Author: admin

विश्वकै धनाढ्यमध्ये एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टले विवाह गरिसकेका छन्। उनीहरूले जुलाई १२ मा विवाह गरेका हुन्। उनीहरूको विवाहमा सहभागी हुन भारत र अन्य देशबाट थुप्रै व्यक्तिहरू आएका थिए। अनन्त र राधिकाको विवाह लगातार चर्चाको विषय बनेको छ। यसैबीच अनन्तको पहिरनको बारेमा रोचक कुरा बाहिरिएको छ। अनन्तले आफ्नो विवाहमा सुन र हिराबाट बनेको शेरवानी लगाएका थिए। भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उक्त शेरवानीको मूल्य २१४ करोड भारू हो। अनन्तले शेरवानीमा हात्तीवाला ब्रोच लगाएका थिए। जसको मूल्य १४ करोड थियो। यतिमात्र होइन अनन्तले निकै महँगो घडी पनि लगाएका थिए। उनले विवाहमा लगाएको घडीको मूल्य ५४ करोड भारू…

Read More

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिनेछ । नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय लिनेछ । मन्त्रालय भागबण्डा टुंगिएको तर व्यक्तिहरु टुंगिनसकेको दुबै दलका नेताहरुले बताएका छन् । सोमबार बिहानसम्म…

Read More

काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दाबी पेस गरेका थिए । प्रधानमन्त्री नियुक्त भएका ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ । हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :

Read More

काठमाडौँ । चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । नेपाल प्रहरीको बागमती प्रदेशका डीआईजी विष्णु केसीले दिएको जानकारी अनुसार उक्त शव गणपति डिलक्सका यात्रुको हो । नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शवको साथमा केही कागजात पनि भेटिएको छ । प्राप्त कागजातको आधारमा उनी भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीको भनाइ छ । ‘साह नेपालमा बसेर काम गर्थे,’ डीआईसी केसीले भने । काठमाडौँबाट रौतहटको गौरतर्फ आउने क्रममा पहिरोमा परेर बेपता भएको गणपति डिलक्समा २९ जना सवार…

Read More

भरतपुर महानगरपालिका–२८ गोलाघाटस्थित नारायणी नदीमा एक पुरुषको शव फेला परेको छ । उनको साथबाट ऋषी पाल शाह नामको ग्लोबल आइएमई बैंकको एटिएम र भारतीय आधार कार्ड फेला परेको छ । मृतकको पहिचान खुलेको छैन ।

Read More

राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतवार साँझ प्रधानमन्त्री नियुक्त गर्ने भएका छन् । आइतबार साँझ ५ बजे प्रधानमन्त्री नियुक्त गर्ने र त्यसलगत्तै साढे ५ बजे शपथको तयारी भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । आइतबार साँझ शपथको तयारी शुरू भएको शीतलनिवास स्रोतले जानकारी दियो । ‘मुख्यसचिव, राष्ट्रपति कार्यालयका सचिव र प्रधानमन्त्रीको सचिवालय (कामचलाउ प्रधानमन्त्री प्रचण्ड)बीच समन्वय गर्ने काम भइरहेको छ, आइतवार साँझ शपथ हुन्छ’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने । नेपाली कांग्रेस र नेकपा एमालेका १६६ सांसदको समर्थनमा ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि शुक्रवार नै दाबी पेश गरिएको थियो । राष्ट्रपति पौडेलले आइतबार ५ बजेसम्म…

Read More

मुम्बई । एसियाकै धनी व्यापारी मुकेश अम्बानीका कान्छो छोरा अनन्त राधिका मर्चेन्टसँग विवाह बन्धनमा बाँधिएका छन् । वरमालापछि शुक्रबार राति जियो वर्ल्ड सेन्टरमा विवाहको कार्यक्रम आयोजना गरिएको थियो । जन्ती शुक्रबार साँझ ४ः३० बजे एन्टिलियाबाट निस्किएको थियो र जियो वर्ल्ड सेन्टर पुगेको थियो । विवाह स्थलमा पुगेपछि प्रियंका चोपडा, शाहरुख खान, सलमान खान, रजनीकान्त, पहलवान जोन सीना, रणवीर सिंह, सञ्जय दत्त, जान्हवी कपूर र अर्जुन कपूर लगायत धेरै सेलेब्रिटी नाचेका थिए । कार्यक्रममा श्रेया घोषाल, सोनु निगम लगायत धेरै कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए । विवाहमा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर, पूर्व यूपी मुख्यमन्त्री अखिलेश यादव, बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद…

Read More

त्रिशुली नदीमा दुईवटा बस बेपत्ता भएपछि रौतहट र वीरगञ्जमा त्रास उत्पन्न भएको छ। आज बिहान करिब ३ः३० बजेतिर भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै लेदोसहितको पहिरोमा काठमाडांैबाट रौतहटको गौरतर्फ जांदै गरेको प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एञ्जल डिलक्स बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। बसमा रौतहट र वीरगञ्ज तथा भारतका यात्रु सवार हुँदा अहिले आफन्तमा त्रास उत्पन्न भएको छ। काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसका चालक किशोर चौधरी र कन्डक्टर ऋषि सिंहसहित ३० जना सबार थिए। कलङ्कीस्थित गणपति ट्राभल्स बस काउन्टरले दिएको जानकारी अनुसार काठमाडौंबाट रौतहटका लागि २७ जना यात्रुले…

Read More

गौर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ । काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक २७ यात्रु गरी जम्मा २९ जना थिए । दुई जना बीच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए । हामीलाई प्राप्त सो बसका यात्रुहरुको विवरण सबै यात्रुहरुको पूरा नाम र ठेगाना भने लेखिएको छैन । नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँको नाम मात्र पूरा लेखेको देखिन्छ । यसैगरी नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम,…

Read More

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई बगाएर त्रिशूली नदीमा खसालेको छ । बससहित यात्रुहरु बेपत्ता छन् । वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज बिहान करिब साढे तीन बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको थियो । रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स बसका तीन जना यात्रुहरुले पनि हामफालेर ज्यान जोगाएका छन् । सो घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत दुःख व्यक्त गर्दै खोज तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।…

Read More