चितवन, भदौ २२ – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका चितवन माडिका इन्जिनियर विमल काफ्लेको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ । आज परेको १३औँ दिनको पुण्यतिथिका अवसरमा काफ्ले परिवारले उहाँ पढेको माडि ८ स्थित जनजिवन माध्यामिक विद्यालय लाइ अक्षयकोषबापत रु दुई लाख ५५ हजार ४२९ हस्तान्तरण गरेको हो ।

स्वर्गीय काफ्लेका बुबा महोदत्त काफ्ले र उहाँको परिवारले जनजीवन माध्यमिक विद्यालय माडीका प्रधानाध्यापक अमृता केसी र शिक्षक रामप्रसाद भण्डारीलाई सो रकम वराबरको चेक हस्तान्तरण गर्नुभएको हो । कक्षा १० सम्म सोहि विद्यालयमा प्रथम हुँदै आएका काफ्लेको सम्झनामा स्थापना गरिएको अक्षयकोषबाट विद्यालय प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गर्ने गरी कोष स्थापना गर्न रकम हस्तान्तरण गरिएको बुबा महोदत्तले बताउनुभयो ।

काफ्लेको शव भदौ १२ गते नवलपुरस्थित गैँडाकोट नगरपालिका–७ गैरीमा भेटिएको थियो । उहाँको परिवार भरतपुर महानगरपालिका–७ प्रेमबस्तीमा बस्दै आएको छ । उहाँ माथिल्लो त्रिशूली थ्री ‘बी’ ३७ मेघावाटमा सिभिल इन्जिनियरका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version