Author: admin

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उर्जा मन्त्रालयको सिफारिशमा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए । आज नै बसेको बैठकले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेका थियो । केपी शर्मा ओलीको नेतृत्वमा बसेको सरकारले सुरुदेखि नै घिसिङलाई पदबाट हटाउन खोजिरहेको थियो । यसका लागि पटक–पटक स्पष्टीष्करणसमेत सोधिएको थियो ।

Read More

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले  अर्थदैनिक लाई जानकारी दिए । घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

Read More

काठमाडौं – नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा निवर्तमान उपाध्यक्ष गणेश पाण्डेकाे नाम घोषणा गरिएको छ । विराटनगरमा जारी महाधिवेशनका क्रममा प्रतिस्पर्धामा जान नदिई नयाँ नेतृत्व घोषणा गरिएको हो । चौतारीको महासचिवमा हिरामान लामा दोहोरिएका छन् । उपाध्यक्षमा चेतन अधिकारी आएका छन् । महिला उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट आएकी कृपा भण्डारीलाई बनाइएको छ । निवर्तमान अध्यक्ष गणेश बस्नेतले ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेका हुन् । निवर्तमान उपाध्यक्ष राजेश राईसहितलाई निर्वाचनमा जान निषेध गर्दै एमालेले चौतारीको नेतृत्व टीके प्रथामा गएर चयन गरेको हो ।

Read More

विराटनगर – प्रेस चौतारी नेपालको अध्यक्षमा प्रतिस्पर्धा गर्न निषेध गरिएपछि निवर्तमान उपाध्यक्ष राजेश राई ३८ मिनेट लामो सम्बोधनपछि बिदा भएका छन् । प्रतिनिधिहरूको उल्लेख्य समर्थन भएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले हस्तक्षेप गरेर मनोनयन नै गर्न नदिएपछि राईले अध्यक्षमण्डलको मञ्चमा पुगेर लामो सम्बोधन गरे । उनले पटक पटक आफूहरूमाथि गरिने प्रश्न अब यही अन्तिम हुनुपर्ने पनि उल्लेख गरे । प्रतिस्पर्धामा जान खोज्दा प्रहार गरिएको बताउँदै एमाले र प्रेस चौतारीमाथि होइन, आधनरभूमिमा हेर्ने वातावरण बनाउनुपर्ने बताए । ‘एमाले र प्रेस चौतारीमा राजेश राईहरूमाथिको प्रश्न अन्तिम होस्’ उनले भने, ‘हरेक सदस्यले जित्दै गर्दा अब माथितिर होइन, आधारतिर फर्किने दिन आउने छ…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा को को सदस्य रहने भन्ने टुंगो आज लगाइने सूचना प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । आजै थप दुई सदस्य नियुक्त गरिने उनले बताए । ‘हिजो अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय भयो। अब बाँकी दुई जना सदस्य कसलाई बनाउने भन्ने कुराको टुंगो आजै लगाइँदै छ’, उनले भने । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमा एउटा सिफारिस…

Read More

काठमाडौं । फागु अर्थात होली पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार राजधानीका १ सय २१ स्थानमा सवारी जाँच गर्ने भएको छ । पर्वलाई सुरक्षित र मर्यादित बनाउन ट्राफिकले काठमाडौं, भक्तपुर र ललितपुरमा यस्तो व्यवस्था गरेको हो । ट्राफिक प्रहरीले बिहान देखि नै सवारी जाँच गर्नेका लागि १ सय २१ ट्राफिक प्रहरी परिचालन गरेको छ । उपत्यकाका तीनवटै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने र उपत्यका प्रवेश गर्ने नाकामा विशेष चेकजाँचको गर्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामा १५५ स्थानमा पिकेट ड्युटी लगाएर सुरक्षाकर्मी परिचालन गरिएको छ। अवाञ्छित गतिविधि नियन्त्रण गर्न सादा पोसाकका…

Read More

चितवन, २३ फागुन । लायन्स क्लब अफ चितवन राईजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय बढी विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको छ । विद्यार्थीको आँखा र छाला रोगको परीक्षण गरिएको हो । भरतपुर महानगरपालिका वडा नं. २९ को कविलास माविमा आज आयोजित शिविरमा मौलाकालिका अस्पताल भरतपुरका छाला रोग विशेषज्ञ डा.ज्योति विधान र रिना यादवले विद्यार्थीको छाला रोग सम्बन्धी परीक्षण गर्नुभएको थियो भने भरतपुर आँखा अस्पतालका प्राविधिकहरुले आँखा परीक्षण गर्नुभएको हो । सो अवसरमा परीक्षणपश्चात बिरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । रोयल सासा नेपाल फर्मासिटिकल्स र टाईम्स फर्मासिटिकल्सबाट प्राप्त औषधि निःशुल्क वितरण गरिएको क्लबका अध्यक्ष सूर्यमान श्रेष्ठले बताउनुभयो ।…

Read More

चितवन , माडी ,माघ २४ – नेकपा एमाले माडी नगर कमिटिको तेश्रो अधिवेशन आउँदो २६ र २७ गते माडीको बसन्तपुरमा हुने भएको छ ।नेकपा एमाले माडी नगर कमिटीले आज माडीमा पत्रकार सम्मेलनको आयोजना गरि आउदै गरेको नगर अधिवेशनको तयारी का बिषयमा जानकारी गराएको हो ।माडीको बसन्तपुर बजारस्थित पार्टी कार्यालयमा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नगर अध्यक्ष नारायण अधिकारीले नगर अधिवेशनको तयारी ९५ प्रतिशत सकिएको र अधिवेशनमा माडी क्षेत्र बाट २०८ जना प्रतिनिधिहरु चयन भइसकेको जानकारी दिनु भयो ।बसन्तपुर बजारस्थित होटल प्याराडाइजको सभाहलमा उद्घाटन र माडी क्याम्पसको सभाहलमा बन्दसत्र सञ्चालन हुने अधिवेशनमा खुलातर्फ ३७, महिलाबाट २९, युवाबाट १७, उत्पीडित समुदायबाट १६,…

Read More

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएकाे अदालत स्राेतले जनाएकाे छ । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए । यसअघि गत बिहीबार कास्की अदालतले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

Read More

गैंडाको आक्रमणमा परी माडी–३, धोबाहामा एकजनाको मृत्यु भएको छ भने तीजना घाइते भएका छन् । बच्चा सहितको गैंडाले आक्रमण गर्दा माडी-३, बैराँठ निवासी अन्दाजी बर्ष ५० का छबिलाल बोटको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै सोही गाउँ निवासी कृष्ण महतो घाइते हुनुभएको छ । गैंडाले खुट्टामा कुल्चँदा उहाँको खुट्टा भाँचिएको छ । यो समाचार तयार पार्दासम्म उहाँलाई उपचारका लागि बघौंडा अस्पतालमा ल्याइएको छ । सोही गैंडाकै आक्रमणबाट अन्य दुईजना, माडी ३, बैराठ गाउँकै राजु बोट र हेमराज महतो सामान्य घाइते हुनुभएको छ । धोबाहा गाउँमा रिउ नदी पारीपट्टी काँसघारीमा भैंसी चराउन जाँदा उहाँहरुमाथि गैंडाले आक्रमण गरेको हो । घटनाको थप…

Read More