काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सुकुमवासी बस्ती हटाउन सुरु गरेको छ । थापाथलीस्थित वाग्मती किनारको सुकुमवासी बस्तीमा बिहानै डोजर चलेको छ ।

बस्तीमा डोजर चलेपछि बासिन्दाहरु आफ्ना बालबच्चासहित सामानको सुरक्षामा लागेका छन् ।

बस्ती उठाउँदै गर्दा आमाहरुको पोखिएको छ । आमाहरुले भत्किरहेको बस्तीमा आफ्ना सन्तानलाई ओत दिइरहेका भयंकर दृश्य देखिएका छन् ।

बस्तीकी एक आमा हुन्, अञ्जली पासवान । उनी चार महिने बच्चालाई कोक्रोमा झुलाइरहेकी छन् ।

पासवानका अनुसार उनीहरूको परिवार यहाँ आएको २० वर्ष भयो । सरकार बस्ती भत्काउन आएपछि उनीहरू सामान घरबाहिर निकालेर अगाडि बसिरहेका छन् । छेउमै चार महिने बच्चा कोक्रोमा हल्लाउँदै उनी बसिरहेकी छन् ।

उनलाई घर भत्किएको मात्रै होइन आफ्नो सन्तानको पिर बढी छ । कहाँ जाने, के गर्ने भन्ने उनलाई थाहा छैन ।

‘अचानक भत्काउन आयो । अस्तिमात्र सूचना दियो । अब कहाँ लान्छ केही थाहा छैन। व्यवस्था गर्छौं भनेको छ, तर कहाँ लग्छ थाहा छैन,’ उनले भनिन् ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version