Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
विराटनगर – प्रेस चौतारी नेपालको अध्यक्षमा प्रतिस्पर्धा गर्न निषेध गरिएपछि निवर्तमान उपाध्यक्ष राजेश राई ३८ मिनेट लामो सम्बोधनपछि बिदा भएका छन् । प्रतिनिधिहरूको उल्लेख्य समर्थन भएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले हस्तक्षेप गरेर मनोनयन नै गर्न नदिएपछि राईले अध्यक्षमण्डलको मञ्चमा पुगेर लामो सम्बोधन गरे । उनले पटक पटक आफूहरूमाथि गरिने प्रश्न अब यही अन्तिम हुनुपर्ने पनि उल्लेख गरे । प्रतिस्पर्धामा जान खोज्दा प्रहार गरिएको बताउँदै एमाले र प्रेस चौतारीमाथि होइन, आधनरभूमिमा हेर्ने वातावरण बनाउनुपर्ने बताए । ‘एमाले र प्रेस चौतारीमा राजेश राईहरूमाथिको प्रश्न अन्तिम होस्’ उनले भने, ‘हरेक सदस्यले जित्दै गर्दा अब माथितिर होइन, आधारतिर फर्किने दिन आउने छ…
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा को को सदस्य रहने भन्ने टुंगो आज लगाइने सूचना प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । आजै थप दुई सदस्य नियुक्त गरिने उनले बताए । ‘हिजो अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय भयो। अब बाँकी दुई जना सदस्य कसलाई बनाउने भन्ने कुराको टुंगो आजै लगाइँदै छ’, उनले भने । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमा एउटा सिफारिस…
काठमाडौं । फागु अर्थात होली पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार राजधानीका १ सय २१ स्थानमा सवारी जाँच गर्ने भएको छ । पर्वलाई सुरक्षित र मर्यादित बनाउन ट्राफिकले काठमाडौं, भक्तपुर र ललितपुरमा यस्तो व्यवस्था गरेको हो । ट्राफिक प्रहरीले बिहान देखि नै सवारी जाँच गर्नेका लागि १ सय २१ ट्राफिक प्रहरी परिचालन गरेको छ । उपत्यकाका तीनवटै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने र उपत्यका प्रवेश गर्ने नाकामा विशेष चेकजाँचको गर्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामा १५५ स्थानमा पिकेट ड्युटी लगाएर सुरक्षाकर्मी परिचालन गरिएको छ। अवाञ्छित गतिविधि नियन्त्रण गर्न सादा पोसाकका…
चितवन, २३ फागुन । लायन्स क्लब अफ चितवन राईजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय बढी विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको छ । विद्यार्थीको आँखा र छाला रोगको परीक्षण गरिएको हो । भरतपुर महानगरपालिका वडा नं. २९ को कविलास माविमा आज आयोजित शिविरमा मौलाकालिका अस्पताल भरतपुरका छाला रोग विशेषज्ञ डा.ज्योति विधान र रिना यादवले विद्यार्थीको छाला रोग सम्बन्धी परीक्षण गर्नुभएको थियो भने भरतपुर आँखा अस्पतालका प्राविधिकहरुले आँखा परीक्षण गर्नुभएको हो । सो अवसरमा परीक्षणपश्चात बिरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । रोयल सासा नेपाल फर्मासिटिकल्स र टाईम्स फर्मासिटिकल्सबाट प्राप्त औषधि निःशुल्क वितरण गरिएको क्लबका अध्यक्ष सूर्यमान श्रेष्ठले बताउनुभयो ।…
चितवन , माडी ,माघ २४ – नेकपा एमाले माडी नगर कमिटिको तेश्रो अधिवेशन आउँदो २६ र २७ गते माडीको बसन्तपुरमा हुने भएको छ ।नेकपा एमाले माडी नगर कमिटीले आज माडीमा पत्रकार सम्मेलनको आयोजना गरि आउदै गरेको नगर अधिवेशनको तयारी का बिषयमा जानकारी गराएको हो ।माडीको बसन्तपुर बजारस्थित पार्टी कार्यालयमा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नगर अध्यक्ष नारायण अधिकारीले नगर अधिवेशनको तयारी ९५ प्रतिशत सकिएको र अधिवेशनमा माडी क्षेत्र बाट २०८ जना प्रतिनिधिहरु चयन भइसकेको जानकारी दिनु भयो ।बसन्तपुर बजारस्थित होटल प्याराडाइजको सभाहलमा उद्घाटन र माडी क्याम्पसको सभाहलमा बन्दसत्र सञ्चालन हुने अधिवेशनमा खुलातर्फ ३७, महिलाबाट २९, युवाबाट १७, उत्पीडित समुदायबाट १६,…
काठमाडौं । स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएकाे अदालत स्राेतले जनाएकाे छ । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए । यसअघि गत बिहीबार कास्की अदालतले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
गैंडाको आक्रमणमा परी माडी–३, धोबाहामा एकजनाको मृत्यु भएको छ भने तीजना घाइते भएका छन् । बच्चा सहितको गैंडाले आक्रमण गर्दा माडी-३, बैराँठ निवासी अन्दाजी बर्ष ५० का छबिलाल बोटको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै सोही गाउँ निवासी कृष्ण महतो घाइते हुनुभएको छ । गैंडाले खुट्टामा कुल्चँदा उहाँको खुट्टा भाँचिएको छ । यो समाचार तयार पार्दासम्म उहाँलाई उपचारका लागि बघौंडा अस्पतालमा ल्याइएको छ । सोही गैंडाकै आक्रमणबाट अन्य दुईजना, माडी ३, बैराठ गाउँकै राजु बोट र हेमराज महतो सामान्य घाइते हुनुभएको छ । धोबाहा गाउँमा रिउ नदी पारीपट्टी काँसघारीमा भैंसी चराउन जाँदा उहाँहरुमाथि गैंडाले आक्रमण गरेको हो । घटनाको थप…
८ खर्ब ऋण उठाएर जनताको ७ खर्ब रूपैयाँ निक्षेप जोगाउने जिम्मेवारी राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई
काठमाडौं- जनताको अर्बौँ रूपैयाँ अपचलन भएपछि बल्ल सरकारले अध्यादेशमार्फत समाधानका केही विकल्प निकालेको छ। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेसँगै सकारलाई कार्यान्वयनको बाटो खुलेको छ।सरकारले गत मंगलबार अध्यादेशमार्फत सहकारीसम्बन्धी केही ऐन संशोधन गर्ने निर्णय गरेको थियो। जसअनुसार सहकारी ऐन २०७४, राष्ट्र बैंक ऐन २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ मा संशोधन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो। झन्डै ५ सयभन्दा बढीको संख्यामा ठूला सहकारी समस्यामा रहेका छन्।काठमाडौंमा ओरिएन्टल सहकारीमा सुरु भएको ठूलो रकम हिनामिना पछि सिभिल सहकारीमा पनि देखियो। गौतमश्री, ललितपुरमा देउराली र पूर्व धरानमा बराह, पोखरामा सूर्यदर्शनदेखि जस्ता…
गैँडाकोट, १५ पुस ः नौ बुँदे नवलपुर चितवन घोषणपत्र जारी गर्दै नेपाल उद्योग तथा व्यवसाय महासङ्घको राष्ट्रिय विस्तार बैठक सम्पन्न भएको छ । दुई दिनसम्म नवलपुरको गैँडाकोटमा बसेको महासङ्घको विस्तार भेलाले वर्तमान समयमा उद्योग क्षेत्रमा देखिएका विभिन्न बुँदाहरु समेट्दै घोषणापत्र जारी गरेको हो ।केन्द्रीय भेला संयोजक डा तिलचन्द्र भट्टराईले यहाँको भृकुटीका कागज कारखानालगायत बन्द अवस्थाका देशका सबै उद्योगलाई सरकार र निजी साझेदारीको अवधारणामा पूर्ण सञ्चालनमा ल्याउन सरकारसँग अनुरोध गर्नुभयो । व्यवसायीले राष्ट्रिय पुँजी निर्माण गर्न उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै कानुनसम्मत किसिमले व्यवसाय सञ्चालन गर्न चाहे पनि विरोधाभासपूर्ण ऐन कानुन र नियमावलीका कारण समस्या भएकाले राज्यले सहज किसिमले समस्या समाधान…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर भएको अभियोगपत्र ४२७ पृष्ठ लामो भएको पाइएको छ । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार कास्की जिल्ला अदालतमा दायर गरेको अभियोगपत्र ४२७ पृष्ठ लामो भएको हो । रातोपाटीलाई प्राप्त अभियोगपत्रअनुसार लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ । कास्कीको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणको पूरक अनुसन्धानपछि आइतबार मुद्दा दायर भएको हो । सरकारी वकिल कार्यालयका अनुसार हिनामिना एवं अपचलन भएको बिगो मध्ये मूल अभियोग पत्रमा खुलाइएको १०३५ जना बचत कर्ताहरूको जम्मा बिगो एक अरब ११ करोड ४० लाख ४५ हजार ३५ रुपैयाँ सत्र पैसा रहेको छ । यस्तै कुल बिगो १ अर्ब…
