२६ चैत, माडी । यात्रुबाहक बसको ठक्करबाट माडी नगरपालिका–८, खरकट्टामा एक युवतीको ज्यान गएको छ। बिहीबार दिउँसो करिब ३ः४५ बजे भरतपुरबाट ठोरीतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ०२०४ नम्बरको बसले सडक पार गर्दै गरेकी १८ वर्षीया प्रिति परियारलाई ठक्कर दिएक हो।

दुर्घटनामा (मानसिक सन्तुलनमा समस्या रहेकी) परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सोमेश्वरका अनुसार माडी–८ खरकट्टा भालुखोला पुलबाट करिब ८० मिटर पश्चिम हुलाकी राजमार्गमा उक्त दुर्घटना भएको हो।

ठक्कर दिने बस र सो बसका चालक माडी–६ कल्याणपुरका ४५ वर्षीय गुप्तबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version