Author: admin

काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छ, भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय…

Read More

२०८१ असोज १० गतेदेखि सुरु भएको अविरल बर्षाको कारण नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनाहरुमा खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १० हजार ५ सय ४० जना जनशक्ति परिचालित भई बाढि, पहिरो र डुवानमा परेका २ हजार ८ सय ६० जनाको सकुशल उद्धार गरेको छ भने ७६ जनाको मृत्यु, ७२ जना वेपत्ता, ३६ जना घाइते र १ सय ९५ ठाउँमा भौतिक क्षति भएको छ । उपत्यकाको काठमाडौ ललितपुर र भक्तपुर ३ वटै जिल्लामा २३ वटा बोट र गोताखोरसहित ९० स्थानमा करीब ४ हजार जनशक्ति परिचालित भई १ हजार ४ सय ५७ जनाको सकुशल उद्धार गरिएको छ भने ३४ जनाको…

Read More

पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ। यसअघि साँझ ५ बजेसम्म ६६ जनाको मृत्यु भएकोमा पछिल्ला विवरण अनुसार थप २१ जनाको मृत्यु पुष्टि भएसँगै मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको हो। सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु पुष्टि गर्दै अरु ७२ जना बेपत्ता रहेको जानकारी दिए। अरु ३६ जना घाइते भएका छन्। उनका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ। यस्तै कोशी प्रदेशमा १०…

Read More

काठमाडौं । सरकारले तत्काललाई लागि अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगन गर्ने निर्णय गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको आकस्मिक बैठकले भारी वर्षाको कारणले अहिले देखिएको समस्याको कारणले परीक्षा थोरै समयका लागि स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए। भोलिदेखि काठमाडौंमा हुने मेडिकल काउन्सिलको परीक्षा पनि यो निर्णयसँगै रद्द भएको छ । मेडिकल काउन्सिलको परीक्षाका लागि देशभरबाट काठमाडौं आएका विद्यार्थी राजमार्गहरू बन्द भएका कारण बाटोमै अलपत्र छन् । काउन्सिलले परीक्षा रद्द नगरेकोमा आलोचना भइरहेको छ । दुई दिनदेखि परेको भारी वर्षाले देशभर ठूलो जनधनको क्षति पुगेको छ।

Read More

काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए । उनका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १,…

Read More

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी पहिरोले देशभर प्रभाव पारेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बाढी र पहिरोको असर सबै तिर परेको भन्दै ३ दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको हो । यो निर्णय अनुसार आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द हुनेछ । अधिकांश विद्यालयमा अहिले परीक्षा चलिरहेको छ । ‘विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध छ ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Read More

वरिपरि उर्लिएको बाढी नै बाढी छ, बीचमा बाढीले क्षत्विक्षत् टिनको टहरो। टहरोमाथि चार थान जिन्दगी जीवनरक्षाको याचना गर्दै हारगुहार गर्दैछन्। नदी किनारमा उनीहरूलाई बचाउन तर्किव खोज्दै असिनपसिन छ। यही दृश्य आज (शनिबार) सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। दृश्य देशको राजधानी उपत्यकाको ललितपुर महानगरपालिका–१४ नखिपोटस्थित नख्खुखोलाको हो। छेउमै भव्य कान्तिपुर कलोनी छ। दृश्य शनिबार बिहानकै हो। अविरल वर्षापछि नख्खु खोलाको बाढीले बसिरहेको टहरो डुबाउँदा बिहानै टहरोमा बस्दै आएका चारजना उद्धारको याचना गर्दै छतमा बसेका थिए। झण्डै चार/पाँच घण्टासम्म छतमा बस्दा पनि उनीहरूको उद्धार हुन सकेन्। नौ बजेतिर टहरो भत्कियो। टहरोमा भएका चारैजना बाढीमा हेलिए। त्यो बाढीमा उनीहरू बगेनन्, सरकार बग्यो !…

Read More

काठमाडौँ । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी पहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ । सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको…

Read More

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. १४ स्थित नखिपोटको नख्खु खोलाले चार जनालाई बगाएको छ । खोलामा जस्ताको घरको माथि बसिरहेका दुई बच्चासहित चार जनालाई हेर्दाहेर्दै खोलाले बगाएको हो । प्रहरीले उद्धारको लागि डोरी दिएर प्रयास गरेपनि बगाएको छ । प्रहरीले डोरीमा क्यारेट पठाएर त्यसको माध्यमबाट उद्धार गर्न खोजेको थियो । त्यही क्रममा उक्त घर नै ढलेपछि उनीहरु खाेलामा परेका छन् । भिडिओ बनाउने स्थानीयले महानगरको उपस्थिति शून्य रहेको उल्लेख गरेका छन् भने आफूहरुले भन्नुपर्ने ठाउँमा सबै भनिसकेको पनि बताएका छन् । हेलिकप्टरले उद्धार गरिएको भए उनीहरुलाई सकुशल निकाल्न सकिने उनीहरुको भनाइ छ ।

Read More

चितवन । नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल डुबानमा परेको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार नारायणगढस्थित नारायणी नदीको पुलभन्दा पूर्व(उत्तरतर्फ रहेको बस्ती डुबानमा परेको हो । त्यहाँका करिब एक सय घरपरिवार डुबानमा परेको छ । वडा नम्बर २ स्थित नदी किनारका घर डुबेका हुन् । प्रहरीले डुबान क्षेत्रमा उद्धारका लागि डुंगा र स्काभेटरको प्रयोग गरिरहेको जनाएको छ । डुबानमा परेका बस्तीका स्थानीयलाई उद्धार गरेर नजिकैको स्कुलमा लगिने प्रहरीले जनाएको छ । लगातारको झरीले शनिबार बिहानबाट नारायणी नदीमा पानीको सतह ह्वावात्तै बढेको छ । नदी किनारका बासिन्दालाई सर्तकता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ…

Read More