काठमाडौं, २८ वैशाख – राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा सचिव चुडामणि पौडेल ले जानकारी दिएका छन् ।
गत वर्षको तुलनामा यसपटक नतिजामा उल्लेखनीय सुधार देखिएको छ । अघिल्लो वर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने यस वर्ष ४.१७ प्रतिशतले नतिजा सुधारिएको बोर्डले जनाएको छ ।
सरकारले परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको थियो । सोहीअनुसार यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने नयाँ व्यवस्था लागू गरिएको थियो । यही व्यवस्थाका कारण परीक्षा सम्पन्न भएको २९ दिनमै नतिजा सार्वजनिक गर्न सम्भव भएको बोर्डको भनाइ छ ।
एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए । सहभागीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र तथा ७ जना अन्य विद्यार्थी रहेका थिए ।
यस वर्ष देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरिएको थियो । साथै जापानस्थित एभरेस्ट स्कुलबाट समेत २३ जना विद्यार्थी परीक्षामा सहभागी भएको बोर्डले जनाएको छ ।
नतिजा सार्वजनिक भएसँगै परीक्षा बोर्ड परिसर तथा विभिन्न अनलाइन प्लेटफर्महरूमा विद्यार्थी र अभिभावकहरूको चहलपहल बढेको छ । धेरै विद्यार्थीहरू आफ्नो भविष्यको शैक्षिक यात्राको पहिलो महत्त्वपूर्ण खुड्किलो पार गरेको भन्दै खुसी व्यक्त गरिरहेका छन् ।
📌 यसरी हेर्न सकिन्छ एसईईको नतिजा:
📱 SMS / IVR सेवा:
▪️ नेपाल टेलिकम — १६००
▪️ जानकी टेक्नोलोजी — ३५००१
▪️ एम्बिसन गुरु — ३१०६१
🌐 वेबसाइटमार्फत:
▪️ SEE Official Website
▪️ NEB Official Website
▪️ NTC SEE Result
▪️ eKantipur SEE Result
▪️ EduSanjal SEE Result
▪️ Khalti App
यसपटक परीक्षा सकिएको २९ दिनमै नतिजा सार्वजनिक गरिएको हो । विद्यार्थीहरूले SMS, IVR तथा वेबसाइटमार्फत आफ्नो रिजल्ट हेर्न सक्नेछन् ।
📌 Result Check:
▪️ 1600 – NTC
▪️ 35001 – Janaki Technology
▪️ 31061 – Ambition Guru
▪️ see.gov.np / neb.gov.np
