काठमाडौं– चौतर्फी विवाद भएपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर उनले अहिले सिंहदरबारमा राजीनामा बुझाएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले आफूहरूले हटाउनुभन्दा गुरुङले आफैं मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए।

त्यही सुझावका आधारमा गृहमन्त्रीले राजीनामा दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका एक शीर्षस्थ नेताले बताए।

ती नेताका अनुसार गुरुङ र सभापति रवि बीच भेटवार्तामा पनि मार्ग प्रशस्त गरेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको थियो।

यता प्रधानमन्त्री बालेन्द्रले पनि गुरुङलाई टेलिफोन गरेर मार्ग प्रशस्त गरिदिन आग्रह गरेका थिए।

यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीले गुरुङमाथि उत्पन्न भएका विवादहरूको विषयमा अध्ययन भइरहेको बताएको छ।

गुरुङले बुझाएको स्पष्टीकरणका आधारमा उनीमाथि अनुसन्धान भइरहेको हो।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version