चितवन , चैत २९ – भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित मर्स्याङदी टोल बिकास संस्थाले नयाँ बर्षको अवसर पारी टोलमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बर्ष २०८३को पुर्व सन्ध्यामा टोलबासी बिच शुभकामना साटासाट गर्दै संस्थाको चिनारी सहितको भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको हो ।
आइतबार आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्ले रहुनु भएको थियो ।
कार्यक्रममा बडा सदस्य मिनबहादुर गुरुङ मर्स्याङ्दी टोल बिकास संस्थाका पुर्व अध्यक्षरु प्रकाश सापकोटा ,ज्ञानु लौडारी , केदारनाथ बोहरा , संस्थापक अध्यक्ष हितमान गुरुङ लगायत विशिष्ट अतिथी र टोलका विभिन्न संघ संस्थाका अगुवाहरु अतिथिका रुपमा रहनु भएको थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी राजेन्द्रमणी काफ्लेले नयाँ बर्षको शुभकामना दिदै पछिल्लो समय टोल बिकाश संस्थाहरुले गरेको कामले आफू अझै सक्रिय हुन मद्दत पुगेको र अझै टोलको बिकाशका आफू प्रयत्नशिल रहेको बताउनु भयो । उहाँले टोलको बिकाश निर्माणको काम गर्दा समन्वयको आबश्यकता हुने गरेको बताउदै मर्स्याङदी टोल बिकास संस्थाले पछिल्लो चरणमा गरेका बिबिध कामले बडामै नमुना रहेको बताउनु भयो ।
सोही कार्यक्रममा मर्स्याङदी आमा समुहकी अध्यक्ष कल्पना देवकोटा , मर्स्याङदी दाजुभाइ समुहका अध्यक्ष प्रकाश सापकोटा लगायतले कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो । सोही कार्यक्रममा भित्तेपात्रो छपाइ गर्न विभिन्न माध्याम बाट सहयोग गर्ने टोलबासी तथा सहयोगी संघ संस्था तथा ब्याक्ती लाई सम्मान समेत गरिएको थियो ।
संस्थाका उपाध्यक्ष पृथिमा ठाडाले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सचीव बिष्णु बहादुर दुरा र अध्यक्षता संस्थाका अध्यक्ष माधव रेग्मिले गर्नु भएको थियो ।
