भरतपुर, मंसिर ३। सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुरको विज्ञान विभागको आयोजनामा बी.एस्सी. प्रथम वर्ष (२०८३) मा नवभर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ। विज्ञान विभागका विभागीय प्रमुख रविराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गर्दै बी.एस्सी. कार्यक्रमअन्तर्गत सञ्चालन हुने शैक्षिक विषयहरू, अध्ययन–अध्यापन प्रक्रिया तथा विषयगत करियरका सम्भावनाबारे जानकारी गराइएको थियो।

कार्यक्रममा क्याम्पसको शैक्षिक वातावरण, नियमित पठनपाठनको समयतालिका, विद्यार्थीका लागि निर्धारित पोसाक (ड्रेस कोड) तथा क्याम्पसका विभिन्न शैक्षिक गतिविधिबारे जानकारी प्रदान गरिएको थियो। साथै, विज्ञान विषयअन्तर्गत बी.एस्सी. वातावरण विज्ञान, बी.एस्सी. रसायनशास्त्र र बी.एस्सी. वनस्पतिशास्त्र अध्ययन गर्ने विद्यार्थीहरूका लागि उपलब्ध उच्च शिक्षा, रोजगारी तथा व्यावसायिक अवसरहरूबारे समेत प्रकाश पारिएको थियो।

कार्यक्रममा वातावरण विज्ञान विषयका उपप्राध्यापक ध्रुव आचार्यले बी.एस्सी. कार्यक्रम, क्याम्पसका शैक्षिक तथा अतिरिक्त गतिविधि र विषयगत करियर काउन्सेलिङसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले विज्ञान विषयको अध्ययनबाट प्राप्त गर्न सकिने शैक्षिक, अनुसन्धानमूलक तथा व्यावसायिक अवसरहरूबारे विद्यार्थीहरूलाई जानकारी गराउनुभएको थियो।

यसैबीच, पुनः प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएसँगै भर्ना हुन बाँकी रहेका विद्यार्थीहरूका लागि सीमित सिटमा भर्ना खुला रहेको जानकारीसमेत गराइएको थियो। औपचारिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएसँगै मंसिर ४ गतेदेखि नियमित पठनपाठन सुरु हुने जानकारी दिइएको छ।

कार्यक्रममा विज्ञान विभागका विभागीय सदस्यहरू, नवप्रवेशी विद्यार्थीहरू तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई क्याम्पसको शैक्षिक प्रणाली, अध्ययनका विषय तथा भावी करियरका अवसरबारे प्रारम्भिक जानकारी प्रदान गर्नुका साथै क्याम्पस जीवनमा सहज रूपमा समायोजन हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version