Author: admin

विराटनगर । शनिवार मतदान भएका इलामका सबै मतदान केन्द्रबाट रातीसम्ममा मतपेटिका आइपुगेका छन् । राती बिहानको २ बजे राति सम्म ७९ जटा मतदान स्थल र १४९ वटै मतदान केन्द्रको मतपेटिका गणना स्थल आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बाटोका कारण मतपेटिका ल्याउन ढिलाइ भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाम बजारमा रहको गौतम बुद्ध हल (सिटी हलमा) मतगणनाको तयारी भएको छ । हिजोबाटै मतगणनाको तयारी भए पनि अबेरसम्म मात्रै मत पेटिका आइपुग्ने भएपछि अहिले बिहान ७ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ । अहिले सर्वदलीय बैठकको तयारी भइरहेको छ । इलाममा १ लाख १५ हजार ८८९…

Read More

चितवन । नेकपा एमाले चितवनले जिल्लामा एकीकृत विकासको आवश्यकता पहिचान गरि चितवनलाई समृद्ध बनाउने योजना निर्माणको लागि एक कार्यदल गठन गरेको छ ।जिल्लामा भएका सात स्थानीय तहमध्ये सबैले फरक फरक कार्ययोजनासहित अघि बढ्दा समग्र जिल्लाको विकास योजना एकीकृत रुपले अघि बढ्न नसक्ने निक्र्यौल गर्दै पार्टीको १५ औँ जिल्ला कमिटी बैठकले कार्यदल बनाउने निर्णय गरेको हो ।अहिले चितवनको भरतपुर महानगरमा घुमौँ भरतपुर २०२४ चलिरहेको छ । यस्ता पर्यटकीय, विकासका गतिविधिले अरु स्थानीय तहलाई पनि जोडेर अघि बढाउन सक्नुपर्छ, नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले भने, — समग्र जिल्लाको आर्थिक, सामाजिक, भौतिक लगायत विकासको लागि नेकपा एमालेले तथ्यगत अध्ययनपछि दीर्घकालीन योजनाको रणनीति…

Read More

विराटनगर । इलाम क्षेत्र नम्बर २ मा भएकाे प्रतिनिधिसभा निर्वाचनको मतगणना भोलि मात्रै हुने भएको छ । निर्वाचन आयोगले आज मध्यरातिबाट भएपनि मतगणना सुरु गर्ने बताएको भएपनि गणना स्थलमा मतपेटिका आउन ढिलाइ भएपछि भोलिबाट मात्रै गणना सुरु हुने भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भोलि बिहान सर्वदलीय बैठक बोलाएको छ । मत गणना सुरु हुनु अघि बस्ने बैठक बिहान ७ बजेका लागि बोलाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबले बताए । उनका अनुसार मतगणना समबन्धि समन्वय बैठक भोलि बिहान ७ बजे बोलाइएको छ । बैठकपछि मतगणना सुचारु हुने छ । इलाम २ मा ६० प्रतिशत मत खसेको छ ।…

Read More

चितवन , बैशाख १५ – चितवनको माडी नगरपालिका वडा नम्बर ८ दक्षिण अयोध्यापुरीकि एक क्यान्सर पिडित बालिकाको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । माडी नगरपालिका वडा नम्बर ८ का दिलिप अधिकारीकि ५ बर्षकि छोरी समृद्धि अधिकारीको आर्थिक अभाबका कारण उपचारमा समस्या भएको हो । करिव ५ महिना अगाडी बालिका बिरामी भै भरतपुरका विभिन्न अस्पतालमा परिक्षण गर्दै जादा रगतको क्यान्सर देखिएको पारिवारिक श्रोतले जनाएको छ । बालिकाको उपचारका क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साइन्सेस ( पुरानो मेडिकल कलेज ) चितवन मेडिकल कलेज , बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल हुँदै लामो समय भारत स्थित दिल्लिमा रहेको राजिव गान्धी क्यान्सर…

Read More

टी–२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा टेस्ट राष्ट्र वेस्ट इन्डिज को ‘ए’ टोलीलाई नेपालले हराउँदा शनिवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रौनक बेग्लै थियो । करिब २० हजार नेपाली दर्शकले एकैसाथ खुसी मनाएका थिए । कतिपय समर्थकले त रुखमा चढेर खेल हेरेका थिए । तीमध्ये अधिकांश युवा थिए । कप्तान रोहित पौडेलको उत्कृष्ट शतकीय पारीका साथ नेपालले बलियो टोली वेस्ट इन्डिज ‘ए’विरुद्ध सनसनीपूर्ण जीत हासिल गरेको हो । २०५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले टेस्ट टोली वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको हो । नेपालले २ बल बाँकी छँदै ६ विकेट गुमाएर २०५ रनको लक्ष्य पूरा गर्न सफल भयो । पाँच खेलको…

Read More

विराटनगर । इलाम क्षेत्र २ मा ५७ प्रतिशतमात्रै मत खसेको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ५७ प्रतिशत मत खसेको हाे । उनले ६६ हजार मत खसेको बताए । सो क्षेत्रमा १ लाख १५ हजार ८८ मतदाता रहेका छन् । इलामका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ६० प्रतिशत मत खस्ने अनुमान गरिएको भए पनि कम मत खसेकाे बताए । इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा भएको १९ जना उम्मेदवार रहेका छन् । उनीहरूमध्ये १२ जना दलका तर्फबाट उम्मेदवार छन् । बाँकी स्वतन्त्र उम्मेदवार छन् । उम्मेदवारमध्ये एमालेका सुहाङ नेम्बाङ र कांग्रेसका डम्बर खड्काबीच प्रतिस्पर्धा हुने अनुमान…

Read More

काठमाडौं – पूर्वगभर्नर एवम्‌ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले लगानी सम्मेलनबाट अपेक्षाकृत उपलब्धि हासिल गर्न लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन नदिन सरकार सजग हुनुपर्ने बताएका छन्‌ । आइतबारदेखि काठमाडौंमा सुरु हुन लागेको तेस्रो लगानी सम्मेलनको पूर्व सन्ध्यामा क्षेत्रीले भने, ‘लगानीकर्तालाई सम्मेलनमा अन्तरक्रियाको सिलसिलामा के कुरामा आश्वस्त पार्न सक्नुपर्छ भने हामीले जे कुरा बोलिरहेका छौं, त्यो कुरा अक्षरशः कार्यान्वयन गर्छौं । अहिले नै हामीले उनीहरुसँग गरेका प्रतिज्ञाअनुसार सुविधा दिने वातावरण छ भन्ने अनुभूति दिलाउन सक्नुपर्छ ।’ लगानीकर्ताको चित्त बुझ्यो भने मात्र लगानी गर्न तयार हुने उल्लेख गर्दै योजनाविद् क्षेत्रीले लगानीका लागि विश्वासको वातावरण ‘ग्यारेन्टी’ गर्न सुझाव दिए । ‘लगानीकर्ता आफ्नो…

Read More

इलाममा आजै मतगणना सुरू गर्ने तयारी गरिएको छ। इलामका प्रमुख निर्वाचन अधिकृत केशवकुमार घिमिरेले सबै मतदानस्थल र केन्द्रमा मतगणना सम्पन्न भएको र आजै बेलुकादेखि मतगणना सुरू गर्ने तयारी रहेको जानकारी दिए। ‘अहिले मुचुल्का गर्ने र मतपेटिका जम्मा पार्ने काम भइरहेको छ, प्रक्रिया पूरा गरी आजैदेखि मतगणना सुरू गरौं भन्ने छ,’ उनले भने। मतपेटिका ल्याउन अप्ठ्यारो नभएको र सबै केन्द्रहरूमा सडकबाटै मतपेटिका ल्याउन सकिने भएकाले आजै गणना सुरू गर्न सम्भव रहेको पनि उनले बताए। इलाम-२ को मतगणना सदरमुकामस्थित सिटी हलमा हुनेछ। त्यहाँ तारजालीदेखि सिसी क्यामेरासम्म सबै पूर्वाधारसहित मतगणनास्थललाई सुरक्षित बनाइएको उनले घिमिरेले जानकारी दिए। Laxmi bank’मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक गरी…

Read More

काठमाडौँ- देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकका अधिकारीहरूले बैंक सञ्चालककै कमजोरीका कारण लगानी विस्तार हुन नसकेको टिप्पणी गरेका छन्। सञ्चालकहरू लगानीमा उदासीन हुँदा बैंकमा पैसा थुप्रिएको उनीहरूको आरोप छ। राष्ट्र बैंकका अनुसारा बैंकहरूमा ६ खर्ब ७१ अर्ब लगानीयोग्य रकम जम्मा भएको छ। राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले तत्काल यो रकम लगानी हुने सम्भावना नभएको बताए। बैंक सञ्चालकले राष्ट्र बैंकको नीतिगत कानुनलाई सामान्य रूपमा लिएको आरोप भट्टको छ। ‘बैंकिङ क्षेत्र अर्थतन्त्रको जिम्मेवार निकाय हो। यस क्षेत्रसँग पैसा मात्र होइन, अन्य सबै विषय जोडिएको हुन्छ। जसका कारणका बैंकको पैसा चलायमान हुनुपर्छ’, उनले भने। राष्ट्र बैंकको ‘बैंक सुपरीवेक्षण प्रतिवेदन, २०२२-२३’ मा पनि बैंक सञ्चालकहरू लगानीका…

Read More

काठमाडौं- गत १० गते नै नेपाल आउने भनिएको नेपाल एयरलाइन्सको नाइन एन एकेएक्स न्यारोबडी जहाज पुन: ५ दिन ढिला गरी आज शनिबार राति १० बजे काठमाडौं आइपुग्ने भएको छ। अप्रिल २२ मा नै जहाज नेपाल ल्याउने भन्दै सबै चालकदलका सदस्य इजरायल पुगेका थिए। तर अन्तिम समयमा जहाजको पार्किङ ब्रेकमा समस्या देखिएपछि थप पाँच दिन रोकिएको थियो। यो जहाज नोभेम्बर ३० देखि ग्राउन्डेड थियो। १ सय ४६ दिन पछि जहाज पुन: भाडाकै इन्जिन राखेर इजरायलबाट नेपाल आउन लागेको हो।जहाजमा सन् २०२३ को जुनमा बिग्रिएर मर्मत गरिएको इन्जिन राखिएको छ। नोभेम्बर ३० मा बिग्रिएको इन्जिन झिकेर त्यसको सट्टामा जुनमा बिग्रिएर मर्मत गरेको इन्जिन…

Read More