काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनर्गठन गरी निर्वाचन आयोगमा अद्यावधिक गर्नेबारे पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको छ।

सहमति अनुसार बालेन पक्षका व्यक्तिहरू पार्टीमा समावेश गरिने, तर पार्टीको नाम, झन्डा र चुनाव चिन्ह यथावत् रहनेछ। सहमतिपत्रमा पार्टी संरचना थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता र अनुभवी विज्ञलाई समायोजन गर्ने उल्लेख छ।

सहमति पत्रको बुँदा नम्बर ६ मा भनिएको छ, “यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने।”

साथै, पार्टीको संगठनात्मक संरचना बृहत् एकता पश्चात् थप सक्षम बनाउने र जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने प्रतिबद्धता पनि सहमतिपत्रमा उल्लेख गरिएको छ।

पार्टीको नाम र झन्डा यथावत् रहनेछन् — निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकारमा निलो घण्टीको आकृति, जबकि चुनाव चिन्ह ‘घण्टी’ कायम रहनेछ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने सहमतिपत्रमा उल्लेख गरिएको छ।

रास्वपा सहमतिअनुसार आफ्नो सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’मा गोलबद्ध भएर लोकतान्त्रिक सुशासन, सामाजिक न्याय र समुन्नतिको मुद्धा अघि बढाउने योजना बनाएको छ। साथै, अन्य सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई पनि आव्हान गरिएको छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version