्त आदेश सुनाइरहेका छन् भने सर्वोच्च अदालतले आफ्नो वेबसाइटमा पूर्णबहादुर खड्काद्वारा दायर दायर रिट खारेज भएको जनाएको छ । सर्वोच्च अदालतको यो निर्णयसँगै विशेष महाधिवेशनबाट चुनिएको अहिलेको कार्यसमितिले गर्ने कामकारवाहीले निरन्तर मान्यता पाउनेछ । शुक्रबार सभापति गगन…
काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलमार्गलाई “युद्धविरामको बाँकी अवधिसम्म” व्यापारका लागि पूर्ण रूपमा खुला राखिने घोषणा गरेपछि कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ । त्यसैगरी, अमेरिका र युरोपका सेयर बजारहरूमा वृद्धि देखिएको छ । घोषणापछि ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ९० डलरभन्दा तल झरेको छ, जबकि यसअघि यो ९८ डलरभन्दा माथि पुगेको थियो । संघर्ष सुरु हुनुअघि ब्रेन्ट कच्चा तेल करिब प्रति ब्यारेल ७० डलरभन्दा तल कारोबार भइरहेको थियो । मार्चको सुरुवातमा यसको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो र सोही महिनाको अन्त्यतिर यो ११९ डलरभन्दा बढी पुगेको थियो । सेयर बजारतर्फ पेरिसको सेयर सूचाङ्क र…
४ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । शुक्रबार सञ्चालक समिति बैठकमा श्रेष्ठले राजीनामा घोषणा गरेका हुन् । धितोपत्र ऐन अनुसार बोर्ड अध्यक्षले राजीनामा सरकार समक्ष बुझाउनुपर्छ । सोही अनुसार श्रेष्ठले शनिबार अर्थमन्त्री समक्ष राजीनामा दिने जानकारी गराएको धितोपत्र बोर्डका एक सञ्चालकले बताए । शुक्रबारको बोर्ड बैठक सकिएपछि श्रेष्ठले सञ्चालकरूलाई जानकारी दिँदै सरकारलाई सहयोग गर्न आफूले राजीनामा दिन लागेको बताएको ती सञ्चालकको भनाइ छ । श्रेष्ठलाई सरकारले १० मंसिर २०८१ मा धितोपत्र बोर्ड कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो । साथै, शुक्रबारको बैठकले हिमालयन सेक्युरिटिज अर्थात् ब्रोकर नम्बर ९६ लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पनि…
२६ चैत, माडी । यात्रुबाहक बसको ठक्करबाट माडी नगरपालिका–८, खरकट्टामा एक युवतीको ज्यान गएको छ। बिहीबार दिउँसो करिब ३ः४५ बजे भरतपुरबाट ठोरीतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ०२०४ नम्बरको बसले सडक पार गर्दै गरेकी १८ वर्षीया प्रिति परियारलाई ठक्कर दिएक हो। दुर्घटनामा (मानसिक सन्तुलनमा समस्या रहेकी) परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सोमेश्वरका अनुसार माडी–८ खरकट्टा भालुखोला पुलबाट करिब ८० मिटर पश्चिम हुलाकी राजमार्गमा उक्त दुर्घटना भएको हो। ठक्कर दिने बस र सो बसका चालक माडी–६ कल्याणपुरका ४५ वर्षीय गुप्तबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ।
चितवन । मुनलाइट बोर्डिङ स्कुल बाह्रघरेमा परीक्षा दिन गएका दुई जना विद्यार्थीको नारायणी नदीको भंगालोमा डुबेर ज्यान गएको छ । कक्षा ७ मा पढ्ने वर्ष १३/१४ वर्षका सनम रम्तेल र प्रशान्त क्षेत्री नारायणी नदीको घोल भएको भंगालोमा डुबेर मृत्यु भएका चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए । दुवै बालकको भरतपुर १६, बाह्रघरेका हुन् । उनका अनुसार आज परीक्षा चलिरहेको समयमा उनीहरू विद्यालयमा झोला राखी पौडी निस्किएका र स्कुलको सात सय मिटर दुरीमा रहेको नदीको डुबेर बेपत्ता भएको स्थानीयले जानकारी गराएका थिए । त्यसपछि उद्धार गरी भरतपुर अस्पताल ल्याइएको दुबैजनाको साढे २ बजे अस्पतालले मृत घोषणा गरेको एसपी पुरीले…
