चितवन , जेठ ११- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखा द्वारा विमा सचेतना , अन्तरक्रिया तथा छलफल कार्यक्रम चितवनको माडी बसन्तपुरमा सम्पन्न गरेको छ । माडी नगरपालिका वडा नम्बर ५, वडा नम्बर ७ टोल बिकास संस्था तथा माडी बहुमुखी क्याम्पसका सहभागीहरु सम्मीलित प्रतिनिधीहरु लाई तालिम दिइएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिती चितवनका सदस्य बाबुराम सुवेदी प्रमुख अतिथी तथा माडी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष गणेश घताने , वडा नम्बर ७ का अध्यक्ष चन्द्राकुमारी वानिया बिशिष्ठ अतिथि र सामाजिक अगुवा भागिरथ बस्याल, होमस्टे संघ नेपालका बागमती प्रदेश उपाध्यक्ष जितबहादुर चापागाइ लगायत अतिथी रहनु भएको थियो ।

उदघाटन कार्यक्रमका प्रमुख अतिथी सुवेदीले बिमा सचेतना कार्यक्रमले बिमाको महत्त्व , यस बाट हुने फाइदा र माडी क्षेत्रमा विमाको अबस्था जानकारी गराउदै जीवन बिमा अपरिहार्य रहेको बताउनु भयो । सोही कार्यक्रममा बडा नम्बर ५ का अध्यक्ष घतानेले घर , सम्पतिको बिमा अनिवार्य गर्ने हाम्रो समाजले आफ्नो बिमा गर्न र जीवन बिमा लाई सकारात्मक रुपमा अझै हेर्न नसकेको बताउनु भयो । सोही कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष बानियाँले यस्ता किसिमका बिमा सचेतनाले स्थानीयबासी जागरुक हुने र चेतनाका लागि आफू र आफ्नो वडा सधै सहकार्य गर्न तत्वर रहेको बताउनु भयो ।

सहभागी तथा स्थानीयवासीका तर्फ बाट सामाजिक अगुवा भागिरथ बस्यालले विमाले मानवीय क्षेती रोक्न सहयोग पुर्याउनुका साथै घातक रोगहरुको उपचारमा बिमा कम्पनीले गर्ने सहयोगले उपचारमा सहज हुने बताउदै जीवन विमाको महत्त्व बुझ्न सबैमा अनुरोध गर्नु भयो । सचेतना कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सिबियो शिव कुमार कार्की र नारायणगढ शाखाका प्रमुख गोकर्ण बहादुर कार्किले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा विमाका फाइदा तथा भबिष्यमा यसले गर्ने रक्षा तथा आबश्यकताका बारेमा छलफल गरिएको थियो । करिब ७० जना सहभागी रहेको कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर लक्ष्मी लामिछाने स्वागत तथा सभापतित्व सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी माडी टिम प्रमुख स्वस्तिका नेपाल र कार्यक्रमको संचालन एमडी आरटी तथा सिनियर एजेन्सी म्यानेजर लक्ष्मण गौतमले गर्नु भएको थियो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version