Author: admin

काठमाडौं । नेपालको निजी क्षेत्र यतिबेला इतिहासकै गम्भीर मनोवैज्ञानिक र व्यावसायिक संकटबाट गुज्रिरहेको छ । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य खम्बाका रूपमा रहेको निजी क्षेत्रलाई सरकारले ‘सहयात्री’ भने पनि व्यवहारमा भने अपराधीको जस्तो व्यवहार गरिरहेको पछिल्ला घटनाक्रमले पुष्टि गरेका छन् । विशेषगरी वालेन्द्र शाह ‘बालेन’ को नेतृत्वमा सरकार बनेपछि सुशासन र कानुनी शासनका नाममा व्यवसायीहरूमाथि धरपकड सुरु भएको छ, त्यसले समग्र लगानीकर्ताको मनोबललाई रसातलमा पुर्‍याएको छ । यही शृङ्खलाको पछिल्लो कडीका रूपमा बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष एवं उद्योगी शेखर गोल्छालाई पक्राउ गरेको छ । उनीभन्दा अघि व्यवसायीहरू दीपक भट्ट र सुलभ…

Read More

काठमाडौं । निजी क्षेत्रका प्रमुख तीन वटा छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले पछिल्लो समय उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकप्रति गम्भीर आपत्ति जनाएका छन । उनीहरुले व्यवसायीमाथिको धरपकडप्रति आपत्ति जनाउँदै पहिले सुन, अनि मात्र थुन’ भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले शुक्रबार जारी गरेको एक संयुक्त विज्ञप्ति अनुसार अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्‍याइरहेको निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सरकारले सिर्जना गरेको छ । उनीहरुले अर्थतन्त्र,…

Read More

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका नदी किनारमा बसोबास गर्दै आएका जोखिमपूर्ण बस्तीहरूको दीर्घकालीन समाधानका लागि सुरक्षित स्थानान्तरण आवश्यक रहेको बताएका छन्। थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउनुअघि उनले वर्षौँदेखि दोहोरिँदै आएको बाढीको समस्याका सधैँका लागि अन्त्य गर्नुपर्ने बताएका छन्। देशभर लाखौँ सुकुम्बासी रहेको भन्दै अतिक्रमणकारी र सुकुम्बासी छुट्टाउने बताएका छन्। देशभरका वास्तविक सुकुम्वासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गरिने बताए। उनको भनाइ जस्ताको तस्तै–बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदी किनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य! यो वर्षौँदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति…

Read More

चितवन, वैशाख ११ – नेपालमा वायु प्रदूषणको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको र यसले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको तथ्यहरु सार्वजनिक भएको छ । चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा आयोजित ‘नेपालमा वायु प्रदूषण: वर्तमान अवस्था र प्रभावकारी न्यूनीकरणका उपायहरु’ विषयक कार्यक्रममा विज्ञहरूले सबैलाई सचेत हुन आग्रह गरेका छन । कार्यक्रममा प्रस्तुत अनुसन्धान बिवरणहरुका अनुसार नेपालमा कुनै पनि क्षेत्रका बासिन्दा विश्व स्वास्थ्य संगठन (WHO) ले तोकेको सुरक्षित वायु गुणस्तरको मापदण्डभित्र बसोबास गर्दैनन । त्रिभुवन विश्वविद्यालय, पाटन बहुमुखी क्याम्पसका वातावरण विज्ञान विभागका उप-प्राध्यापक डा. नारायणबाबु धितालले सन् २०१९ मा सूक्ष्म कण (PM2.5) को एक्पोजरका कारण मात्रै ४८ हजार भन्दा बढीको अकाल मृत्यु भएको…

Read More

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता शिवकुमार श्रेष्ठले गोल्छालाई नक्सालबाट पक्राउ गरिएको जानकारी दिएका छन् । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवदेनको आधारमा काठमाडौं नागार्जुन नगरपालिका-८ बस्ने गोल्छालाई पक्राउ गरिएको सीआईबीको भनाइ छ । हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष गोल्छासमेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा-१ र दफा-९८ बमोजिम कसुरमा उक्त ऐनको दफा १०३ को उपदफा ३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन २०८३ ब्यूरोमा प्राप्त भएपछि वैशाख १० गते (आज)…

Read More

काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ । सीआईबीका प्रमुख मनोज केसीले गोल्छा पक्राउ परेको जानकारी दिए । सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको सेयर कारोबारको विषयमा सहयोग गरेको अभियोगमा गोल्छालाई प्रहरीले पक्राउ गरेको हो । हिमालय रि इन्स्योरेन्सको रकम दुरुपयोग गरि दीपक भट्ट, सुलभकी श्रीमती सुभी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरको व्यक्तिगत नाममा सेयर किनेर त्यसलाई राफसाफ गर्ने कार्यमा सहयोग गरेको आरोप गोल्छामाथि नेपाल धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनले लगाएको थियो । गोल्छा हिमालयन रि इन्स्योरेन्सका तत्कालीन अध्यक्ष हुन् ।…

Read More

काठमाडौं– चौतर्फी विवाद भएपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर उनले अहिले सिंहदरबारमा राजीनामा बुझाएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले आफूहरूले हटाउनुभन्दा गुरुङले आफैं मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए। त्यही सुझावका आधारमा गृहमन्त्रीले राजीनामा दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका एक शीर्षस्थ नेताले बताए। ती नेताका अनुसार गुरुङ र सभापति रवि बीच भेटवार्तामा पनि मार्ग प्रशस्त गरेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको थियो। यता प्रधानमन्त्री बालेन्द्रले पनि गुरुङलाई टेलिफोन गरेर मार्ग प्रशस्त गरिदिन आग्रह गरेका थिए। यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीले गुरुङमाथि उत्पन्न भएका विवादहरूको विषयमा अध्ययन भइरहेको बताएको छ। गुरुङले बुझाएको…

Read More

गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग व्यावसायिक साझेदार गरेको र सम्पत्ति विवरण लुकाएको आरोप लागेपछि उनले बुधबार दिउँसो राजीनामा दिएका हुन् । उनले आफूले राजीनामा दिएको विषय सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । गृहमन्त्री गुरुङ विवादमा तानिएपछि सोमबार बेलुका मात्रै प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच भेट भएको थियो । उनीहरूले अगाडि कसरी बढ्ने भनेर सल्लाह गरेका थिए । मंगलबार पनि गृहमन्त्री गुरुङले सभापति लामिछानेसँग पनि छलफल गरेका थिए । राजीनामा दिनुअघि गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग पनि छलफल गरेका थिए । जेनजी आन्दोलनपछि चर्चा आएका गुरुङ गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा-१…

Read More

४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । न्यायाधीशहरु शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानुनसम्म ठहर्‍याएको हो । सर्वोच्चको निर्णयसँग विशेष महाधिवेशनलाई मान्यता दिन नहुने शेरबहादुर देउवा समूहको माग अप्रत्यक्ष रुपमा अस्विकृत भएको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले निर्णयको संक्षिप्त आदेश सुनाइरहेका छन् भने सर्वोच्च अदालतले आफ्नो वेबसाइटमा पूर्णबहादुर खड्काद्वारा दायर दायर रिट खारेज भएको जनाएको छ । सर्वोच्च अदालतको यो निर्णयसँगै विशेष महाधिवेशनबाट चुनिएको अहिलेको कार्यसमितिले गर्ने कामकारवाहीले निरन्तर मान्यता पाउनेछ । शुक्रबार सभापति गगन…

Read More

काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलमार्गलाई “युद्धविरामको बाँकी अवधिसम्म” व्यापारका लागि पूर्ण रूपमा खुला राखिने घोषणा गरेपछि कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ । त्यसैगरी, अमेरिका र युरोपका सेयर बजारहरूमा वृद्धि देखिएको छ । घोषणापछि ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ९० डलरभन्दा तल झरेको छ, जबकि यसअघि यो ९८ डलरभन्दा माथि पुगेको थियो । संघर्ष सुरु हुनुअघि ब्रेन्ट कच्चा तेल करिब प्रति ब्यारेल ७० डलरभन्दा तल कारोबार भइरहेको थियो । मार्चको सुरुवातमा यसको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो र सोही महिनाको अन्त्यतिर यो ११९ डलरभन्दा बढी पुगेको थियो । सेयर बजारतर्फ पेरिसको सेयर सूचाङ्क र…

Read More