Author: admin

चितवन , बैशाख २१ – चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुविधा सम्पन्न बाटो र माडीका विभिन्न समस्याहरूको सामाधानका लागि माडीवासी एकजुट भएका छ्न । विभिन्न समयमा प्रधानमंत्री तथा मन्त्रीहरू समक्ष राखिएको प्रस्ताव कार्यान्वयन नभएपछि संयुक्त चरणबद्ध आन्दोलनको तयारीका लागि उनिहरु एकजुट भएका हुन । माडीलाई माया गर्ने र माडीसंग जोडिएका सम्पर्क मंचहरू र समृद्धिका लागि युवा अभियान माडीको संयुक्त आयोजनामा विभिन्न स्थानमा छलफल भएपछी समितिको निर्माण गर्न भोलि बैशाख २२ गते माडीको बसन्तपुरमा सर्बदलिय , सर्बपक्षिय भेलाको आयोजना गरिएको छ । हाल देखिएको उपलब्धीलाई कार्यान्वयन सम्म पुर्याउन पहल गर्दै राष्ट्रिय निकुंज भित्रको बाटो र माडीका विभिन्न समस्याहरु समाधानका लागि आन्दोलन परिचालन…

Read More

काठमाडौँ —सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले इन्टरेनेट सेवा पहिलेकै गतिमा सञ्चालन गर्न पहल भइरहेको बताएकी छन् । उनले इन्टरनेट सेवामा आएको समस्याबारे नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले गृहकार्य सुरु गरिसकेको जानकारी दिइन् । ‘एनटीएले इन्टरनेट गति बढाउन गृहकार्य गरिरहेको छ,’ कान्तिपुरसित मन्त्री शर्माले भनिन्, ‘इन्टरनेट सेवामा आएको समस्या समाधान हुनेछ ।’ वर्ल्डलिङ्क, सुबिसु लगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकको नेटवर्कको गति कम भएपछि देशव्यापी रुपमा असर गरेको छ । मन्त्री शर्माले भारतको ब्याण्डविथ खरिदबारे समस्या भए अरु विकल्प खोजी गरिने बताए । ‘हामी अरु विकल्पबाट इन्टरनेटलाई पूरानै गतिमा ल्याइने छ,’ उनले भनिन् । निजी इन्टरनेट सेवा प्रदायकहरूले मर्मत सम्भार शीर्षक…

Read More

विराटनगर । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत इलाम २ को मतगणना सकिएको छ । १९ जना उम्मेदवार रहेको यस क्षेत्रमा एमालेका सुहाङ नेम्वाङ विजयी बने । जित्ने दाबी गरिएका उम्मेदवार रास्वपाका मिलन लिम्बूले भने जमानत जोगाउन सकेनन् । उनले ५ हजार ५० भोटमात्र ल्याए । प्रतिनिधि सभा सदस्य ऐनअनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ । कूल ६९ हजार ३७४ भोट गणना हुँदा यस क्षेत्रमा ६८ हजार ४७२ भोट सदर भएको छ । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ ।

Read More

विराटनगर । इलाम २ बाट फेरि नेकपा एमालेले जित निकालेको छ । एमालेका सुहाङ नेम्वाङले बुवा सुवासचन्द्रको विरासत धान्दै प्रतिनिधिसभा सदस्यमा इन्ट्री मारेका छन् । उनले नेपाली कांग्रेसका डम्बर खड्कालाई हराए । गत वर्षको चुनावमा माओवादी, नेकपा एससँग गठबन्धन गरेर चुनाव लडेका खड्का सुवाससँग १४४ मतको झिनो अन्तरले पराजित भएका थिए । अहिले भने अझ फराकिलो अन्तरले उनै सुवासका छोरा सुहाङले डम्बरलाई स्तब्ध पारेका छन् । सुहाङ-डम्बरबीचको मतान्त्रर ५ हजार ८३० भोट छ । सुहाङले २७ हजार ७७२ भोट प्राप्त गर्दा कांग्रेसका खड्का २१ हजार ९४२ भोटमा रोकिए । २०७९ मा सुवासले ३० हजार २० भोट ल्याएका थिए । खड्काले…

Read More

इलाम–२ को उपचुनाव अन्तर्गत् जारी मत गणनामा नेकपा (एमाले) ले ५ हजार ३०२ मतले अग्रता लिएको छ। एमाले उम्मेदवार सुहाङ नेम्वाङले १४ हजार ६१३ मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ९ हजार ३११ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम रहेका छन्। उनले ८ हजार ५७० मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले २ हजार ५७ मत प्राप्त गरेका छन्।इलाम–२ मा अहिलेसम्म फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ र माइ नगरपालिकाको ६, ७ र ८ नम्बर वडाको मत गणना भइसकेको छ। देउमाइ नगरपालिकाको मतगणना भइरहँदा अहिलेसम्म त्यहाँ ३५ हजार…

Read More

इलाम–२ को प्रतिनिधि सभा उपचुनावअन्तर्गत् जारी मत गणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले ३९६० को अग्रता लिएका छन्। माई नगरपालिकाको वडा नम्बर ६ को मत गनिसक्दा सुहाङले ११ हजार ६१९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ६५९ मत ल्याएर सुहाङलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम छन्। उनले ७ हजार ४५२ मत प्राप्त गरेका छन्।चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ५९६ मत ल्याएका छन्। १ लाख १५ हजार ८८९ मतदाता मध्ये शनिबार भएको चुनावमा ६९ हजार २८७ जनाले मतदान गरेका थिए। इलाममा अहिलेसम्म २९ हजार १५२ सदर…

Read More

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो अपडेटअनुसार २१ हजार ८५४ मत गनिसक्दा एमालेको सुहाङ नेम्वाङ ८८९८ मतसहित अगाडि छन् । उनलाई कांग्रेसका डम्बर खड्काले ६२८० मतले पछ्याइरहेका छन् । उनीहरुबीच २६१८ मतको फरक छ । त्यस्तै, पहिचान पक्षधरका डकिन्द्र सिंह थेगिमले ४६३४ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले १३०५ मत ल्याएका छन् ।

Read More

इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११ सयभन्दा बढी मतले अग्रता लिएका छन्। फाकफोकथुम गाउँपालिकाका सातवटै वडाको गणना सकिँदा नेम्वाङले ४४१३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। यो कुल सदर मत ९५२४ को ४६ प्रतिशतभन्दा बढी हो। नेम्वाङलाई प्राप्त मत उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको तुलनामा ११५५ ले बढी छ। खड्काले ३२५८ मत ल्याएका छन्। यो कुल सदर मतको ३४ प्रतिशतभन्दा बढी हो। ‘मूढा’ चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिम लिम्बू तेस्रो स्थानमा छन्। उनले ९६३ मत ल्याएका छन्।त्यस्तै, चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ६४५ मत ल्याएका छन्।…

Read More

काठमाडौँ । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार फाकफोकथुम गाउँपालिका १, २, ३, ४, ५ र ६ नतिजा प्रकाशित भएको छ । जसअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार १ मतको अग्रता बनाएका छन् । उनले ३७८३ मत पाउँदा कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले २७८२ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ७८४ मत पाएका छन् भने रास्वपाका मिलन लिम्बुले ५६१ पाएका छन् ।

Read More

काठमाडौँ । आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलनमा सम्बोधन गर्ने क्रममा राजनीतिक नेतृत्व एकजुट देखिएको छ । सबैजसो प्रमुख राजनीतिक दलका नेतृत्व सम्मेलनमा सहभागी थिए । सम्मेलनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने देखिएनन् । नेकपा एमालेबाट पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा सम्मेलनमा सम्बोधनका लागि पुगेका थिए । सम्मेलनको उद्घाटनसत्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए । ‘लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘हालैमात्र व्यवसाय र लगानी सम्बन्धी विभिन्न कानुन परिमार्जन भएका छन् ।’ यसबाट नेपालमा विदेशी लगानी र स्वदेशी…

Read More