चितवन , बैशाख १४ – चितवनको माडी नगरपालिका वडा नम्बर ७ देवेन्द्रपुर स्थाही बसोबास भई हाल भरतपुर–७ कृष्णपुर मर्स्याङदी टोलमा बस्दै आउनुभएकी सुनिता कार्की लाई बोनम्यारो क्यान्सर रोग देखिएपछी उपचारका लागि आर्थिक सहयोग अभियान तिब्र पारिएको छ ।
उपचारका क्रममा अहिलेसम्म करिव ३५ लाखभन्दा बढी खर्च भइसकेको थप उपचारका लागि आर्थिक अभाब भएको भन्दै परिवारले अनुरोध गरेपछी आर्थिक संकलन अभियान लाई तिब्र बनाइएको हो । बिरामी सुनिता कार्कीको केही दिन पहिले भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा आफ्नै भाइ सुदन ढकाल बाट बोनम्यारो टान्सप्लान्ट गरिएको हो । हाल उनको स्वास्थ अबस्था सुधार हुँदै गएपछी उपचार प्रक्रिया जटिल र लामो हुने भएपछी उपचारका लागि आर्थिक समस्या हुन नदिन अभियान संचालन गरिएको हो । यसै बिच माडीका आफन्त तथा युवाहरु मिलेर केही दिन अगाडी बाट सामाजिक संजाल मार्फत सुनिता कार्की बचाउ अभियान सुरु गरेपछी अहिले दैनिक देश र बिदेश बाट सहयोग रकम जुटदै गएको बिरामी सुनिताका काका प्रेम बहादुर ढकालले बताउनु भयो ।
अभियान बाट हाल सम्म करिव ५ लाख रुपैया सहयोग संकलन भएको जनाइएको छ । त्यस्तै आर्थिक सहयोगका लागि हाल भरतपुर ७ स्थित मर्स्याङदी टोल बिकास संस्था , मर्स्याङदी आमा समूह र मर्स्याङदी टोल दाजुभाइ समुहले समेत संयुक्त रुपमा टोलमा आर्थिक रकम संकलन सुरु गरेको छ । आइतबार बाट सुरु गरिएको अभियानमा हाल सम्म करिव ६० हजार रुपैया सहयोग आएको टोल बिकास संस्थाका अध्यक्ष माधब रेग्मिले बताउनु भयो । रकम संकलनको काम केही दिन जारी राख्ने उहाँले बताउनु भयो । यसैबिच बिरामी लाई सामान्य अबस्थामा फर्काउन निरन्तर रूपमा प्लेटलेट्स र रगतको अत्यन्त आवश्यकता परेको जनाइएको छ।
अहिलेको अवस्थामा दैनिक ३–४ पोका रगत/प्लेटलेट चढाउनुपर्ने भएको तर अस्पतालमा रगतको गम्भीर अभाव देखिन थालेको छ।
त्यसैले भारतमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरू तथा अन्य इच्छुक महानुभावहरूलाई ब्लड डोनेसन (रक्तदान) गरेर जीवन बचाउने अभियानमा सहभागी हुन हार्दिक अपिल गरिएको छ ।
साथै, नेपालबाट भारत पुगेर ब्लड डोनेट गर्न इच्छुक व्यक्तिहरूले पनि सीधै सुनिताका श्रीमान् दीपक कार्कीसँग सम्पर्क गरी सहयोग गर्न सकिने र ९८५५०५४७०८ (WhatsApp मा दीपक कार्की लाई समन्वय गर्न सकिने जनाइएको छ ।
