Author: admin

काठमाडौँ । चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । नेपाल प्रहरीको बागमती प्रदेशका डीआईजी विष्णु केसीले दिएको जानकारी अनुसार उक्त शव गणपति डिलक्सका यात्रुको हो । नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शवको साथमा केही कागजात पनि भेटिएको छ । प्राप्त कागजातको आधारमा उनी भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीको भनाइ छ । ‘साह नेपालमा बसेर काम गर्थे,’ डीआईसी केसीले भने । काठमाडौँबाट रौतहटको गौरतर्फ आउने क्रममा पहिरोमा परेर बेपता भएको गणपति डिलक्समा २९ जना सवार…

Read More

भरतपुर महानगरपालिका–२८ गोलाघाटस्थित नारायणी नदीमा एक पुरुषको शव फेला परेको छ । उनको साथबाट ऋषी पाल शाह नामको ग्लोबल आइएमई बैंकको एटिएम र भारतीय आधार कार्ड फेला परेको छ । मृतकको पहिचान खुलेको छैन ।

Read More

राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतवार साँझ प्रधानमन्त्री नियुक्त गर्ने भएका छन् । आइतबार साँझ ५ बजे प्रधानमन्त्री नियुक्त गर्ने र त्यसलगत्तै साढे ५ बजे शपथको तयारी भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । आइतबार साँझ शपथको तयारी शुरू भएको शीतलनिवास स्रोतले जानकारी दियो । ‘मुख्यसचिव, राष्ट्रपति कार्यालयका सचिव र प्रधानमन्त्रीको सचिवालय (कामचलाउ प्रधानमन्त्री प्रचण्ड)बीच समन्वय गर्ने काम भइरहेको छ, आइतवार साँझ शपथ हुन्छ’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने । नेपाली कांग्रेस र नेकपा एमालेका १६६ सांसदको समर्थनमा ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि शुक्रवार नै दाबी पेश गरिएको थियो । राष्ट्रपति पौडेलले आइतबार ५ बजेसम्म…

Read More

मुम्बई । एसियाकै धनी व्यापारी मुकेश अम्बानीका कान्छो छोरा अनन्त राधिका मर्चेन्टसँग विवाह बन्धनमा बाँधिएका छन् । वरमालापछि शुक्रबार राति जियो वर्ल्ड सेन्टरमा विवाहको कार्यक्रम आयोजना गरिएको थियो । जन्ती शुक्रबार साँझ ४ः३० बजे एन्टिलियाबाट निस्किएको थियो र जियो वर्ल्ड सेन्टर पुगेको थियो । विवाह स्थलमा पुगेपछि प्रियंका चोपडा, शाहरुख खान, सलमान खान, रजनीकान्त, पहलवान जोन सीना, रणवीर सिंह, सञ्जय दत्त, जान्हवी कपूर र अर्जुन कपूर लगायत धेरै सेलेब्रिटी नाचेका थिए । कार्यक्रममा श्रेया घोषाल, सोनु निगम लगायत धेरै कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए । विवाहमा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर, पूर्व यूपी मुख्यमन्त्री अखिलेश यादव, बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद…

Read More

त्रिशुली नदीमा दुईवटा बस बेपत्ता भएपछि रौतहट र वीरगञ्जमा त्रास उत्पन्न भएको छ। आज बिहान करिब ३ः३० बजेतिर भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै लेदोसहितको पहिरोमा काठमाडांैबाट रौतहटको गौरतर्फ जांदै गरेको प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एञ्जल डिलक्स बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। बसमा रौतहट र वीरगञ्ज तथा भारतका यात्रु सवार हुँदा अहिले आफन्तमा त्रास उत्पन्न भएको छ। काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसका चालक किशोर चौधरी र कन्डक्टर ऋषि सिंहसहित ३० जना सबार थिए। कलङ्कीस्थित गणपति ट्राभल्स बस काउन्टरले दिएको जानकारी अनुसार काठमाडौंबाट रौतहटका लागि २७ जना यात्रुले…

Read More

गौर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ । काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक २७ यात्रु गरी जम्मा २९ जना थिए । दुई जना बीच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए । हामीलाई प्राप्त सो बसका यात्रुहरुको विवरण सबै यात्रुहरुको पूरा नाम र ठेगाना भने लेखिएको छैन । नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँको नाम मात्र पूरा लेखेको देखिन्छ । यसैगरी नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम,…

Read More

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई बगाएर त्रिशूली नदीमा खसालेको छ । बससहित यात्रुहरु बेपत्ता छन् । वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज बिहान करिब साढे तीन बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको थियो । रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स बसका तीन जना यात्रुहरुले पनि हामफालेर ज्यान जोगाएका छन् । सो घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत दुःख व्यक्त गर्दै खोज तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।…

Read More

काठमाडौं । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाएको दुईवटा बसमा ६५ जना यात्रु रहेको प्रारम्भिक अनुमान गरिएको छ । बागमती प्रदेशको १५१६ नम्बरको बसमा ४१ र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजलले बताए । बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । यद्यपि बसमा सवार व्यक्तिको संख्या अझ आधिकारिक थाहा नभएको डिएसपी रिजालले जानकारी दिए । उनका अनुसार बसमा सवार यात्रुको अझै उद्धार गर्न समस्या भइरहेको छ । कालिखोलामा पहिरो…

Read More

कास्की । अविरल वर्षापछि पहिरो जाँदा पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको छ । पहिरोमा दुई जना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुरिँदा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले राससलाई जानकारी दिए। पहिरोमा पुरिएर कुलबहादुरसहित उनकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको निधन भएको हो । पहिरो गएराति १०ः३० बजेको समयमा परिवारका सबै सदस्य जम्मा भएको बसेको समय खसेको बताइन्छ…

Read More

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन् ।शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिएको जानकारी गराएका छन् ।साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई हार्दिक अपिल पनि प्रधानमन्त्रीले गरेका छन् ।चितवनको सिमतालमा पहिरो जाँदा दुई बस बगाएको अनुमान प्रहरीको छ ।…

Read More