Author: admin

काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेस सडकमा पनि निस्किएको छ । निरन्तर सदन अवरुद्ध आइरहेको कांग्रेसले भ्रातृ संगठनहरूलाई सडकमा उतारेको हो । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने, संसदीय समिति बनाइनुपर्ने, बचतकर्ताको रकम फिर्ता गर्नुपर्नेलगायतका माग तरुण दलको छ । माइतीघरमा भेला भएका तरुण कार्यकर्ताको र्‍याली बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो । आजै बिहान नेविसंघले त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको थियो । राज्यको मिलोमतोमा गृहमन्त्रीलाई जोगाउन खोजेको कांग्रेसका भ्रातृ संगठनको आरोप छ । महामन्त्री गगन थापाले सदनबाट मात्रै नभए सहकारी पीडितहरूको पक्षमा कांग्रेस सडकमा जान तयार…

Read More

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा सबै प्रक्रिया सकेर न्यायाधीशले फैसलाको तयार गरेका छन् । केही बेरमै फैसला आउने अदालत स्रोतले बतायो । आज दुवैतर्फबाट बहस सकिएपछि न्यायाधीशले सीसीटीभी फुटेज देखाउन आदेश गरेका थिए । सन्दीप र गौशाला २६ होटलभित्र पसेको र बाहिरिएको फुटेज उनीहरूले हेरेका छन् । अहिले ५ बजे अगाडि नै फैसला आउन सक्ने बताइएको छ ।

Read More

टिकटकबाट उदाएकी मोडल गरिमा शर्मालाई अहिले म्युजिक भिडियो र फिल्ममा काम गर्न भ्याइनभ्याइ छ । फिल्म ‘लण्डन टू पेरिस’, ‘राजमहल’, ‘दौ‌तरी’ मा उनलाई देख्न पाइने भएको छ । पछिल्लाे समय उनी म्युजिक भिडियोमा ‍अझै व्यस्त छिन् ।

Read More

काठमाडाैँ- क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी रहेको छ। बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दा सुनुवाइ गर्न आज (जेठ १ गते)का लागि पेसी तोकिएको हो। सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले आज सन्दीपको मुद्दा पेसी सूचीको पहिलो नम्बरमै रहेको जानकारी दिए। ‘हाम्रो मुद्दा पहिलो नम्बरमै छ, आज सुनुवाइ हुनेमा विश्वस्त छौँ’, उनले भने। यसअघि पाँचपटक पेसी तोकिएर पनि सुनुवाइ सरिरहेको छ। अधिवक्ता घिमिरेका अनुसार अब सन्दीप पक्षमा बहस गर्ने कानुन व्यवसायीको संख्या १२ पुगेको छ। गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ। उक्त…

Read More

काठमाडौँ– सुनिसा बजगाई रङ्मञ्च र मोडलिङ क्षेत्र दुवैमा सक्रिय छिन् । पछिल्लो समय उनी टेलिफिल्महरुमा समेत व्यस्त छिन् । उनले केही समयअघि मात्र ‘तितो सत्य’मा बालकलाकारको भूमिकाबाट चर्चा कमाएका राज आचार्यसँग विवाह गरेकी थिइन् । उनले ‘रुपाकृ’, ‘मार्क्स फर्किए’ लगायतका नाटकहरुमा अभिनय गरेकी छिन् ।

Read More

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई १९० वटा सुझाव दिएको छ। सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि १९० वटा सुझाव दिएको बताएका हुन्। उनले आगामी बजेटका लागि सातै प्रदेशबाट संकलित सुझावको आधारमा अर्थ मन्त्रालयलाई सुझाव दिइएको पनि बताए। उनले राष्ट्र बैंकले सातै प्रदेशमा प्रि –बजेट सुझाव संकलन गरेर अर्थ मन्त्रालयलाई बुझाएको बताए। पर्यटनसँग सम्बन्धित १९ वटा, कृषि, पशु, वनसँग सम्बन्धित २५, उद्योगका १० गरी मौद्रिक र बैंकिङसँग सम्बन्धित गरी १९० सुझाव अर्थ मन्त्रालयलाई दिएको उनले बताए। उनले भने,‘प्रदेशका समस्याहरु समाधान गर्ने…

Read More

सरकारले जेठ १ अर्थात् मंगलबार वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी अघि बढिरहँदा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गरिरहेको छ । समिति नबनेसम्म संघीय संसदका दुवै सदनको कामकारबाही अघि बढ्न नदिने अडानमा कांग्रेस यथावत छ। सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सरकारले संसदीय छानबिन समिति गठन नगरे संसदको कामकारवाही अघि बढ्न नदिने निर्णय गरेको थियो। यसले राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रस्तुत गर्ने गरी कार्यतालिका बनेको सरकारको नीति तथा कार्यक्रम नै प्रभावित हुने देखिएको छ । सोही…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदी माथि बन्न लागेको पुलको शिलान्यास गरेका छन् । पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको सो पुलको बिहान एक कार्यक्रमकाबीच प्रधानमन्त्रीले शिलान्यास गरेका हुन् । अत्याधुनिक प्रविधिमा आधारित सो पुल केबल स्टेट ब्रिजमा आधारित रहेको बताइन्छ । सडक विभागको पुल महाशाखाले पुल निर्माणको काम सुरु गरेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार एक वर्ष पुलको डिजाइन निर्माण र त्यसपछिको तीन वर्ष पुल निर्माणको अवधि तय गरिएको छ । अहिले भएको नारायणी नदीको पुल भन्दा पूर्व तर्फ सो पुल निर्माण हुने छ । चार…

Read More

इन्टरनेट सेवा प्रदायकहरुले सर्वोच्च अदालतको फैसलाअनुसार कर तिर्न सरकारले सहजीकरण गर्नुपर्ने बताएका छन्। सरकारले मर्मतसम्भार शुल्कमा लगाएको रोयल्टी र आरटीडीएफ तिर्नुपर्ने अवस्था आए पनि किस्ताबन्दीलगायतको सुविधा दिनुपर्ने उनीहरुको माग छ। मर्मतसम्भार शुल्कमा रोयल्टी र आरटीडीएफ तिर्नुपर्ने कानुनी व्यवस्था नभएको भन्दै वर्ल्डलिंक सर्वोच्च पुगेको थियो। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नहकुल सुवेदीको संयुक्त इजलासले वर्ल्डलिंकले सरकारविरुद्ध दायर गरेका ८ वटै रिट आइतबार खारेज गरिदिएको थियो। ‘दूरसञ्चार ऐन तथा नियमावलीमा कतै पनि मर्मतसम्भार शुल्कमा रोयल्टी र आरटीडीएफ तिर्नुपर्ने व्यवस्था छैन’, एक इन्टरनेट सेवा प्रदायकले भने, ‘अब सर्वोच्च अदालतले नै दुवै कर तिर्नुपर्छ भनेपछि तिर्दैनौँ भन्न मिलेन।’ नेपालमा सञ्चालित सबै इन्टरनेट सेवा…

Read More

चितवन र नवलपरासी जोड्ने ‘सिग्नेचर ब्रिज’को सोमबार शिलान्यास भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणी नदीमाथि बन्ने पुलको शिलान्यास गरेका हुन्। पुलको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले चालू आर्थिक वर्षमा मात्र १४९ भन्दा बढी पुल निर्माण गरिसकेको बताए। अहिले सडक विभागअन्तर्गत काठमाडौँको ग्वार्कोमा ‘फ्लाइओभर’को निर्माणकार्य भइरहेको र पृथ्वी राजमार्गको मादी, सेती नदी लगायतका नदीहरूमाथि ‘सिग्नेचर’ पुलहरू निर्माण भइरहेका प्रधानमन्त्री दाहालको भनाइ छ। पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने प्रधानमन्त्रीको विश्वास छ। ‘सवारी चाप सम्बोधन हुनेछ, यसले सवारी समयको बचत हुनेछ। सबैभन्दा महत्वपूर्ण यसको निर्माणसँगै सडकको ‘कार्यक्षमता’ वृद्धि हुनेछ’,…

Read More