Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
Author: admin
काठमाडौं । नेपालका प्रमुख ११ इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत गराएर नयाँ महशुल दर सार्वजनिक गरेका छन् । ग्राहकसँग लिने नयाँ महशुल दर दूरसञ्चार प्राधिकरणले स्वीकृति दिएसँगै सम्बन्धित सेवाप्रदायले ग्राहकबाट लिन पाउने शुल्क र इन्टरनेटको गतिसमेत सार्वजनिक भएको छ । प्राधिकरणको अद्यावधिक विवरणअनुसार इन्टरनेट कम्पनीहरूले तीव्र गतिको इन्टरनेटतर्फ ग्राहक आकर्षित गर्न न्यूनतम मूल्यमा विभिन्न ब्यान्डविथका प्याकेजहरू तय गरेका हुन् । यसरी नयाँ दर सार्वजनिक गर्नेमा वर्ल्डलिंक, भायोनेट, सुबिसु, नेपाल एयरलिंक, पोखरा इन्टरनेट, एभरेष्ट वायरलेस, फर्स्टलिंक, निम्बल नेटवर्क, इनोभेटिभ कम्युनिकेसन, स्विफ्ट नेट र एननेट रहेका छन्। स्वीकृत नयाँ दरअनुसार बलियो बजार हिस्सा बनाउने सेवाप्रदायकले उच्च…
काठमाडौं । चितवनको टिकौली जंगलमा सडक दुर्घटनाबाट वन्यजन्तु जोगाउने उद्देश्यले करिब २ किलोमिटर लामो फ्लाइओभर-भायाडक्ट निर्माण हुने भएको छ । पूर्व–पश्चिम राजमार्गको हेटौंडा–नारायणगढ खण्ड स्तरोन्नतिको योजनाअन्तर्गत टिकौली जंगलमा सवारीसाधन माथिबाट र वन्यजन्तु तलबाट आवतजावत गर्न सक्ने गरी फ्लाइओभर निर्माण गर्न लागिएको हो । यसका लागि सडक विभागअन्तर्गत आयोजना निर्देशनालय (एडीबी) ले हेटौंडाको राप्तीपुलदेखि चितवनको गोद्राङसम्मको करिब ७० किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिका लागि ग्लोबल टेण्डर आह्वान गरेको छ । लामो समयदेखि दुई लेनमा सञ्चालन हुँदै आएको यो सडक अब चार लेनमा विस्तार गर्न लागिएको छ । एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोग तथा नेपाल सरकारको लगानीमा सञ्चालन हुने आयोजनाको…
काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार भएका सञ्जय साहको परिवारमा अहिले खुसीको सीमा छैन। लामो समयसम्म सञ्जय जीवितै छन् भन्ने आशामा बसेका परिवारले केही दिनपछि भने उनको सकुशल उद्धार हुने आशा कमजोर हुँदै गएको बताएको छ । सञ्जयका मामा ऋषिदेव साह काठमाडौंमै थिए । बुधबार शुक्रबार सञ्जयलाई सुरुङबाट जीवितै उद्धार गरिएको खबर उनले सञ्चारमाध्यमबाट थाहा पाए । त्यसपछि घरबाट फोन आएपछि उनी तत्काल छाउनी अस्पताल पुगे । अस्पताल पुगेर सञ्जयलाई प्रत्यक्ष देखेपछि मात्रै आफूलाई उद्धारको खबर साँच्चिकै भएको अनुभूति भएको उनले बताए। नेपाल न्यूज बैंकसँग कुरा गर्दै ऋषिदेवले भने, ‘सञ्जय साह मेरो भान्जा पर्छन् । म…
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६ सय १६ पुगेको छ । नेपाल प्रहरीले आज बिहानसम्ममा ६ सय १६ जनाको शव फेला परेको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २ सय ३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १ सय ५८ र नवलपरासी पश्चिम ४७ जनाको शव फेला परेको जानकारी दिए । ‘यसपछिको तथ्याङ्क भने सङ्कलन भइरहेको छ, खोजी तथा उद्धार कार्यलाई निरन्तर रूपमा अगाडि बढाएका छौँ,’ उनले भने । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा राख्ने,…
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले विश्व राजनीतिमा देखिएका तनाव र अनिश्चितताका बाबजुद नेपालको आन्तरिक अर्थतन्त्र क्रमशः सुधारोन्मुख रहेको देखाएको छ। समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति औसत २.६६ प्रतिशतमा सीमित भई नियन्त्रणमै रहेको र विदेशी विनिमय सञ्चिति १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी बलियो अवस्थामा रहेको उल्लेख छ। यसैगरी बैंक तथा वित्तीय क्षेत्रमा पर्याप्त तरलता रहेका कारण निक्षेप र कर्जाको ब्याजदर घट्दो क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ। राष्ट्र बैंकले अर्थतन्त्रलाई थप चलायमान बनाउन घर कर्जाको सीमा ३ करोड रुपैयाँ पुर्याएको, व्यक्तिगत ओभरड्राफ्टको सीमा १ करोड कायम…
भरतपुर, २२ असार ।पत्रकार तथा लेखक विनोदबाबु रिजालको दोस्रो कृति ‘नैबेद’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ । यसअघि लकडाउन डायरी `एकान्तबास’ प्रकाशित गरिसकेका रिजालको नयाँ कृतिलाई शिखा बुक्सले प्रकाशन गरेको हो । पुस्तकको लोकार्पण अक्षर समूह चितवनले आइतबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा सम्पन्न भयो । लेखक रिजालका बुवाआमा तथा छोराछोरीसँगै कवि भूपिन, एक्सपर्ट चितवनका मेनेजर नरहरि पौडेल ‘किरण’ र अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए । विमोचनपछि कवि भूपिनले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै ‘नैबेद’ समकालीन नेपाली समाजका विविध संकट र यथार्थलाई केन्द्रमा राखिएको सशक्त कथासङ्ग्रह भएको बताए । उनका अनुसार यस सङ्ग्रहका कथाले मनोरञ्जनभन्दा बढी…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको सय दिन पुग्न थालेको छ । १३ चैतमा गठन भएको सरकारले सय दिनमा सय काम गर्ने भनेर १०० शासकीय सुधार कार्ययोजना सार्वजनिक गरेर काम थालेकोमा यो अवधिमा सुशासन र सेवा प्रवाहमा सरकार निर्मम देखिएको छ । निवर्तमान प्रधानमन्त्रीदेखि मन्त्री र वहालवाला कर्मचारीसँग पक्राउ गरी भ्रष्टाचारविरुद्ध तीव्र कारवाही चलाइरहेको छ । २१ असारमा सय दिन पार गर्ने तरखरमा रहेको सरकारले सय बुँदे कार्ययोजनामध्ये ९९ बुँदामा अधिकांश काम सम्पन्न गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्यसम्पादन प्रतिवेदनमा धेरै काम सम्पन्न भइसकेको, केही प्रक्रियामा रहेको देखिन्छ । …
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन उदघाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहले संयुक्त रुपमा गर्ने छन् । भरतपुरको गेष्टहाउस चौरमा हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । उदघाटन समारोह स्थललाई रवि र बालेनको तस्वीरसहित सजाइएको छ । प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ । महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ । ‘रास्वपाले १८ उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँट गरेको…
चितवनमा अक्सफोड कलेजको गाडीले साइकल यात्रीलाई ठक्कर दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका १६ विजयनगर चोकमा आज अपरान्ह साइकल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको भरतपुर महानगरपालिकाका कार्यपालिका सदस्य गोपाल दराईले बताउनुभयो । उहाँका अनुसार अहिले सो ठाउँको अवस्था तनावग्रस्त छ । दराईका अनुसार चालकले मापसे सेवन गरेर चलाएका कारण दुर्घटना भएको भन्दै स्थानीयले विरोध गरेका छन । आक्रोशित स्थानियले गाडी तोडफोड गरेका छन । घटनको थप विवरण आउन बाँकी छ ।
काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । उनलाई अहिले ललितपुर प्रहरीको हिरासतमा रहेको एसपी गौतम मिश्रले जानकारी दिए । उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो । उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउनमै उजुरी परेको थियो । अनुसन्धानको क्रममा खाता जाँच गर्दा ठूलो रकमको कारोबार भेटिएपछि सम्पत्ति शुद्धीकरणको पनि अनुसन्धान अघि बढाइएको थियो । सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका थिए ।…
