चितवन , बैशाख २० – चितवनको माडी नगरपालिका वडा नम्बर ७ देवेन्द्रपुर स्थाही बसोबास भई हाल भरतपुर–७ कृष्णपुर मर्स्याङदी टोलमा बस्दै आउनुभएकी सुनिता कार्की लाई टोलवासिले आर्थिक सहयोग गरेका छ्न । टोलमा रहेकी सुनिता लाई बोनम्यारो क्यान्सर रोग देखिएपछी केही दिन अगाडी दिल्लिको राजिव गान्धी अस्पतालमा बोनम्यारो टान्सप्लान्ट गरिएपछि उनको उपचारमा कमि हुन नदिन टोलबासिले आर्थिक सहयोग गरेका हुन ।

सुनिताको उपचारका क्रममा अहिलेसम्म करिव ३५ लाखभन्दा बढी खर्च भइसकेको थप उपचारका लागि आर्थिक अभाब भएको भन्दै परिवारले अनुरोध गरेपछी आर्थिक संकलन अभियान लाई तिब्र बनाइएको हो । आर्थिक सहयोगका लागि भरतपुर ७ स्थित मर्स्याङदी टोल बिकास संस्था , मर्स्याङदी आमा समूह र मर्स्याङदी टोल दाजुभाइ समुहले समेत संयुक्त रुपमा टोलमा आर्थिक रकम संकलन गरि परिवार लाई हस्तान्तरण गरिएको छ ।

टोलमा घरदैलो गरि संकलन गरिएको नगद रु २ लाख २० हजार ६ सय ८१ रुपैयाँ र टोलबासीहरुले अभियानको खातामा सिदै जम्मा गरेको १ लाख ६१ हजार ५ सय १० रुपैया गरि कुल ३ लाख ८२ हजार १ सय ९१ रुपैया आमा गितादेबी कार्की ढकाल र भाइ सुदन ढकाल लाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रम पछि अभियानमा हाल सम्म सहयोग पुर्याउनु हुने सबै प्रती टोल बिकास संस्थाका अध्यक्ष माधब रेग्मिले धन्यवाद ज्ञापन गर्नु भयो । उपचार प्रक्रिया जारी रहेको र बिरामीको स्वास्थ्य अबस्था राम्रो हुँदै गएको बताउदै हाल लाई टोलमा रकम संकलनको काम स्थगित गरिएको उहाँले बताउनु भयो ।

सुनिता कार्कीको केही दिन पहिले भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा आफ्नै भाइ सुदन ढकाल बाट बोनम्यारो टान्सप्लान्ट गरिएको हो । हाल उनको स्वास्थ अबस्था सुधार हुँदै गएपछी उपचार प्रक्रिया जटिल र लामो हुने भएपछी उपचारका लागि आर्थिक समस्या हुन नदिन अभियान संचालन गरिएको हो । यसै बिच माडीका आफन्त तथा युवाहरु मिलेर केही दिन अगाडी बाट सामाजिक संजाल मार्फत सुनिता कार्की बचाउ अभियान सुरु गरेपछी अहिले दैनिक देश र बिदेश बाट दैनिक सहयोग रकम जुटदै गएको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version