Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: admin
काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि लामो छलफलपछिको प्रयास सफल हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिए । बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल भएको थियो । दुई देशका ऊर्जा सचिस्तरीय संयुक्त निर्देशक समितिको आज सम्पन्न छैटौँ बैठकले बिहीबार सम्झौता गर्ने निर्णय गरेको छ । सचिवस्तरीय संयन्त्रमा नेपालको तर्फबाट ऊर्जासचिव…
अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। बाढीपहिरोपछि खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालन भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी जनाको उद्धार गरिएको उनले बताए। बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ। सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ। यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले जानकारी दिए। रासस
काठमाडौं । बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या १०४ पुगेको छ । नेपाल प्रहरीका अनुसार अहिलेसम्म ६४ जनाको अवस्था अज्ञात छ । यस्तै ७३ जना घाइते छन् । प्रहरीले ३०३९ भन्दा बढीको उद्धार गरिएको जनाएको छ । प्रहरीले लामो यात्रामा निस्किनुभन्दा पहिले जानकारी लिएर मात्रै जान आग्रह समेत गरेको छ ।
काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छ, भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय…
विपद् प्रतिकार्यको लागि सशस्त्र प्रहरी बल, नेपालबाट १० हजार ५ सयभन्दा बढी सुरक्षा फौज परिचालन
२०८१ असोज १० गतेदेखि सुरु भएको अविरल बर्षाको कारण नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनाहरुमा खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १० हजार ५ सय ४० जना जनशक्ति परिचालित भई बाढि, पहिरो र डुवानमा परेका २ हजार ८ सय ६० जनाको सकुशल उद्धार गरेको छ भने ७६ जनाको मृत्यु, ७२ जना वेपत्ता, ३६ जना घाइते र १ सय ९५ ठाउँमा भौतिक क्षति भएको छ । उपत्यकाको काठमाडौ ललितपुर र भक्तपुर ३ वटै जिल्लामा २३ वटा बोट र गोताखोरसहित ९० स्थानमा करीब ४ हजार जनशक्ति परिचालित भई १ हजार ४ सय ५७ जनाको सकुशल उद्धार गरिएको छ भने ३४ जनाको…
पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ। यसअघि साँझ ५ बजेसम्म ६६ जनाको मृत्यु भएकोमा पछिल्ला विवरण अनुसार थप २१ जनाको मृत्यु पुष्टि भएसँगै मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको हो। सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु पुष्टि गर्दै अरु ७२ जना बेपत्ता रहेको जानकारी दिए। अरु ३६ जना घाइते भएका छन्। उनका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ। यस्तै कोशी प्रदेशमा १०…
काठमाडौं । सरकारले तत्काललाई लागि अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगन गर्ने निर्णय गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको आकस्मिक बैठकले भारी वर्षाको कारणले अहिले देखिएको समस्याको कारणले परीक्षा थोरै समयका लागि स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए। भोलिदेखि काठमाडौंमा हुने मेडिकल काउन्सिलको परीक्षा पनि यो निर्णयसँगै रद्द भएको छ । मेडिकल काउन्सिलको परीक्षाका लागि देशभरबाट काठमाडौं आएका विद्यार्थी राजमार्गहरू बन्द भएका कारण बाटोमै अलपत्र छन् । काउन्सिलले परीक्षा रद्द नगरेकोमा आलोचना भइरहेको छ । दुई दिनदेखि परेको भारी वर्षाले देशभर ठूलो जनधनको क्षति पुगेको छ।
काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए । उनका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १,…
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी पहिरोले देशभर प्रभाव पारेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बाढी र पहिरोको असर सबै तिर परेको भन्दै ३ दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको हो । यो निर्णय अनुसार आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द हुनेछ । अधिकांश विद्यालयमा अहिले परीक्षा चलिरहेको छ । ‘विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध छ ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
वरिपरि उर्लिएको बाढी नै बाढी छ, बीचमा बाढीले क्षत्विक्षत् टिनको टहरो। टहरोमाथि चार थान जिन्दगी जीवनरक्षाको याचना गर्दै हारगुहार गर्दैछन्। नदी किनारमा उनीहरूलाई बचाउन तर्किव खोज्दै असिनपसिन छ। यही दृश्य आज (शनिबार) सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। दृश्य देशको राजधानी उपत्यकाको ललितपुर महानगरपालिका–१४ नखिपोटस्थित नख्खुखोलाको हो। छेउमै भव्य कान्तिपुर कलोनी छ। दृश्य शनिबार बिहानकै हो। अविरल वर्षापछि नख्खु खोलाको बाढीले बसिरहेको टहरो डुबाउँदा बिहानै टहरोमा बस्दै आएका चारजना उद्धारको याचना गर्दै छतमा बसेका थिए। झण्डै चार/पाँच घण्टासम्म छतमा बस्दा पनि उनीहरूको उद्धार हुन सकेन्। नौ बजेतिर टहरो भत्कियो। टहरोमा भएका चारैजना बाढीमा हेलिए। त्यो बाढीमा उनीहरू बगेनन्, सरकार बग्यो !…
