Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, १५ घाइते
- विद्युत प्राधिकरण भरतपुरका प्रमुखमाथि हातपात , कार्यकक्ष तोडफोड
- विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
- कुलमानलाई पदबाट हटाउने सरकारको निर्णय
- निर्वाचन निषेध गरिएको प्रेस चौतारी अध्यक्षमा पाण्डे, महासचिवमा लामा दोहोरिए
- राजेश राईले चौतारीको महाधिवेशन हल छोड्दा प्रतिनिधिहरूको रूवाबासी
- अनेरास्ववियु चितवन ईन्जिनियरिङ क्याम्पसको अध्यक्षमा बसन्ती तामाङ
- राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ चितवनको अध्यक्षमा विष्णु सापकोटा चयन
Author: admin
काठमाडौं – पूर्वगभर्नर एवम् राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले लगानी सम्मेलनबाट अपेक्षाकृत उपलब्धि हासिल गर्न लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन नदिन सरकार सजग हुनुपर्ने बताएका छन् । आइतबारदेखि काठमाडौंमा सुरु हुन लागेको तेस्रो लगानी सम्मेलनको पूर्व सन्ध्यामा क्षेत्रीले भने, ‘लगानीकर्तालाई सम्मेलनमा अन्तरक्रियाको सिलसिलामा के कुरामा आश्वस्त पार्न सक्नुपर्छ भने हामीले जे कुरा बोलिरहेका छौं, त्यो कुरा अक्षरशः कार्यान्वयन गर्छौं । अहिले नै हामीले उनीहरुसँग गरेका प्रतिज्ञाअनुसार सुविधा दिने वातावरण छ भन्ने अनुभूति दिलाउन सक्नुपर्छ ।’ लगानीकर्ताको चित्त बुझ्यो भने मात्र लगानी गर्न तयार हुने उल्लेख गर्दै योजनाविद् क्षेत्रीले लगानीका लागि विश्वासको वातावरण ‘ग्यारेन्टी’ गर्न सुझाव दिए । ‘लगानीकर्ता आफ्नो…
इलाममा आजै मतगणना सुरू गर्ने तयारी गरिएको छ। इलामका प्रमुख निर्वाचन अधिकृत केशवकुमार घिमिरेले सबै मतदानस्थल र केन्द्रमा मतगणना सम्पन्न भएको र आजै बेलुकादेखि मतगणना सुरू गर्ने तयारी रहेको जानकारी दिए। ‘अहिले मुचुल्का गर्ने र मतपेटिका जम्मा पार्ने काम भइरहेको छ, प्रक्रिया पूरा गरी आजैदेखि मतगणना सुरू गरौं भन्ने छ,’ उनले भने। मतपेटिका ल्याउन अप्ठ्यारो नभएको र सबै केन्द्रहरूमा सडकबाटै मतपेटिका ल्याउन सकिने भएकाले आजै गणना सुरू गर्न सम्भव रहेको पनि उनले बताए। इलाम-२ को मतगणना सदरमुकामस्थित सिटी हलमा हुनेछ। त्यहाँ तारजालीदेखि सिसी क्यामेरासम्म सबै पूर्वाधारसहित मतगणनास्थललाई सुरक्षित बनाइएको उनले घिमिरेले जानकारी दिए। Laxmi bank’मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक गरी…
काठमाडौँ- देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकका अधिकारीहरूले बैंक सञ्चालककै कमजोरीका कारण लगानी विस्तार हुन नसकेको टिप्पणी गरेका छन्। सञ्चालकहरू लगानीमा उदासीन हुँदा बैंकमा पैसा थुप्रिएको उनीहरूको आरोप छ। राष्ट्र बैंकका अनुसारा बैंकहरूमा ६ खर्ब ७१ अर्ब लगानीयोग्य रकम जम्मा भएको छ। राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले तत्काल यो रकम लगानी हुने सम्भावना नभएको बताए। बैंक सञ्चालकले राष्ट्र बैंकको नीतिगत कानुनलाई सामान्य रूपमा लिएको आरोप भट्टको छ। ‘बैंकिङ क्षेत्र अर्थतन्त्रको जिम्मेवार निकाय हो। यस क्षेत्रसँग पैसा मात्र होइन, अन्य सबै विषय जोडिएको हुन्छ। जसका कारणका बैंकको पैसा चलायमान हुनुपर्छ’, उनले भने। राष्ट्र बैंकको ‘बैंक सुपरीवेक्षण प्रतिवेदन, २०२२-२३’ मा पनि बैंक सञ्चालकहरू लगानीका…
पौने २ अर्ब आम्दानी गुमाएपछि इजरायलबाट निगमको न्यारोबडी जहाज भाडाकै इन्जिनमा काठमाडौं फर्कंदै
काठमाडौं- गत १० गते नै नेपाल आउने भनिएको नेपाल एयरलाइन्सको नाइन एन एकेएक्स न्यारोबडी जहाज पुन: ५ दिन ढिला गरी आज शनिबार राति १० बजे काठमाडौं आइपुग्ने भएको छ। अप्रिल २२ मा नै जहाज नेपाल ल्याउने भन्दै सबै चालकदलका सदस्य इजरायल पुगेका थिए। तर अन्तिम समयमा जहाजको पार्किङ ब्रेकमा समस्या देखिएपछि थप पाँच दिन रोकिएको थियो। यो जहाज नोभेम्बर ३० देखि ग्राउन्डेड थियो। १ सय ४६ दिन पछि जहाज पुन: भाडाकै इन्जिन राखेर इजरायलबाट नेपाल आउन लागेको हो।जहाजमा सन् २०२३ को जुनमा बिग्रिएर मर्मत गरिएको इन्जिन राखिएको छ। नोभेम्बर ३० मा बिग्रिएको इन्जिन झिकेर त्यसको सट्टामा जुनमा बिग्रिएर मर्मत गरेको इन्जिन…
इलाम – इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले आचारसंहिताको उल्लङ्घन गरेका छन् । उनले निर्वाचन चिह्न अंकित घण्टीको लोगो भएको ब्याच लगाएर मतदान गरेको फोटो सार्वजनिक भएको हो । लगतै केन्द्रीय निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा खबर गरेको थियो । त्यसपछि लिम्बूले मतदान गरेको स्थान माङसेबुङ-२, दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको ‘ख’ केन्द्रमा सोधपुछ भएको थियो । त्यसपछि लिम्बूलाई तत्काल स्पष्टीकरण सोधेर उनले लगाएको ब्याच फुकाल्न लगाइएको बताइएको छ । तर लिम्बूले मतदान गरेको करिब एक घण्टापछि मात्र उक्त कार्य गरिएको हो । निर्वाचन आंचारहिताको १८ नम्बर बुँदाको ‘क’ मा राजनीति दल…
इलाम-२ र बझाङ १ (१) मा आज उपनिर्वाचन हुँदै छ। रिक्त एक प्रतिनिधि सभा र एक प्रदेश सभा सदस्यको पदपूर्तिका लागि दुई निर्वाचन क्षेत्रमा आज मतदान हुन लागेको हो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्धक्क भएर मतदानमा भाग लिन अपिल पनि गरेको छ । इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा हुन लागेको प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा सहभागी हुन आयोगले अपिल गरेको हो । यी दुवै स्थानको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम…
अर्थ मन्त्रालयले हाल कायम रहेको ब्रोकर कमिशन घटाउनको लागि नेपाल धितोपत्र बोर्डलाई स्वीकृति प्रदान गरेको छ । २०८१ वैशाख १२ गते मन्त्रिस्तरीय निर्णय गर्दै अर्थमन्त्री वर्षमान पुनले बोर्डको प्रस्ताव बमोजिम ब्रोकर कमिशन घटाउन बोर्डलाई स्वीकृति प्रदान गरेका हुन् । धितोपत्र बोर्डको २०८० कार्तिक १ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको ब्रोकर कमिशनमा समग्रमा १० प्रतिशत घटाउने निर्णय गरेर स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो। रमेश हमाल धितोपत्र बोर्डको अध्यक्ष हुँदै उनले कमिशन घटाउने निर्णय गरेर मन्त्रालयमा स्वीकृतिको लागि पठाउने निर्णय गरेका थिए। लामो समयपछि अर्थ मन्त्रालयले घटेको ब्रोकर कमिशन कार्यान्वयनको लागि बाटो खोलिदिएको हो । कहिले…
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमीटेड(नेपाल टेलिकम)ले आफ्नो वित्तीय स्वास्थ्यमा गम्भीर असर पर्ने गरी एकैपटक २० अर्ब बढी नवीकरण दस्तुर सरकारलाई बुझाउने निर्णय गरेपछि कर्मचारीदेखि सेयर लगानीकर्ताहरुसम्ममा तरङ्ग उत्पन्न भएको छ ।टेलिकमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले अन्य विकल्प नभएको निश्कर्ष निकाल्दै लाइसेन्स नवीकरणबापत सरकारलाई एकैपटक २० अर्ब १३ करोड २७ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेको हो । यो निर्णयपछि टेलिकमभित्र सक्रिय कर्मचारी युनियन आन्दोलित भएका छन् भने कम्पनीको वित्तीय स्वास्थ्यमा गम्भीर असर पर्ने भयले सेयर लगानीकर्तामा पनि त्रास देखिएको छ । पछिल्लो समय त्यसै पनि टेलिकमको आम्दानीमा निरन्तर गिरावट आइरहेको छ । इन्टरनेटको बढ्दो विकासका कारण…
काठमाडौं- १६ औँ योजना निर्माणको अन्तिम चरणमा रहेको राष्ट्रिय योजना आयोगले नेपाली अर्थतन्त्रको सीमान्त पुँजी उत्पादन अनुपात (आईकोर) ४.७७:१ हुने अनुमान गरेको छ। राष्ट्रिय विकास समस्या समाधान समितिको वृहत बैठकमा १६ औँ योजनाका बारेमा प्रस्तुती दिँदै आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले सीमान्त पुँजी उत्पादन अनुपातमा उल्लेखनीय सुधार नहुने अनुमान गरेका छन्। एउटै अवधिमा उत्पादन वा प्रतिफल वृद्धि हुनका लागि आवश्यक पुँजीको वृद्धि हो। अर्थात् १ रुपैयाँले उत्पादन बढाउनका लागि कति रुपैयाँ पुँजी लगानी बढाउनुपर्छ भन्ने यस्तो अनुपातले तय गर्छ। नेपालको सीमान्त पुँजी उत्पादन अनुपात ४.७७ हुनु भनेको १ रुपैयाँको वृद्धिका लागि ४ रुपैयाँ ७७ पैसा चाहिन्छ भन्नु हो। एउटै वर्षमा हुने…