तनहुँ, जेठ १९ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, दुलेगौंडा शाखाले मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा स्वर्गीय बीमित दिनेश बहादुर भुजेल थापाको बीमा बापतको मृत्यु दाबी रकम रु. १२ लाख ३४ हजार हकवाला भिम बहादुर घर्तीलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका गण्डकी प्रदेश प्रमुख छविलाल पौडेल, दुलेगौंडा शाखा प्रमुख सुनील तिमिल्सिना, अभिकर्ता, शुभेच्छुक तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख पौडेलले वर्तमान समयमा प्राकृतिक विपत्ति, दुर्घटना तथा विभिन्न जोखिमहरू बढ्दै गइरहेको अवस्थामा जीवन बीमा प्रत्येक परिवारको आर्थिक सुरक्षाको आधार बनेको बताउनुभयो। उहाँले बीमाले विपत्तिको समयमा परिवारलाई आर्थिक सहारा प्रदान गर्ने भएकाले सबैले आफ्नो आवश्यकता अनुसार बीमा गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी शाखा प्रमुख तिमिल्सिनाले कम्पनीले बीमित तथा उनीहरूको परिवारप्रति उत्तरदायी रहँदै छिटो र प्रभावकारी रूपमा दाबी भुक्तानी सेवा प्रदान गर्दै आएको बताउनुभयो। उहाँले जीवन बीमाले बचत र सुरक्षासँगै भविष्यप्रतिको जिम्मेवारी बहन गर्न सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो।
बीमित स्वर्गीय दिनेश बहादुर भुजेल थापाले बीमा योजनाको चार किस्ता मात्र भुक्तानी गर्नुभएको अवस्थामा असामयिक निधन भए पनि कम्पनीले सम्झौताअनुसार पूर्ण मृत्यु दाबी रकम भुक्तानी गरेको जनाएको छ।
