सुवास लामिछाने , माडी , बैशाख ७ – माडी नगरपालिका–स्थित अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको दोस्रो कार्यकालका लागि सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा शिवजी गायक पुनः निर्वाचित हुनुभएको छ।

अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धात्मक निर्वाचनमा गायकले प्रतिद्वन्द्वी शिव लामिछानेलाई स्पष्ट मतान्तरले पराजित गर्दै आफ्नो नेतृत्वलाई निरन्तरता दिनुभएको हो। निर्वाचन परिणामअनुसार गायकले ७ मत प्राप्त गर्दा लामिछाने २ मतमा सीमित हुनुभयो।

समितिको अन्य पदाधिकारीहरू भने सर्वसम्मत रूपमा चयन भएका छन्। उपाध्यक्षमा गिरीधारी सुवेदी, सचिवमा गोकुल लम्साल र कोषाध्यक्षमा गंगा बहादुर अधिकारी चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा तुलबहादुर मगर, कृष्ण प्रसाद पौडेल, रामबहादुर अधिकारी क्षेत्री, शिव लामिछाने तथा शिवहरि सुवेदी चयन हुनुभएको छ।

अध्यक्ष बाहेकका सबै पदहरूमा सहमतिमै पदाधिकारी चयन हुनु समितिभित्रको एकता र समन्वयको संकेतका रूपमा लिइएको छ।
माडी क्षेत्रभित्रका पाँचपाण्डव, रेवा र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिहरूले नयाँ नेतृत्व प्राप्त गरिसकेको अवस्थामा अब बघौंडा मध्यवर्ती उपभोक्ता समितिको अधिवेशन मात्रै सम्पन्न हुन बाँकी रहेको छ।

नव-निर्वाचित नेतृत्वबाट वन संरक्षण, उपभोक्ता हितको प्रवर्द्धन तथा स्थानीय स्रोत–साधनको दिगो व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ।

नव-निर्वाचित अध्यक्ष शिवजी गायकले आफूलाई दिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै सबैको साथ र सहकार्यमा पारदर्शी, उत्तरदायी र परिणाममुखी ढंगले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

उहाँले उपभोक्ता अधिकार संरक्षण, वन व्यवस्थापन तथा स्थानीय विकासलाई प्राथमिकतामा राख्दै अघि बढ्ने उल्लेख गर्नुभयो।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version